सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल आजः एपिएफ भर्सेस पुलिस

८ फागुन,कीर्तिपुर। कीर्तिपुर नगरपलिका–४ स्थित नेपाल एपीएफ स्कुलको खेल मैदानमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल खेल आज खेलाइँदैछ ।

५० हजार रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको क टिम र नेपाल पुलिस स्कुल मध्यान्ह १२ बजे प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक नेपाल एपीएफ स्कुलको क टिमले प्रतियोगिताको सेमिफाइनल खेलमा मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । यसैगरी नेपाल पुलिस स्कुलले सेमीफाइनलमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई सडेन डेथमा स्तब्ध बनाउँदै उपाधि नजिक पुगेको हो ।

माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा काठमााडौं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन भएको थियो ।

प्रतियोगिता समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत उपस्थिति रहने नेपाल एपीएफ स्कुलले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270