खेलकुद
गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा
१६ फागुन । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ । आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले पुरुषमा ७ र महिलामा ६ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । तीन विभागीय टोली (प्रहरी÷आर्मी÷एपीएफ) र सातै प्रदेशबाट करिब १ सय ५० खेलाडीको सहभागिता रहने..
प्रिति राईको जादुमय गोलमा नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा
१६ फागुन । इन्ज्युरी समयमा प्रिती राईको उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २–१ को नाटकीय जित दर्ता गरेको हो । खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । विमला चौधरीको कर्नर किक..
त्रिकोणात्मक टी–२० आई सिरिजः पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित
१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी..
जान निकोलको विश्व किर्तिमानि शतकमा नामिबियाद्वारा नोपाललाई बलियो लक्ष्य
१५ फागुन, काठमाडौँ । जान निकोलले विश्व किर्तिमानि पारि खेलेपछि आजबाट सुरु भएको टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २०७ रनको बलियो लक्ष्य दिएको छ। टियू मैदानमा टस जितेर ब्याटिंग गरेको नामिबियाले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा रन २०६ रन बनायो। नामिबियाका लागि चौथो नम्बरमा क्रिजमा आएका जान निकोलले ३३ बलमा शानदार शतक बनाए। यो संगै निकोल सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेका छन्। यसअघि यो किर्तिमान..
क्यानले पुरुष र महिला खेलाडीलाई कसरी विभेद गर्न सक्छ ?–डा बाबुराम भट्टराई
१५ फागुन, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाल क्रिकेट संघले पारिश्रमिकको विषयमा महिला र पुरुषबीच भेदभाव गरेको आरोाप लगाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो आरोप लगाएका हुन् । “ समान कामकोलागि समान ज्याला” आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त र मान्यता हो नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्य अन्तरगत धारा १८ समानताको हक को उपधारा (४०) मा प्रष्ट लेखिएको छ “ समान कामकालागि लैंगिक आधारमा..
इलाम जिल्ला स्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि इलाम नगरपालिकालाई
१५ फागुन, इलाम। इलाम जिल्ला स्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले जितेको छ । माङसेबुङ २ चित्रे स्थित डोलटार खेल मैदानमा सम्पन्न प्रतियोगितामा इलाम नगरपालिकाले २५ स्वर्ण, १८ रजत र १८ कास्य पदकसहित उपाधि हात पारेको हो । इलाम नगरपालिकाले लगातार दोस्रो पटक स्वर्ण पदक विजेता बन्दै नगद रु १५ हजार सहित रनिङ शिल्ड प्राप्त गरेको छ । प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र ७ कास्य पदकसहित..
भान डाइकले ११८औं मिनेटमा गरेको गोलले लिभरपुलले जित्यो दशौं पटक इएफएलको उपाधि
१४ फागुन । कप्तान भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलको मद्वतमा लिभरपुलले चेल्सीलाई १–० ले पराजित गर्दै इएफएल कपको उपाधि जितेको छ । आइतबार राति लण्डनस्थित वेम्बली मैदानमा भएको फाइनल खेलमा लिभरपुललाई जिताउन भान डाइकले ११८औं मिनेटमा गोल गरे । त्यसअघि भान डाइकले ६०औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता नदिंदा लिभरपुल अग्रता लिनबाट बन्चित भएको थियो । तर अतिरिक्त समयमको खेल सकिन दुई मिनेट बाँकी छँदा भान डाइकले..
एन्फा साधारण सभा, पदाधिकारीहरु नै मञ्चमा देखिएनन्
१४ फागुन, काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको नियमित साधारण सभा निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको छ । शंखमुलस्थित अनमोल बैंकेटमा बिहान ९ बजे बोलाइएको साधारण सभा १० बजेपछि सुरु भएको हो । उद्घाटन समारोहमा एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उवाध्यक्ष विराजजंग शाही, दीर्घबहादुर केसी लगायत कार्यसमितिका पदाधिकारीहरु मञ्चमा देखिएका छैनन् । उपाध्यक्ष दिपक खतिवडाले स्वागत मन्तव्य राख्दै सबैजना एकजुट भएर अघि बढ्दै फुटबल विकास गर्नुपर्ने बताएका..
त्रिकोणात्मक सिरिजमा नेपालको खराब प्रर्दशन जारी, अन्तिम खेलमा पनि ८ विकेटले पराजित
१३ फागुन, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ । घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो । त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा र्गयो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल..
युवा स्टार फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी, तीन जना पक्राउ
१३ फागुन, ललितपुर । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका घर भएका अनुप तामाङ र रविन तामाङ तथा ललितपुरको गोदावारी नगरपालिका घर भएका राजन श्रेष्ठ रहेका छन् । डाँगीको ललितपुरको इमाडोलस्थित घरमा गत फागुन ६ गते चोरी भएको थियो । घरबाट ४५ लाख रुपैयाँ बराबरको धनमान चोरी भएको काठमाडौँ उपत्यका अपराध..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७