क्यानले पुरुष र महिला खेलाडीलाई कसरी विभेद गर्न सक्छ ?–डा बाबुराम भट्टराई

१५ फागुन, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाल क्रिकेट संघले पारिश्रमिकको विषयमा महिला र पुरुषबीच भेदभाव गरेको आरोाप लगाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो आरोप लगाएका हुन् । “ समान कामकोलागि समान ज्याला” आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त र मान्यता हो नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्य अन्तरगत धारा १८ समानताको हक को उपधारा (४०) मा प्रष्ट लेखिएको छ “ समान कामकालागि लैंगिक आधारमा..

इलाम जिल्ला स्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि इलाम नगरपालिकालाई

१५ फागुन, इलाम।  इलाम जिल्ला स्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले जितेको छ । माङसेबुङ २ चित्रे स्थित डोलटार खेल मैदानमा सम्पन्न प्रतियोगितामा इलाम नगरपालिकाले २५ स्वर्ण, १८ रजत र १८ कास्य पदकसहित उपाधि हात पारेको हो । इलाम नगरपालिकाले लगातार दोस्रो पटक स्वर्ण पदक विजेता बन्दै नगद रु १५ हजार सहित रनिङ शिल्ड प्राप्त गरेको छ । प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र ७ कास्य पदकसहित..

भान डाइकले ११८औं मिनेटमा गरेको गोलले लिभरपुलले जित्यो दशौं पटक इएफएलको उपाधि

१४ फागुन । कप्तान भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलको मद्वतमा लिभरपुलले चेल्सीलाई १–० ले पराजित गर्दै इएफएल कपको उपाधि जितेको छ । आइतबार राति लण्डनस्थित वेम्बली मैदानमा भएको फाइनल खेलमा लिभरपुललाई जिताउन भान डाइकले ११८औं मिनेटमा गोल गरे । त्यसअघि भान डाइकले ६०औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता नदिंदा लिभरपुल अग्रता लिनबाट बन्चित भएको थियो । तर अतिरिक्त समयमको खेल सकिन दुई मिनेट बाँकी छँदा भान डाइकले..

एन्फा साधारण सभा, पदाधिकारीहरु नै मञ्चमा देखिएनन्

१४ फागुन, काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको नियमित साधारण सभा निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको छ । शंखमुलस्थित अनमोल बैंकेटमा बिहान ९ बजे बोलाइएको साधारण सभा १० बजेपछि सुरु भएको हो । उद्घाटन समारोहमा एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उवाध्यक्ष विराजजंग शाही, दीर्घबहादुर केसी लगायत कार्यसमितिका पदाधिकारीहरु मञ्चमा देखिएका छैनन् । उपाध्यक्ष दिपक खतिवडाले स्वागत मन्तव्य राख्दै सबैजना एकजुट भएर अघि बढ्दै फुटबल विकास गर्नुपर्ने बताएका..

त्रिकोणात्मक सिरिजमा नेपालको खराब प्रर्दशन जारी, अन्तिम खेलमा पनि ८ विकेटले पराजित

१३ फागुन, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ । घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो । त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा र्गयो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल..

युवा स्टार फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी, तीन जना पक्राउ

१३ फागुन, ललितपुर । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका घर भएका अनुप तामाङ र रविन तामाङ तथा ललितपुरको गोदावारी नगरपालिका घर भएका राजन श्रेष्ठ रहेका छन् । डाँगीको ललितपुरको इमाडोलस्थित घरमा गत फागुन ६ गते चोरी भएको थियो । घरबाट ४५ लाख रुपैयाँ बराबरको धनमान चोरी भएको काठमाडौँ उपत्यका अपराध..

इलामका जिसस प्रमुख र माङ्सेबुङ अध्यक्ष सम्मानित

१३ फागुन, इलाम । जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई सम्मानित भएका छन् । शनिबार इलामको माङसेबुङ गाउँपालिका–२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा जिसस प्रमुख राई र पालिका अध्यक्ष राई सम्मानित भएका हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न सबै पालिकासँग समन्वय गरेर सहयोग गरेको भन्दै जिसस प्रमुख राईलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान..

सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा नेपाल वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा

१३ फागुन, काठमाडौं । सावित्रा भण्डारीको अर्काे उत्कृष्ट प्रदर्शनमा नेपाल वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै समूह विजेता बनेको छ । शनिवार राती साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोट्र्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले एक–एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो । समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा..

गोर्खालीलाई रग्वी लिग उपाधि

१३ फागुन, काठमाडौं । राष्ट्रिय फिफ्टिन्स रग्वी लिग च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले जितेको छ । शनिबार दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो । अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा पुलिस क्लबलाई ५४–३ को स्कोरमा र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो । गोर्खाली रग्वी ९ अंक सहित च्याम्पियन बनेको हो । गोर्खाली रग्वीले रनिङ ट्रफी सहित १ लाख..

छैटौँ झापा गोल्ड कपको मुख्य प्रायोजक यती ब्रअरी

१२ फागुन, बिर्तामोड । झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रअरीको उत्पादन अर्नाले गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा शुक्रबार पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्ना र झापा गोल्ड कपबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र यती ब्रअरीका कोशी प्रादेशिक मेनेजर विदुर तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका..