एकदिवसीय खेलमा नेपाल ‘ऐ’ क्यानडा–११ सँग ४ विकेटले पराजित

एकदिवसीय खेलमा नेपाल ‘ऐ’ क्यानडा–११ सँग ४ विकेटले पराजित


६ फागुन, काठमाडौँ । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले ४ विकेटको हार ब्यहोरेको छ ।

नेपाल ए ले दिएको २१७ रनको मध्ययम लक्ष्य क्यानडा ११ ले ४९।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे । क्यानडा ११ का लागि नवनित दलिवालले ८० रनको आक्रामक पाली खेले । ७६बलको सामना गरेका उनले १० चौका ३ छक्का हिर्काए । त्यस्तै निखिल दत्तले ११५ बलमा ६७ रन जोड्दा ५ चौका र १ छक्का हिर्काए । त्यस्तै साद विन जफरले २३, श्रेयास मोभ्भाले २२, र श्रीमन्था विजयरत्नेले ५ रन थपे ।

बलिङतर्फ नेपाल ए का साहब आलमले २ तथा प्रतिश जिसी, सागर ढकाल र बसिर अहमदे समान १ विकेट लिए । नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर