खेलकुद
इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा माघ २१ देखि खेलकुद सप्ताह सुरु
१६ माघ, इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियनले खेलकुद सप्ताहको आयोजना गर्ने लागेको स्ववियु सभापति दर्शन राईले बताए । क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रमसहित आउने माघ २१ गते देखि २४ गतेसम्म खेलकुद सप्ताह आयोजना गरिएको उनले बताए । उनका अनुसार विद्यार्थीबीच भलिबल, छेलो, बुुद्धिचाल, टेबलटेनिस र म्युजिकल चेयरलगायत खेल आयोजना गरिएको छ । २४ गते सांस्कृतिक कार्यक्रम आयोजना गरिएको..
इलाम गोल्डकपः विर्तामोड युनाइटेड ३–० गोलको जित निकाल्दै सेमीफाइनल प्रवेश
७ माघ, इलाम । विर्तामोड युनाइटेड क्लब झापा इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा जागृति युवा क्लब इटहरीलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । झापाका लागि हिसुब थपलियाले ३८ र ५१ औं र प्रशान्त लक्समले ८६ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । झापाले अब मंगलबार हुने बुटवल लुम्बिनी फुटबल क्लब र..
इलाम गोल्डकपः आयोजक रेडहर्ष सेमीफाइनल प्रवेश
६ माघ, इलाम । इलाममा आजबाट सुरु भएको प्रथम इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । इलाम सदरमुकाम स्थित ठूलो टुडीखेलमा आज भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक सेमीफाइनल प्रवेश गरेको हो । राष्ट्रिय टोलिका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजकका लागि श्रेष्ठले ह्याट्रिक गरेका थिए भने उत्सव राईले एक गोल गरेका थिए । आयोजकका लागि श्रेष्ठले..
इलाममा फर्किदै फुटबलको रौनकः धमाधम अस्थायी प्याराफिट बन्दै
१५ पुष, इलाम । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ हुँदैछ । गोल्डकप..
विश्वकप छनोट खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा, छनोटमा को को परे
२४ कार्तिक, काठमाण्डौँ । विश्वकप छनोट फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलका लागि यूएई जाने राष्ट्रिय टिमको घोषणा भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टिमका अनुभवी डिफेन्डर अनन्त तामाङ घुँडाको चोटको कारण यूएईसँगको खेलका लागि टिममा परेका छैनन् । चोटको कारण खेल्न नसक्ने भएकाले उनलाई टिममा नराखेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ । नेपालले कात्तिक ३० गते यूएईसँग..
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल, जोगियो पद
२३ कार्तिक, काठमाण्डौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभामा अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल भएको छ । हेटौंडामा सम्पन्न विशेष साधारणसभामा अध्यक्ष नेम्वाङ विरुद्ध भएको मतदानमा नेम्वाङले जित दर्ता गर्दै प्रस्तावलाई फेल गराइदिएका हुन् । कुल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षमा अर्थात अध्यक्ष नहटाउने पक्षमा ५२ मत प्राप्त भएसङ्गै अध्यक्ष नेम्वाङको अध्यक्ष पद जोगिएको छ । एक मत बदर भएको छ..
नेपाली क्रिकेटरलाई अर्ना वियरले दियो ४१ लाख ७६ हजार पुरस्कार रकम
२१ कार्तिक, काठमाण्डौँ । अर्ना वियरले हालै टी–२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ । हिजो आयोजित एक समारोहमा अर्नाले कुल ४१ लाख ७६ हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गरेको हो । वितरित पुरस्कारमध्ये १८ लाख ७७ हजार रूपैयाँको चेक क्रिकेट टीमका लागि कप्तान रोहित पौडेललाई हस्तान्तरण गरियो । यो रकम छनोट प्रतियोगिताका लागि घोषित राष्ट्रिय टीमका १५ सदस्यसहित २१ जनाले दामासाहीले..
‘सिक्स ओ क्लक’ले दमकमा फुटसल आयोजना गर्दै
२० कातिक, दमक । झापाको दमकमा असोज २५ गते बाट नगरका संगठित संस्थाहरु बिच फुटसल प्रतियोगिता हुने भएको छ । सोमबार एक कार्यक्रमका बिच आयोजकले दुई दिने प्रतियोगिताको टाइसिट सार्वजनिक गर्दै खेलको सबै तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता असोज २६ गते सम्म सञ्चालन हुनेछ । दमक ९ का युवाहरुको समूह सिक्स ओक्लकले दशैं तिहार तथा छठ पर्वको अवसरमा आयोजना गर्न लागेको प्रतियोगिता दमक ९ स्थित रणभूमि फूटसलको खेल..
यूएईलाई हराउँदै नेपाल ‘टी—२० विश्वकप क्रिकेट’मा छनोट
१६ कार्तिक, काठमाण्डौँ । नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो । जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको..
विश्वकप छनोटका लागि नेपालले आज यूएईको सामना गर्दै
१७ कार्तिक, काठमाण्डौँ । आसन्न टी(२० विश्वकपमा छनोट हुन नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्न लागेको हो । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । नेपाल समूह एको उप(विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो। बिहीबार..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७