नेपाल क्रिकेट संघद्वरा प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख सहयोग

१२ फागुन, काठमाडौँ । नेपाल क्रिकेट संघले आइसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत फाइन खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ। संघले शनिवार जाजरकोट भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर टिकटबाट प्राप्त रु २० लाख रुपैयाँ बराबरको रकम कोषलाई उपलब्ध गराएको हो । प्रधानमन्त्रीसँगको सो भेटमा पूर्व कप्तान पारस खड्का लगायतको उपस्थिति रहेको थियो ।  

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान

१२ फागुन, काठमाडौँ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए । पहिले..

पुनमलाई आर्थिक सहयोग

१२ फागुन, काठमाडौँ । च्याम्पियन मार्सल आर्ट्स, खरीवोटले १३ औं सागकी स्वर्ण पदक विजेता जुडो खेलाडी पुनम श्रेष्ठलाई स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ । च्याम्पियन मार्सल आर्ट्सकी निर्देशक सुशिला लामाले पुनमलाई एक कार्यक्रमबीच रकम हस्तानतरण गरिन् । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले पनि पुनमलाई स्वास्थ्य उपचारका लागि १ लाख ४७ हजार ५९ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । च्याम्पियन मार्सल आर्ट्स  कराते..

धर्म र पुष्प दिल्ली प्रस्थान

१२ फागुन, काठमाडौँ । भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौड्ने भएका छन् । फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगितामा धर्मले पुरुष ५० वर्षमाथि हाफ म्याराथन तथा पुष्पले पुरुष ६५ वर्षमाथि १० किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । दुवैलाई पाटन रनिङ क्लबका अध्यक्ष एवं पूर्व..

चलेन नामिबियाविरुद्ध नेपालको जादुः आइसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार दोस्रो हार

९ फागुन, काठमाडौँ । खराब ब्याटिङ प्रदर्शनसँगै नेपालले नामिबियाविरुद्ध आइसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको नेपाल अफ्रिकी टोली नामिबिया विरुद्ध दोस्रो खेलमा २ विकेटले परास्त भएको हो । १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर जित हार पार्याे । नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाए ।..

विश्वकप लिग-२ : नामिबियाविरुद्ध नेपाल १६९ रनमै अलआउट

९ फागुन, काठमाडौं । ओपनर आशिफ शेखको अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । टियु मैदान कीर्तिपुरमा जारी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुँदै १६८ रन बनायो । नेपालका लागि ओपनर आशिफ शेखले ६४ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । ५८ रन बनाउँदै आशिफ बेर्नाड स्कोट्जेको बलमा आउट भएका..

च्याम्पिन्यस लिगः इन्टर मिलानको जित, डर्टमण्ड १–१ गोलको बराबरीमा रोकियो

९ फागुन, म्यानचेस्टर । च्याम्पिन्यस लिगको अन्तिम १६ अन्तरगतको खेलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि झिनो अग्रता बनाउन सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टरले १–० जीत हासिल गरेको हो । ७९ औँ मिनेटमा सब्सिटच्युट मार्काे अर्नाटोभिचले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए । यसअघि उनले गोलका थुप्रै अवसर गुमाएका थिए । गत सिजनको उपविजेता टोलीका लागि लाउटारो मार्टिनेजले गरेको दुईवटा प्रयास एट्लेटिकोका..

१४औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगिता माङसेबुङमा हुने

९ फागुन, इलाम । इलाममा १४औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना हुने यस संस्करणको प्रतियोगिता माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा सञ्चालन गर्ने समितिले जनाएको हो । सोमवार सदरमुकाम इलाममा प्रत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ । प्रतियोगिताका लागि खेलमैदान मर्मत, मञ्च व्यवस्थापन, होटल व्यवस्थापन, खानेपानी व्यवस्थापन तथा प्रचारप्रसार सबै तयारी तीव्र पारिएको जिल्ला खेलकुद विकास..

प्रथम सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुललाई

९ फागुन, कीर्तिपुर । कीर्तिपुर नगरपलिका–४ स्थित नेपाल एपीएफ स्कुलको १९औं स्थापना दिवसका अवसरमा सञ्चालित प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि काभ्रेको साँगास्थित नेपाल पुलिस स्कुलले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको क टिमलाई सडेन डेथमा स्तब्ध बनाउँदै पुलिसले उपाधि उचालेको हो । उपाधिसँगै पुलिस स्कुलले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा रनिङ शिल्ड प्राप्त गर्याे । दोश्रो बनेको एपीएफले..

एमबाप्पे स्पेनिश क्लव रियल म्याड्रिड जाने पक्का

८ फागुन, काठमाडौँ । फ्रेन्च क्लब पिइसजी र फ्रान्स राष्ट्रिय टोलीका स्टार फरवार्ड किलियन एमबाप्पे स्पेनिश क्लब रियल म्याड्रिड जाने पक्का भएको छ । स्पेनी संचारमाध्यमका अनुसार रियलले एमबाप्पेसँग आउँदो जुलाई देखि २०२९ सम्मको सम्झौता गरेको छ । गत बिहीबार पिइसजीले एउटा विज्ञप्ति निकाली एमबाप्पेले यस सिजन पश्चात क्लब छोड्ने घोषणा गरेको थियो । फ्रेन्च सञ्चार माध्यमका अनुसार त्यसअघि एमबाप्पेले आफ्नो क्लब र सहकर्मीहरुलाई यस सिजन पश्चात आफूले क्लब संग..