इलामका जिसस प्रमुख र माङ्सेबुङ अध्यक्ष सम्मानित

१३ फागुन, इलाम । जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई सम्मानित भएका छन् । शनिबार इलामको माङसेबुङ गाउँपालिका–२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा जिसस प्रमुख राई र पालिका अध्यक्ष राई सम्मानित भएका हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न सबै पालिकासँग समन्वय गरेर सहयोग गरेको भन्दै जिसस प्रमुख राईलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान..

सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा नेपाल वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा

१३ फागुन, काठमाडौं । सावित्रा भण्डारीको अर्काे उत्कृष्ट प्रदर्शनमा नेपाल वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै समूह विजेता बनेको छ । शनिवार राती साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोट्र्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले एक–एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो । समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा..

गोर्खालीलाई रग्वी लिग उपाधि

१३ फागुन, काठमाडौं । राष्ट्रिय फिफ्टिन्स रग्वी लिग च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले जितेको छ । शनिबार दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो । अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा पुलिस क्लबलाई ५४–३ को स्कोरमा र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो । गोर्खाली रग्वी ९ अंक सहित च्याम्पियन बनेको हो । गोर्खाली रग्वीले रनिङ ट्रफी सहित १ लाख..

छैटौँ झापा गोल्ड कपको मुख्य प्रायोजक यती ब्रअरी

१२ फागुन, बिर्तामोड । झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रअरीको उत्पादन अर्नाले गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा शुक्रबार पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्ना र झापा गोल्ड कपबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र यती ब्रअरीका कोशी प्रादेशिक मेनेजर विदुर तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका..

नेपाल क्रिकेट संघद्वरा प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख सहयोग

१२ फागुन, काठमाडौँ । नेपाल क्रिकेट संघले आइसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत फाइन खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ। संघले शनिवार जाजरकोट भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर टिकटबाट प्राप्त रु २० लाख रुपैयाँ बराबरको रकम कोषलाई उपलब्ध गराएको हो । प्रधानमन्त्रीसँगको सो भेटमा पूर्व कप्तान पारस खड्का लगायतको उपस्थिति रहेको थियो ।  

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान

१२ फागुन, काठमाडौँ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए । पहिले..

पुनमलाई आर्थिक सहयोग

१२ फागुन, काठमाडौँ । च्याम्पियन मार्सल आर्ट्स, खरीवोटले १३ औं सागकी स्वर्ण पदक विजेता जुडो खेलाडी पुनम श्रेष्ठलाई स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ । च्याम्पियन मार्सल आर्ट्सकी निर्देशक सुशिला लामाले पुनमलाई एक कार्यक्रमबीच रकम हस्तानतरण गरिन् । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले पनि पुनमलाई स्वास्थ्य उपचारका लागि १ लाख ४७ हजार ५९ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । च्याम्पियन मार्सल आर्ट्स  कराते..

धर्म र पुष्प दिल्ली प्रस्थान

१२ फागुन, काठमाडौँ । भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौड्ने भएका छन् । फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगितामा धर्मले पुरुष ५० वर्षमाथि हाफ म्याराथन तथा पुष्पले पुरुष ६५ वर्षमाथि १० किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । दुवैलाई पाटन रनिङ क्लबका अध्यक्ष एवं पूर्व..

चलेन नामिबियाविरुद्ध नेपालको जादुः आइसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार दोस्रो हार

९ फागुन, काठमाडौँ । खराब ब्याटिङ प्रदर्शनसँगै नेपालले नामिबियाविरुद्ध आइसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको नेपाल अफ्रिकी टोली नामिबिया विरुद्ध दोस्रो खेलमा २ विकेटले परास्त भएको हो । १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर जित हार पार्याे । नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाए ।..

विश्वकप लिग-२ : नामिबियाविरुद्ध नेपाल १६९ रनमै अलआउट

९ फागुन, काठमाडौं । ओपनर आशिफ शेखको अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । टियु मैदान कीर्तिपुरमा जारी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुँदै १६८ रन बनायो । नेपालका लागि ओपनर आशिफ शेखले ६४ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । ५८ रन बनाउँदै आशिफ बेर्नाड स्कोट्जेको बलमा आउट भएका..