खेलकुद

संकटालाई पराजित गर्दै एपिएफ झापा गोल्डकपको क्वार्टरफाइनलमा
१९ फागुन, बिर्तामोड । बिर्तामोडमा आज देखि संचालन भएको छैँठौ अर्ना झापा गोल्डकपको उद्घाटन खेलमा एपिएफले संकटा क्लबलाई पराजित गरेको छ । यो सँगै एपिएपफ फुटबल क्लब छैँठौ झापा गोल्डकपको क्वार्टरपफाईनलमा प्रवेश गरेको छ । आज विर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा संकटा क्लबलाई एपिएफले पेनाल्टीमा ४–२ ले पराजित गरेको हो । एपिएफलाई जिताउन गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट प्रर्दशन गरे । उनले संकटाको एउटा पेनाल्टी बचाएका थिए भने एउटा..

साफ यू–१६ महिला फुटबल प्रतियोगिताः नेपाल बंगलादेशसँग २–० ले पराजित
१९ फागुन, काठमाडौं । राजधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको छ । एन्फा टेक्निकल सेन्टर, सातदोवाटोमा भएको खेलमा बंगलादेशले नेपाललाई २–० गोलले हराएको हो । शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो । साफ यू–१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बङ्गलादेशसहित चार टिमले सहभागिता जनाएका छन् । राउन्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि..

नेपाल त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनल खेल्ने पक्का
१९ फागुन, काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल्ने भएको छ । शनिवार नेदरल्यान्डमाथि ६ विकेटको शानदार जित निकालेको नेपालले फाइनल खेल्ने पक्का भएको हो । नेपालले ४ खेलबाट दुई खेलमा जित र दुई खेलमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छन् । नेदरल्यान्ड्स समान ४ अंकसहित पहिलो र नामिबिया २ अंकसहित तेस्रो स्थानमा छ । नेपालको रनरेट ०.२९३, नेदरल्यान्डले ०.३१० र नामिबियाको माइनस ०.७००..

त्रिकोणात्मक टी २० सिरिजः समूह चरणको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी
१९ फागुन, काठमाडौँ । त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत समूह चरणको अनितम खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर १२१ रनमा पूरा गर्याे। नेपालको जितमा कप्तान रोहित कुमार पौडेल र गुलसन झाले ८६ रनको साझेदारी गरे। कप्तान रोहित ब्यक्तिगत ४६ रन बनाउँदा गुलसनले ३८ रन बनाए। गुलसनले ३६ बलमा २ चौका..

जितका लागि नेपाललाई १२१ रनको लक्ष्य
१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत समूह चरणको अनितम खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनायो। नेदरल्यान्ड्सका लागि म्याक्स ओडावडले सर्वाधिक ३१ रन बनाए। उनले २४ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे। उनलाई ८.५ ओभरमा प्रतिस जिसीले आउट गराए। कप्तान स्कट एडवार्डले २१ बलमा एक..

प्रचण्ड सरकारले प्राथमिकता दिएकै कारण नेपाली खेलकुदले राम्रो नतिजा ल्याएको हो– वर्षमान पुन
१९ फागुन, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रको पछिल्लो पन्ध्र वर्षको समयावधिमा देशमा स्वास्थ्य, शिक्षा, खेलकुद, भौतिक पूर्वाधार निर्माण लगायत सबै क्षेत्रमा तीव्र विकास भएको बताएका छन् । शनिबार काठमाडौँमा प्रथम शहीद स्मृति बागमती प्रदेश रनिङ शिल्ड प्रतियोगिताको खेलाडी सम्मान तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रममा उपमहासचिव पुनले देशमा गणतन्त्र आएपछि तुलनात्मक रूपमा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधारलगायतका क्षेत्रमा तीव्र विकास भएको चर्चा गरे । ‘हामीले ३० वर्षको पञ्चायत..

झापा गोल्डकप आजदेखिः उद्घाटन खेलमा संकटा र एपीएफबीच प्रतिस्पर्धा हुँदै
१९ फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकप आजदेखि बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुदैछ । गोल्डकपको पहिलो दिन संकटा र एपीएफबीच खेल हुनेछ । गोल्डकपको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने तालिका छ । गत वर्ष भद्रपुरमा आयोजना भएको थियो । ०७८ पछि हुन लागेको झापा गोल्डको भव्य तयारी गरिएको छ । रंगशालालाई आवश्यक संरचना निर्माण देखि सौन्दर्यकरणमा पनि आयोजकले विशेष ख्याल गरेको छ । गोल्डकपको आयोजनासँगै बिर्तामोड क्षेत्रको..
Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

विभिन्न जातजातिका झाँकी सहित झापा गोल्डकपको उद्घाटन हुने, मेयर बालेनलाई पनि निमन्त्रणा
१७ फागुन, बिर्तामोड । फागुन १९ गतेदेखि सञ्चालन हुन गइरहेको अर्ना छैठौं झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताएका छन् । झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको र फागुन १९ गते सभ्य र भब्य तयारीकाले उद्घाटन गर्ने बताए । झापा गोल्ड कपमा ए डिभिजन क्लवसहित १० वटा टिमको सहभागिता हुनेछ । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लवसहित बागमती युवा क्लव, संकटा फुटबल क्लव,..

भारतीय क्रिकेट खेलाडीहरुको तलब ११ करोड
१७ फागुन । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ए प्लस श्रेणीमा समावेश गर्दै नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। चारै खेलाडी अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी समावेश छन्। गत वर्षभन्दा चार खेलाडी थप हुँदा श्रेयस अय्यर र इशान किशन सूचीमा समावेश छैनन्। गत नोभेम्बरमा भारतलाई विश्वकपको फाइनलमा पुर्याउने प्रमुख खेलाडी..

झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकालाई
१७ फागुन, शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले चुमेको छ । विर्तामोड नगरपालिकालाई ३– १ गोल अन्तरले हराउँदै कमल गाउँपालिकाले उपाधि चुमेको हो । खेलको पहिलो हाफमा कमल गाउँपालिकाका जर्सी नं. ९ का बाबुराम हस्ताले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा विर्तामोडका जर्सी नं. ७ का खेलाडी चुनु सोरेनले गोल गर्न सफल भए । त्यस्तै दोस्रो हाफमा कमलको बाबुरामले क्रमशः..