खेलकुद
ला लिगा अध्यक्ष मेड्रानोसँग नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल
२३ फागुन, काठमाडौँ । स्पेनका लागि नेपाली राजदुत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ । भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई जोड्ने राजदुत ढकालको प्रयासको प्रशंसा गर्दै नेपाली फुटबल विकासका लागि सहकार्य गर्ने प्रस्ताब राखेका थिए । मड्रिडस्थित ला लिगाको मुखयालयमा मंगलबार झण्डै एक घण्टा भएको भेटका क्रममा राजदुत ढकालले ला लिगाका अध्यक्ष..
एम्बापेको उत्कृष्ट प्रर्दशनमा पीएसजी च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश
२३ फागुन । पेरिस सेन्ट जर्मेन पीएसजी र बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेका छन् । मंगलबार राति पीएसजीले रियल सोसिडाड र बायर्नले लाजियोलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । अन्तिम १६ को दोस्रो लेगको खेलमा पीएसजीले रियल सोसिडाडलाई २–१ ले हरायो । एमबाप्पलेले १५ औं र ५६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाएका थिए । मिरिनोले खेल सकिन एक मिनेट बाँकी छदाँ..
नारी दिवसमा स्क्वाट
२३ फागुन,काठमाडौं । काठमाडौं व्यायाम व्यवसायी संघले नारी दिवसको अवसरमा प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप आयोजना गर्ने भएको छ । नारी दिवसका दिन फागुन २५ गते कमलपोखरीस्थित सिटी सेन्टर मलमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा सचिव विजयतमरत्न बज्राचार्यले जानकारी गराए । प्रतियोगितामा जम्मा तीन तौलसमूह प्रतिस्पर्धा हुनेछ । ५७ केजीमुनि, ५७.१ देखि ६५ केजीसम्म र ६५ केजीमाथि तौलसमूहमा खेल हुनेछ । प्रतियोगितामा नेपालभरिका विभिन्न..
एनआरटीमाथि जित निकाल्दै सेमिफाइनलमा चर्च ब्वाईज युनाइटेड
२३ फागुन, बिर्तामोड । न्युरोड टिम एनआरटी झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कप फुबललको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो । चर्च ब्वाईज भने एनआरटीमाथि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडी अवयोमी फकुन्लेबाट सम्भव भयो । उनले खेलको ३६ औँ मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा..
टी-ट्वान्टी त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्याण्ड्सलाई
२२ फागुन, काठमाडौं । टी ट्वान्टी त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । मंगलबार कीर्तिपुर मैदानमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले सिरिज जितेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले मात्र ६ विकेट गुमाएर ३ बल अगावै पुरा गर्याे । माइकल लेविटको शानदार अर्धशतकमा नेदरल्याण्ड्सले नेपालमाथि जित हासिल गरेको हो । लेविटले २९ बलमा ५४ रन बनाए । उनले ६ चौका र ३ छक्काको मदतले सो..
प्रिति राईको सफल शल्यक्रिया, चाँडै मैदान फर्कने
२२ फागुन, काठमाडौं । राष्ट्रिय महिला टिमकी खेलाडी प्रिति राईको सफल शल्यक्रिया भएको छ । वाफ वुमन्स च्याम्पियनसिपको दौरान चोट बोकेकी प्रितिको बि एण्ड बि अस्पतालमा सफल शल्यक्रिया भएको हो । प्रतियोगिताको दौरान उनले दायाँ घुडाँमा चोट बोकेकी थिईन् । अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै प्रितिको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताएको छ । उमेर समूह हुँदै राष्ट्रिय टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएकी प्रिति सिनियर टिमकी महत्वपुर्ण सदस्य बनेकी छिन् । ..
त्रिकोणात्मक क्रिकेट सिरिज- फाइनल खेलमा नेपालद्वरा नेदरल्याण्ड्सलाई १ सय ८५ रनको लक्ष्य
२२ फागुन, काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस जिटेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो । ओपनर आसिफ शेखले ४७ रन बनाएको नेपालको इनिङ्समा गुलसन झाले ३४ रन बनाए । कुशल मल्लले ११ बलमा २६ रनको बिस्फोटक इनिङ्स खेले । कप्तान रोहित पौडेलले २५ रन बनाउँदा..
दोस्रो क्वार्टर फाइनलमा आज एनआरटी र चर्च ब्वाइज भिड्दै
२२ फागुन, बिर्तामोड । छैटौँ झापा गोल्ड कपको दोस्रो क्वार्टर फाइनल खेलमा आज एनआरटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ भिड्दैछन् । चर्च ब्वाइजले पहिलो चरणको खेलमा नेपाल पुलिस क्लबलाई हराएर क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । न्यु रोड टिम (एनआरटी) ले सोझै क्वार्टर फाइनल खेल्न लागेको हो । लिग लिडर चर्च ब्वाइज र पछिल्लो समय लयमा रहेको एनआरटी क्लबबीचको खेल रोमाञ्चक हुनेछ आशा गरिएको छ । एनआरटीलाई..
महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा, च्यासल रंगशालमा महिला युथ एकेडेमी स्थापना गर्ने
२२ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो । एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । जसमा पहिलो चरणको खेल २३ चैत देखि कर्णाद्यी प्रदेशको सुर्खेतमा सुरु हुने एन्फाले जनाएको छ । एन्फा महासचिव..
छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा एपिएफ एफसी
२२ फागुन, बिर्तामोड । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७