टी-ट्वान्टी त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

२२ फागुन, काठमाडौं । टी ट्वान्टी त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । मंगलबार कीर्तिपुर मैदानमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले सिरिज जितेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले मात्र ६ विकेट गुमाएर ३ बल अगावै पुरा गर्याे । माइकल लेविटको शानदार अर्धशतकमा नेदरल्याण्ड्सले नेपालमाथि जित हासिल गरेको हो । लेविटले २९ बलमा ५४ रन बनाए । उनले ६ चौका र ३ छक्काको मदतले सो..

प्रिति राईको सफल शल्यक्रिया, चाँडै मैदान फर्कने

२२ फागुन, काठमाडौं । राष्ट्रिय महिला टिमकी खेलाडी प्रिति राईको सफल शल्यक्रिया भएको छ । वाफ वुमन्स च्याम्पियनसिपको दौरान चोट बोकेकी प्रितिको बि एण्ड बि अस्पतालमा सफल शल्यक्रिया भएको हो । प्रतियोगिताको दौरान उनले दायाँ घुडाँमा चोट बोकेकी थिईन् । अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै प्रितिको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताएको छ । उमेर समूह हुँदै राष्ट्रिय टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएकी प्रिति सिनियर टिमकी महत्वपुर्ण सदस्य बनेकी छिन् । ..

त्रिकोणात्मक क्रिकेट सिरिज- फाइनल खेलमा नेपालद्वरा नेदरल्याण्ड्सलाई १ सय ८५ रनको लक्ष्य

२२ फागुन, काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस जिटेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो । ओपनर आसिफ शेखले ४७ रन बनाएको नेपालको इनिङ्समा गुलसन झाले ३४ रन बनाए । कुशल मल्लले ११ बलमा २६ रनको बिस्फोटक इनिङ्स खेले । कप्तान रोहित पौडेलले २५ रन बनाउँदा..

दोस्रो क्वार्टर फाइनलमा आज एनआरटी र चर्च ब्वाइज भिड्दै

२२ फागुन, बिर्तामोड । छैटौँ झापा गोल्ड कपको दोस्रो क्वार्टर फाइनल खेलमा आज एनआरटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ भिड्दैछन् । चर्च ब्वाइजले पहिलो चरणको खेलमा नेपाल पुलिस क्लबलाई हराएर क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । न्यु रोड टिम (एनआरटी) ले सोझै क्वार्टर फाइनल खेल्न लागेको हो । लिग लिडर चर्च ब्वाइज र पछिल्लो समय लयमा रहेको एनआरटी क्लबबीचको खेल रोमाञ्चक हुनेछ आशा गरिएको छ । एनआरटीलाई..

महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा, च्यासल रंगशालमा महिला युथ एकेडेमी स्थापना गर्ने

२२ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो । एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । जसमा पहिलो चरणको खेल २३ चैत देखि कर्णाद्यी प्रदेशको सुर्खेतमा सुरु हुने एन्फाले जनाएको छ । एन्फा महासचिव..

छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा एपिएफ एफसी

२२ फागुन, बिर्तामोड । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने..

आजबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै, एपिएफ एफसी र बागमति क्लबबीच प्रतिस्पर्धा

२१ फागुन, बिर्तामोड । छैटौँ झापा गोल्ड कपमा आज पहिलो क्वार्टर फाइनल खेल हुँदैछ । सशस्त्र प्रहरीको एपिएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच आज दिँउसो २ बजेपछि बिर्तामोडको डोमालाल रंगशालामा हुँदैछ । बिजेता टालीले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको..

पुनरागमनका साथ ‘म्यानचेस्टर डर्बी’मा म्यानचेस्टर सिटीको जित

२१ फागुन । फिल फोडेनको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले ‘म्यानचेस्टर डर्बी’मा म्यानचेस्टर युनाइटेडविरुद्ध ३–१ को पुनरागमन जित निकालेको छ । आइतबार घरेलु मैदान इत्तिहाद रंगशालामा सिटी पहिलो हाफमा १–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा फोडेन चम्कँदा सिटीले पुनरागमन जितसहित शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी घटाएको हो । ब्नलष् न्चयगउ खेलको आठौँ मिनेटमा मार्कुस रासफोर्डले गरेको गोलबाट युनाइटेडले अग्रता बनाएको थियो । ५६औँ मिनेटमा फोडेनले घरेलु टिमका..

चर्च ब्वाइज युनाइटेड छैटौँ झापा गोल्ड कपको क्वार्टरफाइनलमा

२१ फागुन, बिर्तामोड । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो ।..

छैटौं झापा गोल्डकपः आज चर्च बोइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदै

२० फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकपमा आज चर्च बोइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदैछ । डोमालाल रंगशालामा आज दिँउसो २ बजेपछि खेल सुरु हुनेछ । आजको बिजेता टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । बिजेता टोलीले सेमिफाइनल प्रवेशका लागि एनआरटी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न..