संकटालाई पराजित गर्दै एपिएफ झापा गोल्डकपको क्वार्टरफाइनलमा

संकटालाई पराजित गर्दै एपिएफ झापा गोल्डकपको क्वार्टरफाइनलमा


१९ फागुन, बिर्तामोड । बिर्तामोडमा आज देखि संचालन भएको छैँठौ अर्ना झापा गोल्डकपको उद्घाटन खेलमा एपिएफले संकटा क्लबलाई पराजित गरेको छ । यो सँगै एपिएपफ फुटबल क्लब छैँठौ झापा गोल्डकपको क्वार्टरपफाईनलमा प्रवेश गरेको छ ।

आज विर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा संकटा क्लबलाई एपिएफले पेनाल्टीमा ४–२ ले पराजित गरेको हो ।

एपिएफलाई जिताउन गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट प्रर्दशन गरे । उनले संकटाको एउटा पेनाल्टी बचाएका थिए भने एउटा क्रसबारमा लाग्दै फर्किएको थियो । एपिएफको चार प्रहार नै गोलमा परिणत भएको थियो भने संकटाको दुई प्रहार मात्र गोलमा परिणत भएको हो ।
खेलमा उत्कृष्ट प्रर्दशन गरेका एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ दि म्याच भए । उनले रु एघार हजार प्राप्त गरे ।

एपिएपफले अब सेमिफाइनल प्रवेशका लागि बागमति युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल यहि सोमबार डोमालाल रंगशाला बिर्तामोडमा हुनेछ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर