त्रिकोणात्मक टी २० सिरिजः समूह चरणको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

त्रिकोणात्मक टी २० सिरिजः समूह चरणको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

१९ फागुन, काठमाडौँ । त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत समूह चरणको अनितम खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ।

त्रिवि क्रिकेट मैदानमा शनिबार नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर १२१ रनमा पूरा गर्याे। नेपालको जितमा कप्तान रोहित कुमार पौडेल र गुलसन झाले ८६ रनको साझेदारी गरे। कप्तान रोहित ब्यक्तिगत ४६ रन बनाउँदा गुलसनले ३८ रन बनाए। गुलसनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए। उनि १३.४ ओभरमा आउट भए। कप्तान रोहित १४.२ ओभरमा आउट भएका थिए। यस्तै दुबै ओपनरलाई सस्तोमै गुमाएको थियो। दिपेन्द्र सिंह ऐरीले ४ कुशल मल्ल्ल १ रन, कुशल भुर्तेल १२ र आरिफ शेखले ८ रन बनाए।

यता नेदरल्यान्ड्सका लागि भिभियन किङ्माले ३ विकेट लिए। भने आर्यन दत्तले १ विकेट लिए। यो जितसँगै जारी सिरिजमा ४ खेलमा २ जित निकाल्दै ४ अंक जोडेको छ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९।३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडावडले सर्वाधिक ३१ रन बनाए। उनले २४ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे। उनलाई ८।५ ओभरमा प्रतिस जिसीले आउट गराए। कप्तान स्कट एडवार्डले २१ बलमा एक छक्कासहित १८ रन बनाएर उनलाई प्रतिस जिसीले ८।१ ओभरमा बोल्ड आउट गराए। टिम भ्यान डर गुग्टेनले २६ बलमा २४ रन बनाए। उनलाई दिपेन्द्र सिंह एैरीले १७।४ ओभरमा सोमपाल कामीको हातबाट क्याच आउट गराए।

नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए। यस्तै करण केसी र कुशल मल्लले समान २।२ विकेट लिए भने दिपेन्द्र सिहं एैरीले एक विकेट लिए। त्यस्तै नेदरल्यान्ड्सका २ खेलाडी रन आउट भए।

त्यस्तै नेदरल्यान्ड्सले २ खेलमा एक जित हासिल गरेको छ। नेपालका लागि फाइनलमा पुग्न यो खेलमा जित हासिल गर्न आवश्यक रहेको थियो ।

नामिबिया र नेदरल्यान्ड्सले फागुन २० मा समूह चरणको अन्तिम खेल्नेछन् । समूह चरणका शीर्ष दुई टोलीबीच फागुन २२ मा फाइनल खेल हुनेछ।

प्रतिक्रिया:

सम्बन्धित खवर