जितका लागि नेपाललाई १२१ रनको लक्ष्य

जितका लागि नेपाललाई १२१ रनको लक्ष्य

१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत समूह चरणको अनितम खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनायो।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडावडले सर्वाधिक ३१ रन बनाए। उनले २४ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे। उनलाई ८.५ ओभरमा प्रतिस जिसीले आउट गराए।

कप्तान स्कट एडवार्डले २१ बलमा एक छक्कासहित १८ रन बनाएर उनलाई प्रतिस जिसीले ८.१ ओभरमा बोल्ड आउट गराए।

टिम भ्यान डर गुग्टेनले २६ बलमा २४ रन बनाए। उनलाई दिपेन्द्र सिंह एैरीले १७।४ ओभरमा सोमपाल कामीको हातबाट क्याच आउट गराए।

नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए। यस्तै करण केसी र कुशल मल्लले समान २।२ विकेट लिए भने दिपेन्द्र सिहं एैरीले एक विकेट लिए। त्यस्तै नेदरल्यान्ड्सका २ खेलाडी रन आउट भए।

जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ। नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो। त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्डससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो।

त्यस्तै नेदरल्यान्ड्सले २ खेलमा एक जित हासिल गरेको छ। नेपालका लागि फाइनलमा पुग्न यो खेलमा जित हासिल गर्न आवश्यक रहेको छ। नामिबिया र नेदरल्यान्ड्सले फागुन २० मा समूह चरणको अन्तिम खेल्छ।

समूह चरणका शीर्ष दुई टोलीबीच फागुन २२ मा फाइनल खेल हुनेछ।

प्रतिक्रिया:

सम्बन्धित खवर