झापा गोल्डकपः आज आयोजक झापा ११ र चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदै

२६ फागुन, बिर्तामोड । छैँठौ झापा गोल्डकपमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । डोमालाल रंगशालामा आज दिउँसो ३ बजेपछि आयोजक झापा एघार र ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ । आजको बिजेता टिमले फाइनलमा एपिएफ क्लबको सामना गर्नेछ । फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७..

नेपाल–हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै

२६ फागुन। नेपाल र हङकङबीच मैत्रीपूर्ण टी–२० क्रिकेट भइरहेको छ । हङकङमा आज भइरहेको उक्त खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदै छ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल..

एपिएफ फुटबल क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश

२६ फागुन, बिर्तामोड । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा..

प्रधानमन्त्रीको वाचा अनुसार टी-२० क्रिकेट विश्वकपका लागि ५ करोड निकासा

२४ फागुन, काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्व कपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिदै प्रधानमन्त्री, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिएका छन्। उनले भने, ‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ। विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत..

महिला साफ यु१६ प्रतियोगिता- नेपाल र भारत भिड्दै

२४ फागुन । साफ यू–१६ महिला फुटबल खेलमा आज नेपालले भारतको सामना गर्दै छ । खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । जारी खेलमा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी भुटानले..

डिफेन्डिङ च्याम्पियन आर्मी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा

२४ फागुन, बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन्..

ला लिगा अध्यक्ष मेड्रानोसँग नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल

२३ फागुन, काठमाडौँ ।  स्पेनका लागि नेपाली राजदुत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ । भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई जोड्ने राजदुत ढकालको प्रयासको प्रशंसा गर्दै नेपाली फुटबल विकासका लागि सहकार्य गर्ने प्रस्ताब राखेका थिए । मड्रिडस्थित ला लिगाको मुखयालयमा मंगलबार झण्डै एक घण्टा भएको भेटका क्रममा राजदुत ढकालले ला लिगाका अध्यक्ष..

एम्बापेको उत्कृष्ट प्रर्दशनमा पीएसजी च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश

२३ फागुन । पेरिस सेन्ट जर्मेन पीएसजी र बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेका छन् । मंगलबार राति पीएसजीले रियल सोसिडाड र बायर्नले लाजियोलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । अन्तिम १६ को दोस्रो लेगको खेलमा पीएसजीले रियल सोसिडाडलाई २–१ ले हरायो । एमबाप्पलेले १५ औं र ५६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाएका थिए । मिरिनोले खेल सकिन एक मिनेट बाँकी छदाँ..

नारी दिवसमा स्क्वाट

२३ फागुन,काठमाडौं । काठमाडौं व्यायाम व्यवसायी संघले नारी दिवसको अवसरमा प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप आयोजना गर्ने भएको छ । नारी दिवसका दिन फागुन २५ गते कमलपोखरीस्थित सिटी सेन्टर मलमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा सचिव विजयतमरत्न बज्राचार्यले जानकारी गराए । प्रतियोगितामा जम्मा तीन तौलसमूह प्रतिस्पर्धा हुनेछ । ५७ केजीमुनि, ५७.१ देखि ६५ केजीसम्म र ६५ केजीमाथि तौलसमूहमा खेल हुनेछ । प्रतियोगितामा नेपालभरिका विभिन्न..

एनआरटीमाथि जित निकाल्दै सेमिफाइनलमा चर्च ब्वाईज युनाइटेड

२३ फागुन, बिर्तामोड । न्युरोड टिम एनआरटी झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कप फुबललको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो । चर्च ब्वाईज भने एनआरटीमाथि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडी अवयोमी फकुन्लेबाट सम्भव भयो । उनले खेलको ३६ औँ मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा..