आयोजकलाई हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको फाइनलमा

२६ फागुन, बिर्तामोड । ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा आयोजक झापा ११ लाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै चर्च ब्वाइज उपाधी नजिक पुगेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका चर्च ब्वाइजका गोलरक्षक दिप कार्की म्यान अफ दि म्याच भए..

मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित

२६ फागुन । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल पराजित भएको छ । हङकङमा घरेलु टोलीले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल जम्मा १३९ रन बनाउँदा अलआउट भयो । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९..

अन्जन विष्ट बंगलादेशी क्लब फोर्टिस एफसीमा अनुबन्ध

  २६ फागुन । नेपाली राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट बंगलादेशी श्रीर्ष डिभिजनको क्लब फोर्टिस एफसीमा अनुबन्ध भएका छन् । अन्जनले अब बंगलादेशको श्रीर्ष श्रेणीको फुटबल लिग बंगलादेश प्रिमियर लिग खेल्नेछन् । नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जनलाई फोर्टिसले अनुबन्ध गरेको त्यहाँको अलनइन दी डेली स्टारले जनाएको छ । क्लबका म्यानेजर रसिदुल इस्लामले अन्जनलाई अनुबन्ध गरेको पुष्टि गर्दै उनको आगमनले क्लबको लागि फाइदा पुग्ने समेत बताएका छन्..

जितका लागि नेपाललाई २१३ रनको लक्ष्य, आकाशले लिए ३ विकेट

२६ फागुन । मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा घरेलु टोली हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले सबै विकेट गुमाएर २१२ रन बनायो । बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेलेपछि हङकङले नेपाललाई विशाल लक्ष्य प्रस्तुत गरेको हो । हायातले ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाए । हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन,  ऐजज खानले..

झापा गोल्डकपः आज आयोजक झापा ११ र चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदै

२६ फागुन, बिर्तामोड । छैँठौ झापा गोल्डकपमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । डोमालाल रंगशालामा आज दिउँसो ३ बजेपछि आयोजक झापा एघार र ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ । आजको बिजेता टिमले फाइनलमा एपिएफ क्लबको सामना गर्नेछ । फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७..

नेपाल–हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै

२६ फागुन। नेपाल र हङकङबीच मैत्रीपूर्ण टी–२० क्रिकेट भइरहेको छ । हङकङमा आज भइरहेको उक्त खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदै छ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल..

एपिएफ फुटबल क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश

२६ फागुन, बिर्तामोड । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा..

प्रधानमन्त्रीको वाचा अनुसार टी-२० क्रिकेट विश्वकपका लागि ५ करोड निकासा

२४ फागुन, काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्व कपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिदै प्रधानमन्त्री, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिएका छन्। उनले भने, ‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ। विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत..

महिला साफ यु१६ प्रतियोगिता- नेपाल र भारत भिड्दै

२४ फागुन । साफ यू–१६ महिला फुटबल खेलमा आज नेपालले भारतको सामना गर्दै छ । खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । जारी खेलमा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी भुटानले..

डिफेन्डिङ च्याम्पियन आर्मी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा

२४ फागुन, बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन्..