एफए कपः लिभरपुल, युनाइटेड र चेल्सी क्वार्टरफाइनलमा

१७ फागुन । साउथह्याम्पटनविरुद्ध ३–० को सहज जित निकाल्दै लिभरपुलले एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । बुधबार राति एन्फिल्डमा लिभरपुललाई जित दिलाउन जयडे डान्सले दुई र लेविस कोउमासले एक गोल गरे । खेलको ४४औँ मिनेटमा कोउमासले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ७३औँ र ८८औँ मिनेटमा डान्सले गोल गरेपछि लिभरपुलले ३–० को जितसहित क्वार्टरफाइनलमा स्थान निश्चित गरेको हो । लिभरपुलले अब सेमिफाइनल प्रवेशका निम्ति म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ ।..

वाफ वुमेन्स च्याम्पियनसिपः उपाधिका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदै

१७ फागुन । साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा हुनेछ। पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपाल जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। जोर्डन पाँच पटकको विजेता रहेको छ । समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै..

त्रिकोणात्मक टि २० आई सिरिजः नेपाल २ रनले पराजित

१६ फागुन, काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको बाबजुद त्रिकोणात्मक टि २० आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि २ रनको रोमान्चक जित दर्ता गरेको छ । नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमा सिमित भयो । अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ औं ओभरमा आर्यन दत्तलाई १८ रन र १९ औं ओभरमा टिम भान डर गुग्टेनलाई..

अर्धशतक बनाउदैँ आउट भए रोहित पौडेल

१६ फागुन, काठमाण्डौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले ३५ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो छैटौँ अर्धशतक हो । उनी अर्धशतक बनाएलगत्तै आउट भए । एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभरको खेल सकिँदासम्म चार विकेट गुमाएर एक सय..

सावित्राले वाफ वुमेन्स च्याम्पिनयसिपको फाइनल नखेल्ने निश्चित

१६ फागुन, काठमाडौँ । साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल नखेल्ने निश्चित भएको छ । नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो र बिहीबार हुने उपाधि भिडन्तमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको सामना गर्दैछ । सावित्राले वाफ वुमेन्स च्याम्पिनयसिप फाइनल नखेल्ने तर त्यही खेलका लागि सावित्रा भने उपलब्ध हुने छैनन् । उनी फ्रान्सको अन आभान्टा ग्वेनगाम्पबाट खेल्नका लागि पेरिस जानेछिन् । अखिल..

छैटौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक,उद्घाटन खेलमा एपिएफ र संकटाबिच प्रतिस्पर्धा

१६ फागुन,बिर्तामोड । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग..

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

१६ फागुन । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ । आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले पुरुषमा ७ र महिलामा ६ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । तीन विभागीय टोली (प्रहरी÷आर्मी÷एपीएफ) र सातै प्रदेशबाट करिब १ सय ५० खेलाडीको सहभागिता रहने..

प्रिति राईको जादुमय गोलमा नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा

१६ फागुन । इन्ज्युरी समयमा प्रिती राईको उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २–१ को नाटकीय जित दर्ता गरेको हो । खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । विमला चौधरीको कर्नर किक..

त्रिकोणात्मक टी–२० आई सिरिजः पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित

१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी..

जान निकोलको विश्व किर्तिमानि शतकमा नामिबियाद्वारा नोपाललाई बलियो लक्ष्य

१५ फागुन, काठमाडौँ । जान निकोलले विश्व किर्तिमानि पारि खेलेपछि आजबाट सुरु भएको टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २०७ रनको बलियो लक्ष्य दिएको छ। टियू मैदानमा टस जितेर ब्याटिंग गरेको नामिबियाले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा रन २०६ रन बनायो। नामिबियाका लागि चौथो नम्बरमा क्रिजमा आएका जान निकोलले ३३ बलमा शानदार शतक बनाए। यो संगै निकोल सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेका छन्। यसअघि यो किर्तिमान..