झापा गोल्डकप आजदेखिः उद्घाटन खेलमा संकटा र एपीएफबीच प्रतिस्पर्धा हुँदै

१९ फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकप आजदेखि बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुदैछ । गोल्डकपको पहिलो दिन संकटा र एपीएफबीच खेल हुनेछ । गोल्डकपको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने तालिका छ । गत वर्ष भद्रपुरमा आयोजना भएको थियो । ०७८ पछि हुन लागेको झापा गोल्डको भव्य तयारी गरिएको छ । रंगशालालाई आवश्यक संरचना निर्माण देखि सौन्दर्यकरणमा पनि आयोजकले विशेष ख्याल गरेको छ । गोल्डकपको आयोजनासँगै बिर्तामोड क्षेत्रको..

विभिन्न जातजातिका झाँकी सहित झापा गोल्डकपको उद्घाटन हुने, मेयर बालेनलाई पनि निमन्त्रणा

१७ फागुन, बिर्तामोड । फागुन १९ गतेदेखि सञ्चालन हुन गइरहेको अर्ना छैठौं झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताएका छन् । झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको र फागुन १९ गते सभ्य र भब्य तयारीकाले उद्घाटन गर्ने बताए । झापा गोल्ड कपमा ए डिभिजन क्लवसहित १० वटा टिमको सहभागिता हुनेछ । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लवसहित बागमती युवा क्लव, संकटा फुटबल क्लव,..

भारतीय क्रिकेट खेलाडीहरुको तलब ११ करोड

१७ फागुन । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ए प्लस श्रेणीमा समावेश गर्दै नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। चारै खेलाडी अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी समावेश छन्। गत वर्षभन्दा चार खेलाडी थप हुँदा श्रेयस अय्यर र इशान किशन सूचीमा समावेश छैनन्। गत नोभेम्बरमा भारतलाई विश्वकपको फाइनलमा पुर्‍याउने प्रमुख खेलाडी..

झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकालाई

१७ फागुन, शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले चुमेको छ । विर्तामोड नगरपालिकालाई ३– १ गोल अन्तरले हराउँदै कमल गाउँपालिकाले उपाधि चुमेको हो । खेलको पहिलो हाफमा कमल गाउँपालिकाका जर्सी नं. ९ का बाबुराम हस्ताले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा विर्तामोडका जर्सी नं. ७ का खेलाडी चुनु सोरेनले गोल गर्न सफल भए । त्यस्तै दोस्रो हाफमा कमलको बाबुरामले क्रमशः..

एफए कपः लिभरपुल, युनाइटेड र चेल्सी क्वार्टरफाइनलमा

१७ फागुन । साउथह्याम्पटनविरुद्ध ३–० को सहज जित निकाल्दै लिभरपुलले एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । बुधबार राति एन्फिल्डमा लिभरपुललाई जित दिलाउन जयडे डान्सले दुई र लेविस कोउमासले एक गोल गरे । खेलको ४४औँ मिनेटमा कोउमासले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ७३औँ र ८८औँ मिनेटमा डान्सले गोल गरेपछि लिभरपुलले ३–० को जितसहित क्वार्टरफाइनलमा स्थान निश्चित गरेको हो । लिभरपुलले अब सेमिफाइनल प्रवेशका निम्ति म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ ।..

वाफ वुमेन्स च्याम्पियनसिपः उपाधिका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदै

१७ फागुन । साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा हुनेछ। पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपाल जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। जोर्डन पाँच पटकको विजेता रहेको छ । समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै..

त्रिकोणात्मक टि २० आई सिरिजः नेपाल २ रनले पराजित

१६ फागुन, काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको बाबजुद त्रिकोणात्मक टि २० आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि २ रनको रोमान्चक जित दर्ता गरेको छ । नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमा सिमित भयो । अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ औं ओभरमा आर्यन दत्तलाई १८ रन र १९ औं ओभरमा टिम भान डर गुग्टेनलाई..

अर्धशतक बनाउदैँ आउट भए रोहित पौडेल

१६ फागुन, काठमाण्डौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले ३५ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो छैटौँ अर्धशतक हो । उनी अर्धशतक बनाएलगत्तै आउट भए । एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभरको खेल सकिँदासम्म चार विकेट गुमाएर एक सय..

सावित्राले वाफ वुमेन्स च्याम्पिनयसिपको फाइनल नखेल्ने निश्चित

१६ फागुन, काठमाडौँ । साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल नखेल्ने निश्चित भएको छ । नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो र बिहीबार हुने उपाधि भिडन्तमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको सामना गर्दैछ । सावित्राले वाफ वुमेन्स च्याम्पिनयसिप फाइनल नखेल्ने तर त्यही खेलका लागि सावित्रा भने उपलब्ध हुने छैनन् । उनी फ्रान्सको अन आभान्टा ग्वेनगाम्पबाट खेल्नका लागि पेरिस जानेछिन् । अखिल..

छैटौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक,उद्घाटन खेलमा एपिएफ र संकटाबिच प्रतिस्पर्धा

१६ फागुन,बिर्तामोड । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग..