आजबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै, एपिएफ एफसी र बागमति क्लबबीच प्रतिस्पर्धा

आजबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै, एपिएफ एफसी र बागमति क्लबबीच प्रतिस्पर्धा


२१ फागुन, बिर्तामोड । छैटौँ झापा गोल्ड कपमा आज पहिलो क्वार्टर फाइनल खेल हुँदैछ ।

सशस्त्र प्रहरीको एपिएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच आज दिँउसो २ बजेपछि बिर्तामोडको डोमालाल रंगशालामा हुँदैछ ।

बिजेता टालीले सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर