छैटौं झापा गोल्डकपः आज चर्च बोइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदै

छैटौं झापा गोल्डकपः आज चर्च बोइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदै


२० फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकपमा आज चर्च बोइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।

डोमालाल रंगशालामा आज दिँउसो २ बजेपछि खेल सुरु हुनेछ । आजको बिजेता टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । बिजेता टोलीले सेमिफाइनल प्रवेशका लागि एनआरटी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर