१९ फागुन, काठमाडौं । राजधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको छ । एन्फा टेक्निकल सेन्टर, सातदोवाटोमा भएको खेलमा बंगलादेशले नेपाललाई २–० गोलले हराएको हो ।
शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो । साफ यू–१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बङ्गलादेशसहित चार टिमले सहभागिता जनाएका छन् ।
राउन्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।