प्रदेश–२ का मुख्यमन्त्री राउतद्धारा प्रेस स्वतन्त्रता दिवसको शुभकामना

प्रदेश–२ का मुख्यमन्त्री राउतद्धारा प्रेस स्वतन्त्रता दिवसको शुभकामना

२१ वैशाख, जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना शन्देश दिनुभएको छ ।

उहाँले प्रेस स्वतन्त्रताको पक्षधर सञ्चारकर्मी र बुद्धिजीवीहरुमा शुभकामना शुभेच्छा व्यक्त गर्नुभएको हो ।

उहाँले यस दिवसले लोकतन्त्रको ‘माइल स्टोन’ मानिने प्रेस स्वतन्त्रतालाई दृढ सङ्कल्पित बनाउने विश्वास प्रकट गर्नुभएको छ ।

मुख्यमन्त्री राउतले सञ्चारकर्मीलाई लोकतन्त्र र जनताको पक्षमा निर्भिक, निष्पक्ष र भयरहित भएर कलम चलाउनसमेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर