१७ वैशाख, सुनसरी । प्रदेश नं. १ प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले प्रदेश एक भित्रका जिल्ला प्रहरी प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स गर्नुभएको छ ।
भिडियो कन्फ्रेन्स मार्फत कार्कीले लकडाउनको पूर्ण पालना गराउने कार्यमा खटिने प्रहरीलाइ आवश्यक सुरक्षाको उपाँयहरु अपनाएर उपलब्ध सामाग्री सहित फिल्डमा खट्न, आम सर्वसाधरणलाई पर्चा पम्प्लेट बितरण गर्न तथा सचेतना सम्वन्धी माईकिङ गर्न निर्देशन गर्नुभएको छ ।
त्यसैगरी लकडाउनको समय लम्बिदै जाँदा कालो बजारी र कृत्रिम अभाव हुन सक्ने तर्फ बिशेष चनाखो हुन र घरेलुहिंसा महिला तथा बालबालिका माथी हुने हिंसाको सम्बन्धमा सजग र सतर्क रहने बिसयमा समेत छलफल भएको प्रदेश नं. १ नम्बर प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता सुमन कुमार तिम्सिनाले बताउनुभयो ।
लकडाउनको अवस्थामा सिमावर्ती क्षेत्रहरुबाट हुन सक्ने चोरी पैठारीलाई रोक्न सिमावर्ती क्षेत्रहरुमा बिशेष ध्यान दिई काम गर्न र क्वारेन्टाईन स्थलहरुमा भरपर्दो सुरक्षा ब्यबस्था मिलाउने बिसयमा समेत छलफल भएको प्रवक्ता सुमन कुमार तिम्सिनाले जानकारी दिनुभयो ।