प्रदेश

पार्टीको साधारण सदस्य समेत नरहने गरी एमालेद्धारा ३ सांसदलाई कारवाही
४ बैशाख, काठमाण्डौँ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका..

सहकारीलाई ‘प्रोसेसिङ’ र ‘मार्केटिङ’मा लाग्न कृषि मन्त्री मगरको सुझाव
४ बैशाख, झापा । प्रदेश एकका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरले हरेक सहकारीलाई ‘प्रोसेसिङ’ र ‘मार्केटिङ’मा लाग्न सुझाव दिनुभएको छ । शुक्रबार नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको प्रधान कार्यालय मेचीनगर–६ काँकरभिट्टामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले बजारीकरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्ना क्षेत्रमा उत्पादन भएका वस्तुलाई कसरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको विगतदेखि वर्तमानसम्मको..

कर्णलीमा फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्ने तयारी
३ बैशाख, काठमाण्डौँ । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई कारवाही गर्ने तयारी भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोर क्रस गर्ने सांसदहरुप्रति आक्रोश व्यक्त गर्दे कारवाही गर्ने संकेत गर्नुभएको हो । उहाँले पार्टीका सांसदहरुबाट राजनीतिक अपराध गर्ने काम भएको प्रतिक्रिया दिनुभएको छ । यस्तो क्रियाकलाप जिम्मेवार व्यक्तिहरुबाट हुने आफूले नसोचेको पनि उहाँले बताउनुभएको छ । फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्न कर्णाली प्रदेश एमाले संसदीय..

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री शाही विश्वासको मत लिन सफल
३ बैशाख, काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नु भएको छ । आज कर्णाली प्रदेश सभामा भएको मतदान प्रक्रियामा नेकपा एमालेका चार जना सांसदले पार्टीको ह्विप उल्लङ्घन गर्दै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई मतदान गरेपछि उहाँले विश्वासको मत प्राप्त गर्नु भएको हो । नेकपा माओवादी र नेपाली काँग्रेससँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक तरिकाले नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा,..

कर्णाली प्रदेशमा नयाँ सरकार निर्माणको गृहकार्य
२४ चैत्र, सुर्खेत । नेकपा (एमाले)ले कर्णाली प्रदेशमा नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा नयाँ सरकार निर्माणको गृहकार्य थालिएको हो । एमालेबाट सरकारमा रहेका तीनजना मन्त्रीहरुले राजीनामा दिएलगत्तै बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले आज सामुहिक राजीनामा दिनुभएको थियो । उहाँहरुले पार्टीको निर्णयलाई..

लुम्बिनी प्रदेशमा जसपाका सांसदहरु विभाजित हुँदा मुख्यमन्त्री सुरक्षित
२४ चैत्र, बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु विभाजित हुँदा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तत्काललाई टरेको छ । जम्मा ८७ सदस्यीय प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ६ जनामध्ये तीनजना अविश्वास प्रस्तावको पक्षमा र तीनजना विपक्षमा उभिएका हुन् । सोमबार बिहान मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति जुटिसकेको थियो ।..

तस्कर र प्रहरीबीच गोली हानाहान
२४ चैत्र, कैलाली । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा हिजो साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच..

मुख्यमन्त्री राईमाथी लगाईएको अविश्वासको प्रस्ताव फिर्ता
२३ चैत्र, काठमाण्डौँ । प्रदेश–१ प्रदेशका मुख्यमन्त्री शेरधन राईमाथी लगाईएको अविश्वासको प्रस्ताव आज फिर्ता भएको छ । प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधानको धारा १८८(४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । अविश्वासको प्रस्तावको समर्थक एवं नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारप्रतिको अविश्वासको..

माओवादी केन्द्रको सांसद पदबाट मन्त्री आङ्बुहाङ वर्खास्त
२३ चैत्र, काठमाण्डौँ । प्रदेश–१ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट वर्खास्त गरेको छ । संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासदबाट वर्खास्त रेको हो । सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोका अनुसार पदमुक्त गरेको पत्र तयारी भईसकेकाले आज नै प्रदेशसभामा जानकारी तयारी छ..

सांसद पद त्याग्न तयार छु तर स्पष्टीकरणको जवाफ दिन्नः मन्त्री आङ्बुहाङ
१९ चैत्र, विराटनगर । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताउनुभएको छ । माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेपछि मन्त्री बन्नुभएका आङ्बुहाङले स्पष्टीकरणको जवाफ नदिने प्रतिकृया दिनुभएको हो । जवाफ पठाइरहनुको औचित्य नै नभएको उहाँको भनाई छ । यहाँले भन्नुभएको छ ‘अब जवाफ पठाउँदा पनि केही हुनेवाला छैन ।’ स्पष्टीकरण पत्र आफूले अध्ययन पनि नगरेको मन्त्री आङ्बुहाङले बताउनुभयो । दलको..