राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता आज, ओली समुह अन्योलमा

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता आज, ओली समुह अन्योलमा


२४ वैशाख, काठमाण्डौँ । बागमती प्रदेशमा जेष्ठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । हेटौँडामा खोलिएको निर्वाचन आयोगको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

एमाले प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उत्त पद रिक्त छ । उक्त रिक्त पदमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले संयुक्त रुपमा डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् । एमालेले भने रामबहादुर थापालाई नै उम्मेदवार बनाउने भने पनि टुङ्गो लगाएको छैन ।

बागमतीमा हुने राष्ट्रियसभा उपचुनावमा एक सय १० जना प्रदेशसभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरेर तीन सय ४८ मतदाता रहेका छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र पालिकाका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर