एमालेको तर्फबाट बादलको उम्मेदवारी, हेलिकोप्टर मार्फत हेटौंडा प्रस्थान

एमालेको तर्फबाट बादलको उम्मेदवारी, हेलिकोप्टर मार्फत हेटौंडा प्रस्थान


२४ वैशाख, काठमाण्डौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) उम्मेदवार बन्नुभएको छ । उहाँ उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरबाट आज बिहान हेटौंडा पुग्नुभएको छ ।

वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेष्ठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिदैँछ ।

आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलपछि बादल बालुवाटारबाट हेलिकप्टर चढेर सिधै मकवानपुरको हेटौंडा पुग्नुभएको स्रोतले बताएको छ ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट थापा यो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । नेकपा विभाजन भएपछि एमालेमा प्रवेश गर्नुभएका थापाको सांसद पद गुमेकाले आगामी जेष्ठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ ।

विपक्षी गठबन्धनले डा.खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर