चिसोका कारण सगरमाथा क्षेत्रमा पर्यटकको संख्या घट्यो

९ माघ, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । उनले भने, “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन ।” सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको..

फोहरमा नवजात शिशुको शव फेला

४ माघ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा डम्पिङसाइटमा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ । फोहर सङ्कलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए । वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले फोहोर सङ्कलन गरी लगेको थियो । शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको..

वन मन्त्रालयका सचिव सवार गाडीमाथि ढुङ्गा प्रहार

४ पौष, धनगढी । सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा उनी सवार गाडीमा युवाहरूले ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनी सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधवार ढुङ्गा प्रहार गरिएको हो । उनी सवार गाडीको पछाडिको सिसा फुटेको छ । सचिवलाई भने चोटपटक..

कोशीको सभामुख राप्रपाको पोल्टामाः झापाका अम्बरबहादुर विष्ट निर्विरोध हुने सम्भावना

२४ पौष, विराटनगर । कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ । सभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको बताइन् । सत्तारुढ दलहरूले सभामुख राप्रपालाई दिने सहमति भएका छन् । राप्रपाले सभामुख लिने निर्णय गरेपछि राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने छ । सभामुखमा..

कोशी प्रदेशसभाको सभामुख निर्वाचन दिउँसो ३ बजे गर्ने निर्णय

२४ पौष, विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् । सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानै देखि चलिरहेको छ । सत्तारुढ गठबन्धनको सहमति अनुसार सभामुख राप्रपाले पाउनेछ । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई..

गठबन्धन दल बाहेकका सभामुखको उम्मेदवारलाई एमालेले सघाउने

२४ पौष, काठमाडौं । नेकपा एमालेले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ । एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको छ । कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार भएका छन् ।

सीके राउतको जनमतले राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार खडा गर्यो

२३ पौष, धनुषा । सत्ता गठबन्धनमै सामेल डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पनि राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार खडा गरेको छ । जनमतबाट धनुषाका रामशंकर महासेठले अन्य समूहबाट मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा शम्भु साह र समर्थक सञ्जय यादव छन् । प्रस्तावक र समर्थक दुवै प्रदेश सांसद हुन् । सत्ता गठबन्धनबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगानाले मनोनयन दर्ता गराएका छन् । जनमतले सत्ता गठबन्धनको भागबन्डामा एक..

पहिचानको मुद्दाले कोशीमा मानव अधिकार हननका घटना बढेको इन्सेकको प्रतिवेदन

१८ पौष, काठमाडौं । सन् २०२३ मा मानव अधिकार हननसम्बन्धी घटना संख्यात्मक रुपमा बढेको मानव अधिकारवादी संस्था (इन्सेक) ले जनाएको छ । ‘मानव अधिकार वर्ष, २०२३’ को समीक्षा गर्दै (इन्सेक)ले गएको वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको जानकारी दिएको हो । हिजो ताप्लेजुङमा समीक्षा कार्यक्रमको आयोजना गरेर इन्सेकले मानव अधिकारको अवस्थाबारे विश्लेषण गरेको थियो । सो क्रममा इन्सेक ताप्लेजुङ प्रतिनिधि एलिना दियालीले प्रतिवेदनसमेत सार्वजनिक गरेकी थिइन् । प्रतिवेदनमा सन्..

इलामको एकै किसानले १० लाखको सुन्तला बेचे

१७ पौष, इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । ‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु’, चापागाईँले भने । सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री भएको सम्झँदै उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा..

मोरङमा जंगली हात्ती गोली हानी मारेको अवस्थामा मृत फेला

१६ पौष, मोरङ । मोरङको सुन्दरहरैंचामा जंगली हात्ती गोली हानी मारेको अवस्थामा मृत फेला परेको छ । सुन्दरहरैंचा नगरपालिका १० स्थित जनजागरण सामुदायिक वनमा करिव १२ वर्षको जंगली हात्ती मृत फेला भेटिएको हो । घटना स्थलमा रहेका स्थानीय दिनेश गिरीका अनुसार मृत हात्तीको टाउकोको भागमा गोली हानेको देखिन्छ । मृत हात्ती भेटिएको स्थानमा रगत पनि बगेको छ । प्रहरी स्रोतका अनुसार सिकारीको समूहले गोली हानेर मारेको जस्तो देखिन्छ । हात्ती..