मोरङमा जंगली हात्ती गोली हानी मारेको अवस्थामा मृत फेला

१६ पौष, मोरङ । मोरङको सुन्दरहरैंचामा जंगली हात्ती गोली हानी मारेको अवस्थामा मृत फेला परेको छ । सुन्दरहरैंचा नगरपालिका १० स्थित जनजागरण सामुदायिक वनमा करिव १२ वर्षको जंगली हात्ती मृत फेला भेटिएको हो । घटना स्थलमा रहेका स्थानीय दिनेश गिरीका अनुसार मृत हात्तीको टाउकोको भागमा गोली हानेको देखिन्छ । मृत हात्ती भेटिएको स्थानमा रगत पनि बगेको छ । प्रहरी स्रोतका अनुसार सिकारीको समूहले गोली हानेर मारेको जस्तो देखिन्छ । हात्ती..

नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा १० मेगावाट विद्युत जोडियो

११ पुष, झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना झापा जिल्लाको शिवसताक्षी नगरपालिका-४ मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारीदिनुभयो । “झापा इनर्जीको यो परीक्षण उत्पादन हो”, उहाँले भन्नुभयो, “केही दिनसम्म लगातार परीक्षण जारी रहनेछ ।” उक्त विद्युत्..

ताप्लेजुङमा केबलकारको काम सुरु हुनेः १३ महिनामा निर्माण सक्ने तयारी

७ पुष, फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको छन् । त्यसका लागि..

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वरा दमकमा फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण

५ पुष, दमक । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले झापाको दमक नगरपालिका ९ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका (दृष्टि बिहिन) बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरी बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा..

शुक्रबार देखि विराटनगरमा ‘मोरङ ट्रेड एक्स्पो २०२३’ प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

५ पुष, विराटनगर । विराटनगरमा २०२३ को सम्पूणर् तयारी पूरा भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार (पुस ६ गते) उद्घाटन भई पुस १६ गतेसम्म सञ्चालन हुने मोरङ व्यापार संघ ट्रेड एक्स्पो प्रचण्डले उद्घाटन गर्नु हुने एक्स्पोको तयारी पूरा भएको आयोजकले जानकारी दिइएको हो । मेला आयोजक समितिका संयोजक एवं मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहका अनुसार २४० स्टल बुकिङ भएका छन् । जर्मन प्रविधिको हेंगरमा निर्मित स्टलहरु..

दमक चिसापानी सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै ठेकेदार कम्पनी विरुद्व आक्रोसित माङसेबुङ अध्यक्ष हेमन्त राई

३ पौष, माङसेबुङ (इलाम) । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्दा पनि बन्न सकेको छैन । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छभने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूणर्ता पाउन सकेको छैन । रतुवाखोला किनारमा खुलेको ट्रयाकमा सवारी साधन सञ्चानबाहेक केही प्रगति..

इलामको देउमाईमा एकल पुरुष, अविवाहित महिला र तेस्रो लिङ्गीलाई मासिक भत्ता

३ पौष, इलाम। इलामको देउमाई नगरपालिकाले एकल पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । देउमाई नगरपालिकाले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ । देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ ।..

श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि आउँदैनः मुख्यमन्त्री कार्की

२ पौष, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि शीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि नआउने बताएका हुन् । श्रमिकको सम्मान नरहेकोले नेपाल पछाडि परेको भन्दै कार्कीले कामका आधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक रहेको बताए । मुख्यमन्त्री कार्कीले श्रमिकलाई गर्ने व्यवहार र..

इलामको माइजोगमाई गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सुरु

२ पौष, इलाम । इलामको माइजोगमाई गाउँपालिकाले प्रत्येक विद्यार्थी र ५० वर्ष माथिक सबै नागरिकको निःशुल्क आँखा जाँच शिविर सुरु गरेको छ । नेपाल नेत्र ज्योती संघ इलामसँगको सहकार्यमा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा माईजोगमाई गाउँपालिकाले ६ वटै वडामा निःशुल्क आँखा जाँच शिविर संचालन गर्ने गरी आइतबारदेखि शिविर सुरु गरेको गाउँपालिका अध्यक्षको स्वकिय सचिव मनोज लिम्बूले बताए । आतबार माईजोगमाई गाउँपालिका-४ नेपाल ज्योति माध्यमिक विद्यालय नामसालिङमा शिविर संचालन भएको छ..

मोरङमा खुल्यो एक अर्ब लगानीमा नयाँ उद्योग

मंसिर २४, विराटनगर । नेपाल वेलहोप एग्री–टेक प्रालिले मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा करिब एक अर्बको लगानीमा उद्योग सञ्चालनमा ल्याएको छ । दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै वेलहोपले पेलेट दाना उत्पादन गर्न उद्योग सञ्चालनमा ल्याएको हो । नेपालको व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा सञ्चालनमा आएको सो उद्योगले नेदरल्यान्ड्सको भेन आर्सन मेसिनको प्रयोगमार्फत दाना उत्पादन थालेको छ । गुणस्तरीय दाना उत्पादनका लागि प्रसिद्ध मानिने सो मेसिन नेपालमै..