दुग्धजन्य पदार्थको भुक्तानीको समस्या समाधान गरिदिन इलामका किसानको माग

९ माघ, इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानको लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाले आयोजना गरेको ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधान गर्न नगरपालिकासँग माग गरेका हुन् । ठूलो लगानीमा पशुपालन र दुग्धजन्य पदार्थ उत्पादनको व्यवसाय सञ्चालन गर्दै आइरहेको भएपनि पछिल्लो पाँच..

चिसोका कारण सगरमाथा क्षेत्रमा पर्यटकको संख्या घट्यो

९ माघ, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । उनले भने, “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन ।” सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको..

फोहरमा नवजात शिशुको शव फेला

४ माघ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा डम्पिङसाइटमा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ । फोहर सङ्कलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए । वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले फोहोर सङ्कलन गरी लगेको थियो । शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको..

वन मन्त्रालयका सचिव सवार गाडीमाथि ढुङ्गा प्रहार

४ पौष, धनगढी । सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा उनी सवार गाडीमा युवाहरूले ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनी सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधवार ढुङ्गा प्रहार गरिएको हो । उनी सवार गाडीको पछाडिको सिसा फुटेको छ । सचिवलाई भने चोटपटक..

कोशीको सभामुख राप्रपाको पोल्टामाः झापाका अम्बरबहादुर विष्ट निर्विरोध हुने सम्भावना

२४ पौष, विराटनगर । कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ । सभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको बताइन् । सत्तारुढ दलहरूले सभामुख राप्रपालाई दिने सहमति भएका छन् । राप्रपाले सभामुख लिने निर्णय गरेपछि राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने छ । सभामुखमा..

कोशी प्रदेशसभाको सभामुख निर्वाचन दिउँसो ३ बजे गर्ने निर्णय

२४ पौष, विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् । सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानै देखि चलिरहेको छ । सत्तारुढ गठबन्धनको सहमति अनुसार सभामुख राप्रपाले पाउनेछ । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई..

गठबन्धन दल बाहेकका सभामुखको उम्मेदवारलाई एमालेले सघाउने

२४ पौष, काठमाडौं । नेकपा एमालेले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ । एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको छ । कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार भएका छन् ।

सीके राउतको जनमतले राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार खडा गर्यो

२३ पौष, धनुषा । सत्ता गठबन्धनमै सामेल डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पनि राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार खडा गरेको छ । जनमतबाट धनुषाका रामशंकर महासेठले अन्य समूहबाट मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा शम्भु साह र समर्थक सञ्जय यादव छन् । प्रस्तावक र समर्थक दुवै प्रदेश सांसद हुन् । सत्ता गठबन्धनबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगानाले मनोनयन दर्ता गराएका छन् । जनमतले सत्ता गठबन्धनको भागबन्डामा एक..

पहिचानको मुद्दाले कोशीमा मानव अधिकार हननका घटना बढेको इन्सेकको प्रतिवेदन

१८ पौष, काठमाडौं । सन् २०२३ मा मानव अधिकार हननसम्बन्धी घटना संख्यात्मक रुपमा बढेको मानव अधिकारवादी संस्था (इन्सेक) ले जनाएको छ । ‘मानव अधिकार वर्ष, २०२३’ को समीक्षा गर्दै (इन्सेक)ले गएको वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको जानकारी दिएको हो । हिजो ताप्लेजुङमा समीक्षा कार्यक्रमको आयोजना गरेर इन्सेकले मानव अधिकारको अवस्थाबारे विश्लेषण गरेको थियो । सो क्रममा इन्सेक ताप्लेजुङ प्रतिनिधि एलिना दियालीले प्रतिवेदनसमेत सार्वजनिक गरेकी थिइन् । प्रतिवेदनमा सन्..

इलामको एकै किसानले १० लाखको सुन्तला बेचे

१७ पौष, इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । ‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु’, चापागाईँले भने । सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री भएको सम्झँदै उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा..