सीके राउतको जनमतले राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार खडा गर्यो

सीके राउतको जनमतले राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार खडा गर्यो

२३ पौष, धनुषा । सत्ता गठबन्धनमै सामेल डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पनि राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार खडा गरेको छ ।

जनमतबाट धनुषाका रामशंकर महासेठले अन्य समूहबाट मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा शम्भु साह र समर्थक सञ्जय यादव छन् । प्रस्तावक र समर्थक दुवै प्रदेश सांसद हुन् ।

सत्ता गठबन्धनबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगानाले मनोनयन दर्ता गराएका छन् ।

जनमतले सत्ता गठबन्धनको भागबन्डामा एक सीट पनि नपाएपछि मधेस र लुम्बिनीमा आफ्नै उम्मेदवार अघि सारेको बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर