कोशी राजमार्ग सुक्खा पहिरोका कारण अवरुद्ध

२१ माघ, सङ्खुवासभा । सङ्खुवासभाको उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु– ३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी अवरुद्ध भएको हो । मकालु गाउँपालिका ३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए । आज बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको..

लुम्बिनी प्रदेशको निजामती ऐनले समेट्यो यौनिक अल्पसंख्यक समुदायलाई

२१ माघ, काठमाडौं । लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ । ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एक प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ । ऐनमा गरिएको पदपूर्ति सम्बन्धी विशेष व्यवस्था अनुसार प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा..

इटहरी भित्र सञ्चालनमा रहेका डेढ दर्जन योजना अलपत्र

२१ माघ, सुनसरी । इटहरी उपमहानगरपालिमा भित्र सञ्चालनमा रहेका विभिन्न १४ वटा योजना अलपत्र परेका छन् । पटक–पटक काम गर्न भन्दा पनि ठेकेदार कम्पनीले काम नगरेपछि उपमहानगर क्षेत्रभित्रका १४ वटा विकास निर्माणका योजना अलपत्र परेका हुन् । नगरस्तरीय ७ वटा सडक ग्राभेल र कालोपत्रे, ३ वटा पुल निर्माण गर्ने योजना अलपत्र छाडेर ठेकेदार उपमहानगरको सम्पर्कमा छैनन् । पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको इन्जिनियर जीवन घिमिरेले बताए । त्यसमध्ये..

विराटनगर जुटमिल संञ्चालनमा ल्याउन तत्काल ३० करोड बढी लगानी आवश्यक

१७ माघ, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउने बताएका छन् । त्यसका लागि अध्ययन समितिले प्रतिवेदन बुझाउने तयारी भइरहेको छ । तर, वर्षाैं अघि बन्द भएको विराटनगर जुटमिलको अवस्था भने दयनीय छ । जुट मिल परिसर साँझ पर्नासाथ भुत बङ्गलाजस्तो हुन्छ । जुटमिल क्षेत्र ठुलो जङ्गल जस्तो देखिन थालेको छ । जुटमिलको सुरक्षाका लागि लगाइएका पर्खाल भत्किएका छन् । लागु औषध प्रयोगकर्ता र चोरी चकारी गर्नेहरुको..

मधेशमा प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने जनमतको माग

१७ माघ, जनकपुरधाम । मधेश सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलको दाबीसहित मान्यता दिन माग गरेको छ । जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनको दाबी छ । अहिले मधेश प्रदेशसभामा नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ ।..

ताप्लेजुङको हिमाली क्षेत्रमा बाक्लो हिमपात

१३ माघ, मोरङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । आज वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाक्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको..

इलामको पर्यटन लयमा फर्कदैः यो बर्ष ८५ हजार पर्यटक भित्रिए

१३ माघ, इलाम । पछिल्लो समय इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख््या बढ्न थालेको छ । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्याङ्कअनुसार पछिल्लो समय इलाम घुम्न..

एमालेकी ‘लो प्रो–फाइल’ उम्मेदवार रुक्मिणीको ‘हाई प्रो–फाइल’ जित !

१३ माघ, विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गर्न विराटनगर पुगेकी रुक्मिणी कोइरालालाई धेरैले भने सारै लो प्रो फाइल उम्मेदवार भयो । एक त गठबन्धन त्यसमाथि लो प्रोफाइल उम्मेदवार । के कारणले उनलाई एमालेले उम्मेदवार बनाउने निर्णय गर्याे ? एमालेका नेताहरू नै कुरा गर्थे । राष्ट्रिय सभामा मतदान गर्ने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उप प्रमुखको सङ्ख्या एमालेको भन्दा धेरै थियो । प्रदेश सभामा ९३ मध्ये ४०..

इलाम नगरपालिकामा जनै बनाउने तालिम सुरु

११ माघ, इलाम । विदेशमा बनेका जनैलाई निरुत्साहित गर्ने उद्देश्यले इलाम नगपालिकाले जनै बनाउने तालिम सुरु गरेको छ । हिन्दु धर्मावलम्बीहरुले प्रयोग गर्ने जनैको आयात रोक्न नगरपालिकाले वडा नं. ७ का एकल महिलाहरुलाई जनै बनाउने सम्बन्धी तीन दिने तालिम बुधबारदेखि गरेको हो । बाहिरबाट आयात हुने जनै प्रतबन्ध गरी स्थानीय स्तरमा नै उपलब्ध गराउने उद्देश्यले जनै बनाउने तालिम सञ्चालन गरिएको इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालले बताइन् । इलाम नगरपालिकाले..

राष्ट्रियसभा सदस्यका लागि कोशीका मुख्यमन्त्री कार्कीले गरे मतदान

११ माघ, विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मतदान गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनले मतदान गरेका हुन् । निर्वाचन आयोगले बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रकी चम्पा कार्की, नेकपा एमालेकी रुक्मिणी कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेल चुनावी मैदानमा छन् । राप्रपा..