वन मन्त्रालयका सचिव सवार गाडीमाथि ढुङ्गा प्रहार

वन मन्त्रालयका सचिव सवार गाडीमाथि ढुङ्गा प्रहार

४ पौष, धनगढी । सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा उनी सवार गाडीमा युवाहरूले ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनी सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधवार ढुङ्गा प्रहार गरिएको हो । उनी सवार गाडीको पछाडिको सिसा फुटेको छ । सचिवलाई भने चोटपटक लागेको छैन ।

वसन्ता क्षेत्रमा अतिक्रमण गरिएको वनको स्थलगत अनुगमनबाट फर्किने क्रममा उनी सवार गाडीमा ढुङ्गा हानिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

उनका अनुसार ६ जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर