प्रदेश

सूर्याेदयको प्रत्येक वडाका बाह्र महिना चल्ने सडकलाई कालोपत्रे गरिदैँ
२४ कार्तिक, इलाम । इलामको सूर्याेदय नगरपालिकाले अन्तरवडा जोड्न निर्माण गरेको अलवेदर (बाह्रमासे) सडकलाई कालोपत्रे गर्न सुरु गरेको छ । नगरपालिकाले २८ वर्षे नगर सडक गुरू योजना अन्तरगत एक वडा एक बाह्र महिने सडकलाई कालोपत्रे सडकमा रूपान्तरण गर्दै लैजाने योजनासहित वडा नं. ९ मा कालोपत्रे सडकको उद्घाटन भएको छ । वडा नं. ९ को बरबोटे गैरीगाउँ कजेनी अरुणोदय मार्ग कालोपत्रे सम्पन्न गरी नगरपालिकाले बिहीबार उद्घाटन् गर्दै टोलविकास संस्थालाई हस्तान्तरण गरेको..

मैले खोलो तरेर लौरो बिर्सिएको छैनः मुख्यमन्त्री कार्की
२३ कार्तिक, विराटनगरका । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेसँगको सहकार्य नछाडेको बताएका छन् । एमाले आफैं सत्ता पक्षको कुर्सि छाडेर प्रतिपक्षको कुर्सिमा गएर बसेको भन्दै उनले पुनः सत्तामा आउन आह्वान गरे । कोशी प्रदेश सभा बैठकमा आज प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै कार्कीले भने, ‘एमालेले अहिले पनि सरकारलाई समर्थन गरिरहेको छ । सरकारले एमालेलाई छाडेको छैन । एमाले आफैं सत्ता पक्षको कुर्सि छाडेर प्रतिपक्षको कुर्सिमा गएर..

कोशीमा मन्त्री बन्न कांग्रेस संस्थापन पक्षका सांसहरु दौडमा
२३ कार्तिक, काठमाण्डौँ । नेपाली कांग्रेसको विद्रोही ८ सांसद र संस्थापन २१ सांसदको फरकफरक चाहनाका कारण कोशी प्रदेश सरकार विस्तारमा सकस देखिएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलहरुबिच मन्त्रालयको भागबण्डा छिटो टुङ्ग्याएर मन्त्री नियुक्ति गर्ने चाहना राखे पनि सांसदहरुको आकांक्षा व्यवस्थापन गर्न नसक्दा छठ पर्व अगाडि सरकार विस्तार हुने सम्भावना कम रहेको गठबन्धन दलकै नेताहरु बताउँछन् । नेकपा एमालेका ३९ सांसद र कांग्रेसबाट विद्रोह गरेका ८ जना सांसदको समर्थनमा..

निजामती ऐन र प्रहरी समायोजनका लागि वार–पारको लडाई लड्ने मधेश प्रदेशको तयारी
२२ कार्तिक, काठमाण्डौँ । प्रहरी समायोजन गर्नका लागि दबाब दिन मधेश प्रदेश सरकारले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने भएको छ । जनकपुरधामस्थित मधेश भवनमा प्रदेश सरकारले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी गराएको हो । मुख्यमन्त्री सरोज कुमार यादवले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाउने बताए । उनले एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी..

‘सिक्स ओ क्लक’ले दमकमा फुटसल आयोजना गर्दै
२० कातिक, दमक । झापाको दमकमा असोज २५ गते बाट नगरका संगठित संस्थाहरु बिच फुटसल प्रतियोगिता हुने भएको छ । सोमबार एक कार्यक्रमका बिच आयोजकले दुई दिने प्रतियोगिताको टाइसिट सार्वजनिक गर्दै खेलको सबै तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता असोज २६ गते सम्म सञ्चालन हुनेछ । दमक ९ का युवाहरुको समूह सिक्स ओक्लकले दशैं तिहार तथा छठ पर्वको अवसरमा आयोजना गर्न लागेको प्रतियोगिता दमक ९ स्थित रणभूमि फूटसलको खेल..

जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुग्यो
१८ कार्तिक, काठमाण्डौँ । जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुगेको छ । प्रहरीका अनुसार सो भूकम्पमा परेर घाइते हुनेहरुको संख्या भने १६६ पुगेको छ । प्रहरीले दिएको पछिल्लो अपडेटअनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने घाइते संख्या ८१ पुगेको छ । त्यस्तै रुकुम पश्चिममा मृत्यु हुनेको संख्य ३८ जना पुगेको छ भने घाइतेको संख्या ८५ पुगेको छ । शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको..

कोशीमा माओवादीका गणेश उप्रेती र एसका कमल जबेगु मन्त्री नियुक्त, एमाले सरकार छाड्ने तयारीमा
१७ कार्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनाएका छन् । उनीहरुलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरु बिना विभागीय मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले हिजोमात्र एमालेको गुन नबिर्सिने बताएका थिए । तर, सुरूदेखि नै गठबन्धनलाई मन्त्रिपरिषद्मा समेट्न प्रधानमन्त्री एवम् माओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको..

संघीय सरकारविरुद्ध बागमती प्रदेश सरकारको सर्वाेच्च अदालतमा रिट दर्ता
१२ कार्तिक, काठमाण्डौँ । बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेको छ । प्रदेशको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै बागमती सरकारले संघीय सरकारविरुद्ध आज (सोमबार) सर्वाेच्चमा रिट निवेदन दर्ता गरेको छ । संघीय संसद्ले बनाएको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ विरुद्ध प्रदेश सरकारका तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका हुन् । प्रदेश सरकारलाई संविधानले आफ्नो प्रदेशभित्र यातायात व्यवस्थापनको..

कोशीका मुख्यमन्त्री कार्कीलाई सकसः माथीको कुरा सुन्ने की एमालेलाई साथ राख्ने
११ कार्तिक, विराटनगर । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको दबाबका कारण कोशीका मुख्यमन्त्री केदार कार्कीलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । दसैँअगाडि नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेपनि शीर्ष नेताहरूको दबाबका कारण उनले मन्त्री थप्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तारका लागि थप छलफल गर्न कार्की पुनः काठमाडौं पुगेका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले कांग्रेस पार्टीमा आफूसहित ८ सांसदको विद्रोहलाई वैधानिकता दिएसँगै माओवादी र समाजवादीलाई सरकारमा भित्र्याएर एमालेलाई चिढ्याउन नचाहेको..

कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइयो
२९ असोज, काठमाण्डौँ । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिने प्रयोजनका लागि बैठक आव्हान गरिएको हो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कार्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको छ । सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने..