अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्छः राम राना

मंसिर २४, इलाम । प्रदेश संसद तथा पूर्व मन्त्री रामबहादुर रानाले अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्ने बताए । संसद रानाले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको मानव अधिकार वर्ष पुरस्कार २०८० वितरण र इलामको मानव अधिकार अनुगमन तथा अधिलेखिकरणको स्थीति बारे छलफल कार्यक्रममा बोल्दै अधिकार खोज्नेले अरूको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिए । ‘पहिचानवादीको आन्दोलनलाई संकेत गर्दै सांसद रानाले विमती शान्तिपुर्ण र संवैधानिक हुनुपर्ने भन्दै अहिलेको आन्दोलन..

कोशीका मन्त्रीहरुलाई जिम्मेवारी दिईयोः कानुन मन्त्रीमा इलामका शमशेर राई

१७ मंसिर, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास..

संघीयता पछि नेपाली कांग्रेसको पहिलो प्रदेश सम्मेलन लुम्बिनीबाट शुरु हुँदै

१६ मंसिर, बुटवल । मुलुकको प्रादेशिक संरचनासहितको संघीयतामा गएपछि नेपाली कांग्रेसको पहिलो प्रदेश सम्मेलन लुम्बिनीबाट शुरु हुँदैछ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा। शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, ७ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम छ..

कोशी प्रदेशमा आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित

१० मंसिर, विराटनगर । कोशी प्रदेशसभाको आज आइतबार बसेको बैठकले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । सोमबारदेखि विनिनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक’ माथि छलफल सुरु हुनेछ । हिक्मतकुमार कार्की नेतृत्वको अघिल्लो सरकारले गत भदौ २३ गते ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि वर्तमान..

सन्दकपुरको माबुमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण शुरु

९ मङसिर,  इलाम । इलामको पर्यटकीय गाउँपालिका  सन्दकपुर ४ को माबुमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण शुरु भएको छ । स्वास्थ्य चौकीको प्रदेश प्रमुख परशुराम खापुङले सिलान्यस गरेका थिए । सन्दकपुर गाउँपालिका अध्यक्ष, तुलाराम गुरुङको अध्यक्षतामा भएको भवन सिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, वडा नम्बर ४ का अध्यक्ष ढाल बहादूर गुरुङ, वडानम्बर २ का अध्यक्ष सनम राइ, कार्यपालिका सदस्य नरमाया थेवे, छत्र दियाली लगायतको उपस्थिति रहेको थियो । रु..

अध्यादेश मार्फत कोशीको नयाँ बजेट, ५० करोड थप गर्दै प्रतिस्थापन विधेयक पेश

९ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै उक्त बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो । यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको थियो । उक्त अध्यादेशमा ५०..

झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ

७ मंसिर, विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको हो । धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरुलाई प्रहरीले नाकाबाटै उतै फर्काइरहेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार..

धनकुटामा एकै परिवारका ३ जना मृत फेला

७ मंसिर, धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर १ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । निगालेका स्थानीय टिकाराम गुरुङको परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ल प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएको गुरुङ परिवार करिब १२..

प्रभु साहकी श्रीमती मेयर रिना कुमारी साहको आक्रोश ‘वडाध्यक्षलाई नगरपालिका प्रवेशमा निषेध गर्छौ’

४ मंसिर, रौतहट । रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ । अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह र उपमेयर नागेन्द्र प्रसाद यादवलाई निषेध गरेको थियो । घाटमा निषेध गर्न लगाएको भन्दै त्यस वडाका वडाध्यक्ष शिवप्रसन यादवलाई नगरपालिका प्रवेशमा रोक लगाएको हो । छठको मुख्यदिन सम्बन्धित वडाको घाटमा पुगेर ब्रतालुहरु..

एमालेका दुई जना संघीय सांसद कोशी प्रदेश कमिटीको विभागीय प्रमुख बने

४ मंसिर, विराटनगर । नेकपा एमालेका दुई जना संघीय सांसद प्रदेश कमिटीको विभागीय प्रमुख बनेका छन् । झापा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बु कोशी प्रदेश कमिटीको कोष तथा वित्त विभागको प्रमुख भएका छन् । कोशी प्रदेश अधिवेशनबाट सर्वाधिक मतसहित विजयी भएका साँवालाई पहिलो बैठकले कोष व्यवस्थापनको जिम्मा दिएको हो । उनी एमालेनिकट राष्ट्रिय उद्योग व्यवसायी महासंघको अध्यक्ष समेत हुन् । त्यस्तै राष्ट्रिय सभा सदस्य सोनाम..