राजनीति

सत्ता साझेदार दलहरुले नाम दिएपछि सरकारले पूर्णता पाउँछः प्रधानमन्त्री देउवा
२२ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलहरुले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताउनुभएको छ । आज नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले यस्तो बताउनुभएको हो । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने उहाँले बताउनुभयो । ‘एमाले (हालको एकीकृत समाजवादी), माओवादी मिलेर सरकार बनेको सबैलाई थाहा छ । उनीहरुसँग सल्लाह गर्नुपर्छ । उनीहरुले नाम पठाएपछि सरकारले पूर्णता पाउँछ’..

प्रदेश–२ का १६ सांसद लोसपामा आए
२१ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई प्रदेश–२ मा राहत मिलेको छ । प्रदेश–२ प्रदेशसभामा सो पार्टीका पक्षमा १६ सांसद भएका छन् । जसपाका सभामुखसहित ५५ सांसदमध्ये १६ जनाले लोसपाका पक्षमा सनाखत गराएका हुन् । अध्यादेशअनुसार नयाँ दलका पक्षमा सनाखत गर्ने अन्तिम दिन आज प्रदेश २ प्रदेशसभामा १६ सांसद लोसपाको पक्षमा रहनु उत्साहजनक रहेको नेताहरु बताउँछन् । यद्यपि तत्कालीन राजपा नेपालका अधिकांश..

झलनाथ निकट इलामका जनप्रतिनिधीहरु नेकपा (एस)मा नजाने, १० बुदे कार्यन्वयन गर्न कार्यदल
२० भाद्र, इलाम । झलनाथ खनाल निकट मानिने इलामका जनप्रतिनिधीहरु नेकपा (एस)मा नजाने भएका छन् । उनीहरुले १० बुदे सहमती कार्यन्वयन भए एमालेमै रहने संकेत गरेका छन् । यसका लागि हिजो शनिवार कार्यदल समेत गठन गरिएको छ । एमाले इलाम जिल्ला कमिटीको सचिवालय बैठकले जिल्ला अध्यक्ष राम रानाको संयोजकत्वमा ७ सदस्य कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरुमा महेश बस्नेत, गणेश बराल, कृष्णप्रसाद श्रेष्ठ, उदयबहादुर राई, रनबहादुर राई र चित्रकला..

एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पदबाट राजिनामा
१८ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पदबाट राजिनामा दिनुभएको छ । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिनुभएको हो । गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको स्वकीय सचिव दिपक टमाटाले जानकारी दिनुभयो । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बननुभएको थियो । उहाँ नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियानमा सक्रिय..

विभाजन रोजेकाहरूले औचित्य स्थापित गर्न सक्दैनन्ः सुवास नेम्वाङ
१८ भाद्र, काठमाण्डौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विभाजन रोजेकाहरूले त्यसको औचित्य स्थापित गर्न नसक्ने दावी गर्नुभएको छ । आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पार्टी निकट कानून व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभएको छ–‘साथीहरूले विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् । अहिले नै प्रष्ट देखिएको छ, विभाजन स्थापित हुने छैनन् ।’ माले फुटाउँदा राष्ट्रियताको मुद्दा हुँदा पनि त्यसको औचित्य स्थापित..

प्रदेश–२ मा एमालेका ११ सांसदले रोजे नेकपा (एस)
१७ भाद्र, काठमाण्डौँ । नेकपा एमाले प्रदेश–२ का संसदीय दलका नेता शत्रुधन महतोसहितका ११ सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमालेका सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । १० सांसद निर्वाचन कार्यालयमा सशरीर उपस्थित भए भने दिल्लीप्रसाद उप्रेतीले भारतको दिल्लीबाटै सनाखत गर्नुभभयो । सांसद शत्रुधन महतोले भन्नुभयो, ‘जसरी झलनाथ खनाल कमरेड दिल्लीबाटै सनाखत गर्नुभयो, त्यसरी नै सांसद उप्रेतीको पनि..

महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने पौडेल समूहको दावि
१७ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने दावी गरेको छ । काठमाण्डौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो समूहले एक जना उम्मेदवार उठाउने घोषणा गरेको हो । एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले काँग्रेसको सुधार चाहने विचार समूहले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने र यो समूहले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्ने बताउनुभयो । पौडेलले सो घोषणा..

प्रदेश–१ सरकार अल्पमतमा, एमालेका १० सांसदद्धारा नेकपा (एस)को पक्षमा सनखत
१६ भाद्र, काठमाण्डौँ । प्रदेश–१ सरकार अल्पमतमा परेको छ । प्रदेश–१ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । आज निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, सावित्रा रेग्मी, गणेशकुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमकुमारी गुरुङ र सुनिता चौधरीले नेकपा एकीकृत समाजवादीका..

माधवलाई योगेशको सुझावः आफैंसँग भएका नेतालाई आफ्नो पार्टीको अध्यक्ष बनाईदिनुस
१३ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाललाई आफैंसँग भएका नेतालाई आफ्नो पार्टीको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिनुभएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिवार एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको बताउनुभएको थियो । नेता भट्टराईले नेपालको नाम र प्रसंग नलिई ट्वीटरमा भन्नुभएको छ, ‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैंसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै..

नुहाउँदा एक–दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै झरेः एमाले अध्यक्ष ओली
१२ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा फुट नआएको बताउनुभएको छ । नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको बताउनुभएको हो । ‘पार्टी फुटेको होइन । केही मान्छेहरू पतित भएका हुन, बिग्रिएका हुन । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन् ।’ उहाँले भन्नुभएको छ । आज नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माधव..