राजनीति

खोटाङको एक वडामा महिलामात्रै रहेको एमालेको ३१ सदस्यीय वडाकमिटी चयन
८ कार्तिक, खोटाङ । खोटाङ जिल्लाको एउटा वडामा भर्खेरै सम्पन्न नेकपा एमालेको वडा अधिवेशनबाट सबै पदाधिकारी र सदस्यहरुमा महिलामात्रै निर्वाचित भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ को अधिवेशनले महिलामात्रै रहेको ३१ सदस्यीय कमिटी चयन गरेको हो । च्यास्मिटारमा भएको अधिवेशनको प्रमुख अतिथी पनि महिला नै हुनुहुन्थ्यो, रुपाकोट मझुवागढीकी उपमेयर विणादेवी राई । अधिवेशनले टारमिला राईको अध्यक्षतामा ३१ सदस्य कमिटी चयन गरेको हो । वडा कमिटीको उपाध्यक्षमा..

न्यायाधीशहरुको ‘फुलकोर्ट’ बैठक आज बस्दै, १४ जना न्यायाधीशद्धारा बहिस्कार
८ कार्तिक, काठमाण्डौँ । सर्वाेच्च अदालतका न्यायाधीशहरुको बैठक अर्थात ‘फुलकोर्ट’ बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बोलाउनुभएको हो । आजको बैठकमा नेपाल बार एसोसियसनका पदाधिकारीलाई समेत बोलाईएको छ । सत्तारुढ गठबन्धनसँग भाग खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दवाव बढ्दै गएको छ । प्रधानन्यायाधीशले आफूविरुद्ध उठेका सबै प्रश्नको उत्तर फुलकोर्टमार्फत दिने बताउनुभएको छ । यद्यपि सर्वाेच्चका १४ जना न्यायाधीशहरुले आजको बैठक..

मोहन वैद्यको स्वास्थ्यजानकारी लिन गृहमन्त्री खाण अस्पतालमा
२ कार्तिक, काठमाण्डौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिन गृहमन्त्री बालकृष्ण खाण अस्पताल पुग्नुभएको छ । आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको हो । सो क्रममा मन्त्री खाणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उहाँको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गर्नुभयो । वैद्यको उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको..

एमालेको वडा अधिवेशन कात्तिक ६ र पालिका अधिवेशन कात्तिक ९ गते हुने
१ कार्तिक, काठमाण्डौँ । कात्तिक ६ गते एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ । हिजो अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरु बसेर विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनका लागि पठाउँदै संख्याको पनि टुंगो लगाइएको बताईएको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाका..

चुलाचुलीमा युवा संघ र युथ फोर्सको पालिका कमिटी घोषणा
२५ असोज, इलाम । राष्ट्रिय युवा संघ नेपाल चुलाचुली गाउँ कमिटीको आयोजनामा नयाँ कमिटी घोषणा कार्यक्रम सम्पन्न भएको छ । युवा संघका केन्द्रिय उपाध्यक्ष तथा युथ फोर्सका केन्द्रिय अध्यक्ष क्षितीज थेबेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नरेन्द्र क्षेष्ठको अध्यक्षतामा ५७ सदस्य युवा संघ चुलाचुली कमिटी तथा सन्दिप राईको अध्यक्षतामा ३३ सदस्य युथ फोर्स चुलाचुली कमिटी घोषणा भएको छ । इलामको चुलाचुली ४ आईतबारेमा भएको कार्यक्रममा युथ फोर्सका केन्द्रिय अध्यक्ष थेबे सहित..

देउवा सरकारले पायो पूर्णता
२२ असोज, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई अढाई महिना पछि पूर्णता दिनुभएको छ । सत्तारुढ गठबन्धनमा सहभागी दलहरुलाई समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रधानमन्त्रीले डा.मिनेन्द्र रिजाललाई रक्षा, रेणु यादवलाई भौतिक पूर्वाधार, विरोध खतिवडालाई स्वास्थ्य, रामकुमारी झाँक्रीलाई सहरी विकास, देवेन्द्र पौडेललाई शिक्षा, दिलेन्द्रप्रसाद बडुलाई कानून, प्रेमबहादुर आलेलाई पर्यटन, उमाकान्त चौधरीलाई खानेपानी तथा महिन्द्र राय यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै उमा रेग्मी महिला, बालबालिका तथा..

माओवादीले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो
२० असोज, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । स्थायी कमिटी बैठकबाटै मन्त्रीको नाम टुंगो लगाइएको स्रोतले जनाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठ मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्ने टुंगो लागेको हो ।

गोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन
२० असोज, काठमाण्डौँ । गोरुको मासु खान पाउनुपर्ने माग गर्दै ‘विभेदकारी कानुन खारेजी संघर्ष समिति’ले काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा आज प्लेकार्डसहित विरोधमा उत्रिएका युवाहरुले ‘गाई–गोरु बध गरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको मुलुकी अपराध संहिता ऐन २०७४ ले मानवअधिकार हनन गरेको बताएको छ । सो संघर्ष समितिका संयोजक मोक्तान थेवाले गाई–गोरुको मासु खानेलाई अपराध करार गर्दै कारवाही गर्नुले कुनै पनि व्यक्तिले न्यूनतम खाद्य एवं आहार उपभोग..

अखिल इलामको सर्कुलर बमोजिम चुलाचुलीको दुई स्थानमा एकैसाथ सरसफाई कार्यक्रम सम्पन्न
२० असोज, इलाम । अनेरास्ववियु जिल्ला कमिटी इलामको निर्णय अनुसार चुलाचुली गाउँपालिकाको दुई स्थानमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु चुलाचुली गाउँ कमिटीको अयोजनामा र युवा संघ नेपाल चुलाचुलीको सहआयोजनामा चुलाचुली ४ को किरात चोलुङ प्रा.वि. मा सरसफाइ गरिएको हो । उक्त विद्यालयमा अनेरास्ववियु चुलाचुली र युवा संघ चुलाचुलीले नै केही महिना अगाडी विरुवा रोपेको थियो । सोही विरुवा गोडमेल तथा विद्यालय परिसर आज सरसफाई गरिएको हो । सरसफाई..

एमाले ‘नोकिया’ फोन जस्तो हराएर जान्छः रामकुमार झाँक्री
१६ असोज, इलाम । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमार झाँक्रीले एमाले हराएर जाने बताउनुभएको छ । इलामको माईजोगमाईमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनमा बोल्दै झाँक्रीले सूर्य चिन्हको ट्रेडमार्क नोकिया फोन जस्तो भएकाले निर्वाचनसँगै हराएर जाने दावि गर्नुभएको हो । ‘मोबाइल बनाउने लोकप्रिय कम्पनी नोकिया बजारबाट हराए जस्तै एमालेको सूर्य नोकिया फोनजस्तै हुनेछ’, झाँक्रीले भन्नुभयो ‘क्रान्तिकारी पार्टी ठूला तानाशाहको प्रतीमा र सालिकबाट चल्दैन। यदि हुन्थ्यो भने इराकमा अझै पनि सद्दाम..