तीन दशक पछि इलाम नगरपालिकामा कंग्रेसका उम्मेदवार विजयी

तीन दशक पछि इलाम नगरपालिकामा कंग्रेसका उम्मेदवार विजयी


४ जेष्ठ, इलाम । इलाम नगरपालिकामा कंग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा नेपाली कंग्रेसका केदार थापा विजयी भएका छन् । उनले १३ हजार १ सय ६५ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् ।

मेयरमा थापाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । त्यस्तै, उपमेयरमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत ल्याएकी छन् । २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो ।

१२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर