चुलाचुलीमा एमालेको ‘पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ सम्पन्न

चुलाचुलीमा एमालेको ‘पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ सम्पन्न


२८ फाल्गुन । नेकपा एमाले चुलाचुली गाउँ कमिटीको आयोजनामा आज पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

एमाले चुलाचुली अध्यक्ष दिलु लावतीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य राम रानाको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश कमिटी सदस्य ओम नारायण खनाल, जिल्ला अध्यक्ष महेस बस्नेत लगायत जिल्ला सदस्यहरू, गाँउ कमिटी पदाधिकारी तथा सदस्यहरू, एमाले भातृ संस्थाका नेताहरु, वडा कमिटी पदाधिकारी, गाँउ सल्लाकारपरीषद साथै नेकपा एमाले चुलाचुलीका अग्रज नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

चुलाचुली २ नम्बर वडा कार्यलको सभाहलमा सम्पन्न भएको पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी लगायत बिभिन्न पार्टी परीत्याग गरी ५० जना भन्दा धेरैले नेकपा एमाले प्रबेश गरेका छन् । उनीहरुलाई एमाले केन्द्रीय सदस्य राम राना, प्रदेश सदस्य ओम नारायण खनाल, जिल्ला अध्यक्ष महेस बस्नेत लगायतले पार्टी प्रवेश गराएको एमाले चुलाचुली उपाध्यक्ष कुमार राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर