प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदको नाराबाजी, फाल्गुन ६ सम्मलाई स्थगित

प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदको नाराबाजी, फाल्गुन ६ सम्मलाई स्थगित


४ माघ, फाल्गुन । प्रतिनिधिसभाको बैठक सुरू भएलगत्तैै एमाले सांसदहरूले आज पनि नाराबाजी गरेका छन् । सभामुख अग्नि सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् ।

एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन् ।

आजको बैठकमा एमसीसी टेबल गर्ने भनिए पनि सत्ता गठबन्धनबीच मतएैक्यता नहुँदा गठबन्धनबीच आज पेस नगर्ने सहमति भएको छ ।

एमाले सांसदको अवरोध पछि प्रतिनिधिसभाको आजको बैठक फागुन ६ गतेसम्मलाई स्थगित भएको छ । थारु आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव गर्दैै आजको वैठक सकिएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर