चुलाचुलीमा एमालेको शक्ति प्रर्दशन

चुलाचुलीमा एमालेको शक्ति प्रर्दशन


२५ वैशाख, इलाम । स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले चुलाचुली गाउँपालिकामा शक्ति प्रर्दशन गरेको छ । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल चुलाचुली र अनेरास्ववियु चुलाचुलीको आयोजना तथा नेकपा एमाले चुलाचुलीको विशेष समन्वयमा आज भएको र्यालीमा करीव ३ हजार एमाले नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

चुलाचुली वडा नं. ६ कुईनेटारबाट सुरु भएको मोटरसाईकल र्याली वडा नं. १ स्थित माङ्तोक चौकमा कोणसभामा परिणत भएर सम्पन्न भएको थियो । युवा संघ नेपाल केन्द्रिय अनुसासन आयोग प्रमुख नगेन्द्र श्रेष्ठका अनुसार र्यालीमा १३ सय मोटरसाईकल र एक सय भन्दा धेरै चारचक्के सवारी सहभागी थिए ।

एमालेका तर्फबाट चुलाचुली गाउँपालिका अध्यक्ष पदकालागि ओमनारायण खनाल, उपाध्यक्षका पदका लागि दिलु लावतीले उम्मेद्धवारी दिनुभएको छ । त्यस्तै वडा नं. १ का अध्यक्षका लागि बलभद्र कोईराला, वडा नं. २ का अध्यक्षका लागि सुरेश अधिकारी, वडा नं. ३ का अध्यक्षका लागि देउमान गिरी, वडा नं. ४ का अध्यक्षका लागि कुमार राई, वडा नं. ५ का अध्यक्षका लागि चन्द्रकुमार थापा र वडा नं. ६ का अध्यक्षका लागि योगनाथ दाहालको उम्मेद्धवारी रहेको छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया:

सम्बन्धित खवर