एक बर्षको तलव नलिने नेकपा प्रवक्ता श्रेष्ठको घोषणा

१ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहनुभएका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । आफूले पाउने तलवमध्ये २ महिनाको तलव कोरोनाविरुद्धको सरकारी राहत कोषमा र १० महिनाको तलव विपन्न वर्गलाई दिने घोषणा गर्नुभएको हो । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै यस्तो घोषणा गर्नुभएको हो । उहाँले लेख्नुभएको छ ‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौँ ।..

सांसद विकास काेषकाे रकम काेराेनाकाेषमा राखाै– नारायणकाजी श्रेष्ठ

काठमाडौं, २९ चैत्र । नेकपाका नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले सांसद विकास कोषको खर्च नभएको रकम काेराेना भाइरस (कोभिड-१९) कोषमा राख्न माग गरेका गर्नुभएकाे छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता समेत रहनुभएका श्रेष्ठले  शनिबार ट्वीट गर्दै सांसद विकास कोषको रकम कोरोनाविरुद्धको अभियानमा खर्च गर्नुपर्नेमा जोड दिएका दिनुभएकाे छ । राष्ट्रियसभा सदस्यसमेत रहेका श्रेष्ठले आफूले पहिलेदेखि नै सांसद विकास कोष आवश्यक नभएको मात्र नभई अनुचित समेत रहेको दोहोर्याएका..

ओली सरकाले गर्याे भिडियो कन्फ्रेन्समार्फत सातै मुख्यमन्त्रीसँग छलफल

२९ चैत,काठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस  (कोभिड-१९) विरुद्ध तीनै तहका सरकारले सबै शक्ति लगाएर काम गरिरहेका बेला काम गर्ने क्रममा आइपरेका समस्याहरुको समाधानका बारेमा छलफल गरिएकाे हाे । प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीहरुसँग कोभिड-१९ महामारीविरुद्धको लडाइँका बारेमा छलफल गरेका हुन् ।

दुई देशका प्रधानमन्त्री ओली र मोदी बीच टेलिफाेन वार्ता

काठमाण्डाै, २८ चैत्र ।  प्रधानमन्त्री केपि शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएकाे छ । टेलिफाेन वार्तामा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत मोदीसँगको टेलिफोन वार्ताको विषयमा जानकारी दिएका हुन् । लकडाउनका कारण एक अर्काकाे मुलुकमा राेकिएका नागरिकहरूलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको छ ।

शहीद रत्नकुमार वान्तवाले देखाएको बाटोमा अघि बढ्ने नेकपा इलामको प्रतिबद्धता

२६ चैत्र, इलाम । शहीद रत्नकुमार वान्तवाको ६९औं जन्म जयन्ती तथा ४१ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम जिल्ला कमिटीले आज एक प्रेस वक्तव्य जारी गरेर शहीद रत्नकुमार वान्तवाले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ । पार्टी जिल्ला कमिटी अध्यक्ष एवं १ नं प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगर र जिल्ला कमिटी सचिव सोममायाँ राई सिन्धुद्वारा संयुक्त हस्ताक्षरित प्रेस वक्तव्यमा..

चुलाचुलिको क्वारेन्टाइनलागि नेकपा चुलाचुली १ र २ वडा कमिटीले दियो जिन्सि सहयोग

१५ इलाम/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुलाचुली १ र २ वडा कमिटीद्धारा सङ्कलीत सामाग्री आज गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई र बिपद ब्यवस्थापन समिती सम्योजक तथा वडा न.१ का अध्यक्ष पुर्ण लावतिलाइ हस्तान्तरण गरिएको छ विश्वभर फैलिरहेको कोरोना भाईरस कोभिड १९ को सन्दर्भमा बिपद् ब्यवस्थापनका लागी भन्दै नेकपा वडा नम्बर न. १ र २ ले सङ्कलन गरेको सामाग्री पार्टीका जिल्ला सचिवालय सदस्य ओम नारायण खानलको हातबाट पालिका अध्यक्ष राई र समिती..

प्रधानमन्त्री ओली उपचारपछि शुक्रबार साँझ बालुवाटार फर्किए

  काठमाण्डाै ।  प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्किएका छन् । बिहीबार अचानक मुटुको समस्या देखिएपछि  अस्पताल भर्ना गरिएकाे थियाे । मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राति ११ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ओली २० घण्टाको अस्पताल बसाइपछि बालुवाटार फकिएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । प्रधानमन्त्री ओलीको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रो पटक मृगौला..

कोरोना भाईसबाट वच्न अखिल इलामको सचेतना अभियान

७ चैत्र, झापा । अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा जिल्लाका स्थानिय तह तथा विभिन्न बस्तीहरुमा कोरोना भाईरस सम्बन्धी सचेतनामुलक अभियान संञ्चालन गर्न सुरु गरिएको छ । अभियानमा कोरोना भाईरस सम्वन्धी सचेतना जगाउने पोष्टर तथा पम्प्लेट टास गर्ने जस्ता कार्यहरु भईरहेका छन् । आज इलाम नगरपालिकाको तिल्केनी, गोलाखर्क निगुरे, सिङफृङ, महाभिर, बाह्र बस्ती लगायतका बस्तीहरुका घरघरमा गएर कोरोना भाइरस बारे जनचेतना मुलक सामाग्री बितरण साथै जनचेतना जगाईएको अनेरास्ववियू जिल्ला कमिटी इलामका..

पौडेलको आरोप;  देउवाले नेता चोरे

२५ फाल्गुन, काठमाण्डौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस भित्र महाधिवेशन लक्षित विवाद र शक्ति संघर्ष चर्कदै जाँदा बरिष्ठ नेता रामचन्द्र पौडेलको राजनिती जटिल मोडमा पुगेको छ । उनि आगामी महाधिवेशनमा सभापतिको उम्मेद्धवार बन्ने योजनामा छन् । तर महाधिवेशनको जोडघटाउ नै सभापती शेरवहादुर देउवाले गरेको गुट विस्तार र आफ्नै पक्षका धेरै जना नेतामा देखिएको उम्मेद्धवारीको महत्वकांक्षा नेता पौडेलका लागि टाउको दुखाई बन्न पुगेको छ । सभापति देउवाले ४ बर्ष सम्म थाति..

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, उहाँ भन्नुहुन्छः “छिट्टै काममा फर्किन्छु”

२३ फाल्गुन । मृर्गौला प्रत्यारोपण पछि अस्पतालमा आराम(रेस्ट)मा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको बताईएको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग संवाद गरेको र संवादमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यमा सुधार आएको जनाउनुभएको भन्दै रिमालले सामाजिक संञ्जाल ट्वीटरमा ट्वीट गर्नुभएको छ । प्रधानमन्त्री ओलीले “साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।” भनेको बताउदै सल्लाहाकार रिमालले ट्वीट गर्नुभएको छ ।