अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सकारात्मक

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडीमात्र सरकारले जारी गरेको अध्यादेश फिर्ता लिने संकेत गर्नुभएको छ । आज बिहान नेताहरुसँग भेटवार्ता गर्नुहुदैँ उहाँले आफू अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बताउनुभएको हो । ‘अध्यादेशकै कारण समस्या हो भने फिर्ता लिन्छु । त्यसमा ढुक्क हुनुहोस्,’ ओलीले नेताहरुसँगको भेटमा भनेको उच्च स्रोतले जानकारी दिएको छ । आज बिहान अध्यक्ष ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता..

दल दर्ताका लागि जनता समाजवादी पार्टीको निवेदन, निर्वाचन कार्यलयमै ओलीको आलोचना

११ वैशाख, काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएर बनेको नयाँ पार्टी जनता समाजवादी पार्टी, नेपाल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिर्ता भएको छ । दुवै पार्टीका शीर्ष नेताहरु आयोगको कार्यालयमा पुगेर दल दर्ताको निवेदन दिएका हुन् । उनीहरुले दुई पार्टीबीचको एकता सहमतिपत्र समेत आयोगमा बुझाएको जनाईएको छ । दल दर्ताको निवेदन दिन शीर्ष नेताहरु शरदसिंह भण्डारी, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र नेताहरु डा...

समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएको भन्दै प्रधानमन्त्री माथि आरोप

११ वैशाख, काठमाण्डौँ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लागेको छ । सांसद यादवलाई अपहरण गरी मेरियट होटलमा राखिएको भन्दै डा. बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेले सामाजिक संञ्चालन ट्वीटर मार्फत जनाउनुभएको छ सहयोगी पाण्डेका अनुसार अपहरणपछि गएराति सांसद यादव मेरियट होटलबाट प्रधानमन्त्रीले बनाएको घेरा तोडेर निस्केन सफल भएका थिए । यादवलाई सुरक्षित स्थानमा राख्न आफू गएको भन्दै उहाँले समेत तस्बिर..

जनता समाजवादी पार्टी नेपाल दर्ताका लागि नेताहरु निर्वाचन आयोगमा

११ वैशाख, काठमाण्डौँ । मध्यराति एकता भएको जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ताका लागि नेताहरु पुगेका छन् । आज विहानै नेताहरु कार्यालयमा कार्यलय समय अगावै पुगेका हुन् । गएराति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच हतारमा एकताको निर्णय भएको थियो । एकतामा दुवै दलका नेताहरुले हस्ताक्षर गरेपनि केही असन्तुष्ट पक्षको भने हस्ताक्षर छैन । यसले अझै ती दलमा विवाद र फुटको आशंका कायमै छ । समाजवादी पार्टी फुटको अन्तिमचरणमा पुगेपछि..

समाजवादी पार्टी फुटको अन्तिम चरणमा, ८ सांसदको हस्ताक्षर तयार

१० वैशाख, काठमाण्डौँ । समाजवादी पार्टी विभाजनको अन्तिम चरणमा पुगेको छ । रेणु यादवको नेतत्वमा ८ सांसदले पार्टी फुटाउन लागेका हुन् । स्रोतका अनुसार पार्टी फुटाएर नयाँ दल दर्ता गर्न ८ सांसदको हस्ताक्षर तयार भइसकेको छ । हस्ताक्षर गर्ने सांसदहरुमा हाल पार्टीका उपाध्यक्ष समेत रहनुभएका रेणु यादवसहित विमलप्रसाद श्रीवास्तव, मोहम्मद इस्तियाक राइ, रुही नाज, कुलदेवी विश्वकर्मा लगायत रहेको स्रोतले जानकारी दिईएको छ । उनीहरु हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निर्वाचन..

प्रधानमन्त्री ओली विरुद्ध डा. बाबुराम भट्टराई आक्रोशितः पदमुक्त गर्नलाई अभियानको अपिल

१० बैशाख, काठमाण्डौँ । पछिल्लो समय ओली सरकारले ल्याएको दुई अध्यादेश प्रति लक्षित गर्दे समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केपि ओलीलाई प्रधानमन्त्री पदबाट पदमुक्त गर्नुपर्ने अभिव्यक्ति दिनुभएको छ । पछिल्लो समय सरकारले ल्याएका दुई अध्यादेशप्रति लक्षित गरेर प्रधानमन्त्री ओलीको कडा रुपमा विरोध गर्नुभएको हो । उहाँले वर्तमान प्रधानमन्त्री ओलीलाई तत्काल हटाउनुको विकल्प नभएको भन्दै यसको लागि अभियाननै सुरु गर्नुपर्नेपनि बताउनु भएको छ । आफ्नो आधिकारी ट्विटरमार्फत ट्विट..

भ्रमको पछाडि नलाग्न नेकपा इलामको आग्रह

१० बैशाख, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामले पार्टी नेतृत्व र निर्णयका विरुद्धमा फैलाइने भ्रमको पछाडि नलाग्न सिंगो कार्यकर्ता तथा मातहतका भातृ संगठनहरुलाई आग्रह गरेको छ । नेकपाको ७१औं स्थापना दिवस तथा लेनीन जयन्तीको अवसरमा शुभकामना सन्देश दिन जिल्ला कमिटी अध्यक्ष एवं १ नं. प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरद्वारा जारी प्रेस वक्तव्यमा पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बेलामा अनर्गल प्रचारको पछाडि..

नेकपाको आज ७१औँ स्थापना दिवस, पार्टी अध्यक्ष ओलीद्वारा शुभकामना वक्तव्य

१० बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको स्थापना दिवसको अवशरमा शुभकामना दिनुभएको छ । नेकपाको स्थापना दिवशसंगै लेनिन जयन्तीका अवसरमा उहाँले वक्तव्य जारी गर्नुहुँदै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताउनुभएको हो । उहाँले पार्टीको ७१ औँ स्थापना दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले..

सरकारले जारी गरेको दुई अध्यादेशप्रति काँग्रेसको आपत्ति

९ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले गरेको पछिल्ला निर्णय फिर्ता लिन माग गरेको छ । संकटको घडीमा कोरोनासँग लड्न सरकारलाई प्रतिपक्षी दलले समेत सम्पूर्ण सहयोग गरिरहेको अवस्थामा नियोजित ढंगले निर्णय गरिनु दुःखद भएको भन्दै काँग्रेसले आपत्ति जनाएको हो । मंगलबार(आज) विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले निर्णय लिन माग गरेको सह–महामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि..

समाजवादी पार्टी फुटको संघारमा, दुई मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव

९ बैशाख, काठमाडौं । हिजोमात्र बसेको मन्त्रित्रपरिषद् बैठकले दल विभाजन गरेर नयाँ दल दर्ता गर्र्न केन्द्रीय समिति र संसदीय समिति दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने कानुन संशोधन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय पछि मन्त्रिपरिषद्ले राष्ट्रपति सममक्ष सो अध्यादेश प्रमाणीकरणकालागि सिफारीस गरेको थियो । मन्त्रिपरिषद्को सिफारीसको आधारमा राष्ट्रपतीले हिजो नै सो अध्यादेश प्रमाणीकरण जारी गर्नुभएको छ । केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत मत पुगे दल..