प्रधानमन्त्री ओली विरुद्ध डा. बाबुराम भट्टराई आक्रोशितः पदमुक्त गर्नलाई अभियानको अपिल

१० बैशाख, काठमाण्डौँ । पछिल्लो समय ओली सरकारले ल्याएको दुई अध्यादेश प्रति लक्षित गर्दे समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केपि ओलीलाई प्रधानमन्त्री पदबाट पदमुक्त गर्नुपर्ने अभिव्यक्ति दिनुभएको छ । पछिल्लो समय सरकारले ल्याएका दुई अध्यादेशप्रति लक्षित गरेर प्रधानमन्त्री ओलीको कडा रुपमा विरोध गर्नुभएको हो । उहाँले वर्तमान प्रधानमन्त्री ओलीलाई तत्काल हटाउनुको विकल्प नभएको भन्दै यसको लागि अभियाननै सुरु गर्नुपर्नेपनि बताउनु भएको छ । आफ्नो आधिकारी ट्विटरमार्फत ट्विट..

भ्रमको पछाडि नलाग्न नेकपा इलामको आग्रह

१० बैशाख, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामले पार्टी नेतृत्व र निर्णयका विरुद्धमा फैलाइने भ्रमको पछाडि नलाग्न सिंगो कार्यकर्ता तथा मातहतका भातृ संगठनहरुलाई आग्रह गरेको छ । नेकपाको ७१औं स्थापना दिवस तथा लेनीन जयन्तीको अवसरमा शुभकामना सन्देश दिन जिल्ला कमिटी अध्यक्ष एवं १ नं. प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरद्वारा जारी प्रेस वक्तव्यमा पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बेलामा अनर्गल प्रचारको पछाडि..

नेकपाको आज ७१औँ स्थापना दिवस, पार्टी अध्यक्ष ओलीद्वारा शुभकामना वक्तव्य

१० बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको स्थापना दिवसको अवशरमा शुभकामना दिनुभएको छ । नेकपाको स्थापना दिवशसंगै लेनिन जयन्तीका अवसरमा उहाँले वक्तव्य जारी गर्नुहुँदै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताउनुभएको हो । उहाँले पार्टीको ७१ औँ स्थापना दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले..

सरकारले जारी गरेको दुई अध्यादेशप्रति काँग्रेसको आपत्ति

९ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले गरेको पछिल्ला निर्णय फिर्ता लिन माग गरेको छ । संकटको घडीमा कोरोनासँग लड्न सरकारलाई प्रतिपक्षी दलले समेत सम्पूर्ण सहयोग गरिरहेको अवस्थामा नियोजित ढंगले निर्णय गरिनु दुःखद भएको भन्दै काँग्रेसले आपत्ति जनाएको हो । मंगलबार(आज) विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले निर्णय लिन माग गरेको सह–महामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि..

समाजवादी पार्टी फुटको संघारमा, दुई मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव

९ बैशाख, काठमाडौं । हिजोमात्र बसेको मन्त्रित्रपरिषद् बैठकले दल विभाजन गरेर नयाँ दल दर्ता गर्र्न केन्द्रीय समिति र संसदीय समिति दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने कानुन संशोधन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय पछि मन्त्रिपरिषद्ले राष्ट्रपति सममक्ष सो अध्यादेश प्रमाणीकरणकालागि सिफारीस गरेको थियो । मन्त्रिपरिषद्को सिफारीसको आधारमा राष्ट्रपतीले हिजो नै सो अध्यादेश प्रमाणीकरण जारी गर्नुभएको छ । केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत मत पुगे दल..

नेकपाको सचिवालय बैठक सम्पन्न, पार्टी एकतालाई मजबुत र महामारी नियन्त्रणमा एकजुट हुने निश्कर्ष

८ बैशाख, काठमाडौं । आकस्मिक रुपमा बसेको नेकपाको सचिवालय बैठक सकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गर्नुभएको विषयमा नेकपाको सचिवालय बैठकमा छलफल भएको हो । आकस्मिक रुपमा बेलुका ६ बजेदेखि सुरु भएको बैठक केहीबेर अघिमात्र सकिएको छ । बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आज जारी भएका दुई वटा अध्यादेशका बारेमा विभिन्न कोणबाट गम्भीर रुपमा छलफल भएको बताउनुभयो । उहाँले बैठकमा नेताहरुले आ–आफ्नो..

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा दुईवटा अध्यादेश जारी

८ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकमा दुई वटा अध्यादेश संसोधन गर्ने सम्वन्धमा निर्णय भएको थियो । सोही निर्णयलाई प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले सोमबार (आज) नै अध्यादेश जारी गर्नुभएको हो । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको छ..

पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

८ बैशाख, काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय भएको बताईएको छ । संविधानको वर्तमान कानुनमा राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवै तर्फ ४० प्रतिशत मत पुर्याउनुपर्ने व्यवस्था रहेको छ । तर अव यस अध्यादेश कार्यन्वयनमा आएपछि केन्द्रीय समिति या संसदीय..

अनेरास्ववियूद्वारा विद्यार्थीहरूलाई खाद्यान्न वितरण

काठमाडौ‌ं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण जारी राखेको छ ।  काेराेना भाइरस कोभिड–१९ को राेकथाम तथा नियन्त्रणका लागि जोखिम हुन नदिन लकडाउनले गर्दा समस्यमा परेका विद्यार्थीहरूलाइ खाद्यान्न वितरण गरेकाे हाे । विद्यार्थीलाई १५ किलो चामल, दुई किलो दाल र एक लिटर खानेतेल वितरण गरिरहेको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिए । उनले लकडाउनका कारण घर जान नपाएका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अहिले खानाका..

दक्षिण कोरियाली संसदीय चुनावमा राष्ट्रपति मुनको पार्टी विजयी

४ बैशाख, काठमाडाै । कोरोना भाइरस(कोभिड–१९) को प्रकोपबीच दक्षिण कोरियामा सम्पन्न भएको संसदीय चुनावमा राष्ट्रपति मुन जाए इनको पार्टी विजयी भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा सत्तारुढ डेमोक्रेटिक पार्टीले ३ सयमध्ये १६३ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ। गठबन्धनमै रहेको अर्को प्ल्याटफर्म पार्टीले १७ सिट जित्ने र डेमोक्रेटिक पार्टीले १८० सिटसहित सरकार चलाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सत्तारुढ गठबन्धनमा रहेकाे अर्को पार्टी प्लेटफर्म पार्टीले १७ सिट..