राजनीति
जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यलयमा अनेरास्ववियू, युवासंघ र जसपा
१६ वैशाख, काठमाडौँ । सत्तारुढ दल नेकपाका युवा विद्यार्थी नेताहरु नवगठित जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध साइबर अपराध सम्बन्धी जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालय, काठमाडौं पुगेका छन् । यसअघि उनीहरु डा. भट्टराई लगायतका नेताविरुद्ध काठमाडौं प्रहरीसमक्ष जाहेरी दर्ता गर्न गएका थिए । डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले विद्युतीय माध्यमबाट आफ्ना नेताहरुको चरित्र हत्या गरेको भन्दै युवासंघ र अनेरास्ववियूका..
ओली र प्रचण्डबीच वालुवाटारमा छलफल सुरु
१६ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री एंवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ । पार्टीभित्र देखिएको गतिरोधबारे छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । दुई अध्यक्षबीच सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल हुने स्रोतले बताएको छ । केही दिन अघिमात्र २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए । प्रचण्डसहित सचिवायलयका सदस्यहरूसँग..
ओली सरकार जोगाउन चिनको बलियो समर्थन
१६ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्ति संघर्ष चरम उत्कर्षमा पुगेको बेला चिनिया राष्ट्रपति सी जिनपिङले ओली सरकारलाई जोगाउन चिनको बलियो समर्थन रहेको विश्वास व्यक्त गरेको उच्च स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजोमात्र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गर्नुभएको थियो । कुराकानीमा चिनियाँ राष्ट्रपतिसँग राष्ट्रपति भण्डारीले ओली सरकारमाथि देखिएको चुनौतीबारे छलफल गर्नुभएको स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले ओली सरकार जोगाउन चीनको साथ र सहयोगको..
प्रधानमन्त्री ओली पेलेरै जाने रणनीतिमा
१६ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री कपी शर्मा ओलीले सचिवालय बैठक नै डाकेनन् । आज बस्ने भनिएको बैठकमा विहान कुनैपनि सचिवालय सदस्यलाई बोलाइएन । यसलाई ओलीले बैठक टारेर जान खोजेको रुपमा उनी विरुद्धका खेमामा रहेका नेताहरुले बुझेका छन् । ओलीले बैठक टारेर थकाउने रणनीति लिइरहँदा विरोधी स्थायी समिति सदस्यहरुलाई पनि विस्तारै आफ्नो पक्षमा पार्न थालेका छन् । यसका लागि विश्वासपात्रहरुलाई सक्रिय बनाएका छन् । रक्षात्मक अवस्थामा रहेका ओली विस्तारै आक्रामक रणनीतिका..
खुमलटारमा अध्यक्ष प्रचण्ड र नेता खनाल विच एक्ला–एक्लै भेटवार्ता
१५ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न पछिल्लो विवादबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको छ । आज विहान मात्र प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाली विच वालुवाटारमा एक्ला एक्लै भेटवार्ता भएको थियो । त्यसको केही समय नवित्दै प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र नेता खनालबीच एक्ला एक्लै भेट बार्ता भएको हो । भेटमा स्थायी कमिटीको बैठक नबोलाइएको अवस्थामा के गर्ने..
प्रधानमन्त्रीमा ओलीको विकल्प छैनः हरिबोल गजुरेल
१५ वैशाख, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले एकाएक आफ्नो भनाई परिवर्तन गर्नुभएको छ । केही दिन अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा दिनुपर्ने बतादैँ आउनु भएका नेता गजुरेलले एका एक आफ्नो बोलि फेर्नुभएको हो । हिजो बेलुका पत्रकार ऋषि धमलासँग कुरा गर्दे उहाँले केपी शर्मा ओलीको विकल्प नरहेको भन्दै पाँच वर्ष नै ओली प्रधानमन्त्री बन्ने बताउनुभएको हो । उहाँका भन्नुहुन्छः “सरकारले अध्यादेश..
ओली र नेपाल पक्षधर नेताहरु विचको छलफल सम्पन्न, भोली सचिवालय बैठक बस्ने
१५ वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल पक्षधर नेताहरु छलफलमा जुटेका थिए । छलफल सकिएपछि संञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री ईश्वर पोख्रेरलले अनौपचारिक कुराकानी भएको तर कुनै निर्णय नभएको बताउनुभयो । पोखरेलले मंगलबार पार्टी सचिवालय बैठक बस्ने जानकारी दिनुभएको छ । नेपाल पक्षका नेता रघुजी पन्तले मन माझ्ने काम..
ओली र नेपालबीच करिव दुई घण्टा ‘वन टु वन’ भेटवार्ता
१५ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच झन्डै दुई घन्टा एक्लाएक्लै कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । दुई नेताबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन । तर दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मिलेर जान प्रस्ताव गरेका..
जसपाको जाहेरी लिन महानगरीय प्रहरी परिसर काठमाडौंद्धारा अस्वीकार, महोत्तरीमै दर्ता गर्न सुझाव
१४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । आज जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर किटानी जाहेरी दर्ता गर्न पुगेपनि प्रहरीले अस्वीकार गरेको हो । जसपा नेता डा. बाबुराम भट्टराईका अलावा अपहरित भनिएका सांसद डा. सुरेन्द्र यादव पनि सँगै पुगेका थिए । मधेशबाट निर्वाचित नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह..
समाजवादी र राजपाको दल दर्ता रोक्न माग गर्दै युवा संघको निर्वाचन आयोगमा उजुरी
१४ वैशाख, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघले नव–गठित जनता समाजवादी पार्टी (जसपा)नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । तत्कालिन युवा संघ नेपालका कोषाध्यक्ष समेत रहेका हाल युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन् । उनको निवेदनमा भनिएको छः “दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७