राजनीति
नेकपाको सचिवालय बैठक सुरु
२० वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक निर्धारीत समय भन्दा करिव डेढ घण्टा ढिला सुरु भएको हो । प्रधानमन्त्रीको व्यस्तता कारणले बैठक केही ढिला सुरु भएको बुझिएको छ । बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल हुनेछ । नेकपाभित्र केही समयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष..
नेकपा सचिवालयको बैठक एक घण्टा पछि सर्यो
२० वैशाख, काठमाण्डौँ । आज अपरान्ह ४ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पूर्वनिर्धारित समयभन्दा केही ढिला बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक ५ः३० बजे बस्ने जानकारी दिएका हुन् । प्रधानमन्त्रीको व्यस्तता बढेकोले सचिवालय बैठक केही पछि सारिएको हो । उक्त बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल हुनेछ । नेकपाभित्र..
वास्तविकता वुझ्न वामदेव गौतम वालुवाटारमा
२० वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद हल गर्नेगरि आज सचिवालयको निर्णायक बैठक बस्दैछ । अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने कि नमाग्ने भन्नेबारे र स्थायी कमिटीको बैठकको मिति तय गर्नपनि ठोस निर्णय लिने बुझिएको छ । गत बुधबारको सचिवालय बैठकमा नै प्रधानमन्त्री ओलीको राजीनामा मागिएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता..
नेपालमा चिनको सक्रियता बढ्योः चिनियाँ राजदूत यान्छी प्रचण्डसंगको भेटलगत्तै माधव नेपालसंग
१९ वैशाख, काठमाण्डौँ । जब जब नेपालमा सत्ता ढाल्ने र बनाउने खेल हुन्थ्यो तब भारतीय राजदूत र उच्च अधिकारीहरुको सक्रियता बढ्ने गर्दथ्यो । नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा भारतीय भूमिका प्रत्यक्ष अप्रत्यक्ष देखिएकै हो । २०४६ सालको जनआन्दोलनताका भारतका नेता चन्द्रशेखरलगायत गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा पुगेको इतिहास साक्षी छ । २०६२÷६३ को जनआन्दोलनताका भारतीय नेताहरु डा. करण सिंह र सीताराम यचुरीलगायतको छुट्टाछुट्टै ओहोरदोहोर भएकै हो । १२ बुँदे समझदारी दिल्लीमा..
सांसद सुरेन्द्र यादवद्वारा मानवअधिकार आयोगमा उजुरी
१८ वैशाख, काठमाडौँ । समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डाक्टर सुरेन्द्र यादवले नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुबिरुद्ध मानव अधिकार आयोगमा आज उजुरी दिएका छन् । आयोगमा उनको उजुरीको दर्ता नम्बर १७८० हो । आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले उजुरी दिएका हुन् । यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले..
नेकपा सचिवालयको बैठक निष्कर्षबिहीन, अर्को बैठक आउदो २० गते बस्ने
१७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाललगायतको आ–आफ्नै अडान कायम रहँदा बैठक निष्कर्षबिहीन बनेको हो । बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए ।..
नेकपाको राजनीतिमा नयाँ मोडः ओलीको पक्षमा पुर्वसभामुख महरा
१७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक शक्ति संघर्ष चरम अवस्थामा पुगेको वेला फेरी नयाँ मोड देखा परेका छ । पार्टी भित्रैबाट प्रधानमन्त्री केपि शर्मा ओलीलाई दुवै पदबाट विमुख गराउन मोर्चाबन्दी भईरहेको बेला प्रचण्डका विश्वास–पात्र मानिने पूर्वसभामुख कृष्णबहादुर महराले समेत ओलीलाई साथ दिने संकेत गरेका छन् । बालुवाटार स्रोतका अनुसार महरा ओलीको पक्षमा उभिएका छन् । महराले त्यसको छनक सचिवालय बैठक बस्नुपुर्व नै एक विज्ञप्ती निकालेर पार्टीलाई एकताबद्ध..
ओलीको राजनिक चालः प्रचण्ड निकटका सांसदलाई फकाउदैँ
१७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रतिनिधिसभामा १७४ सांसद संख्या छ । संसदीय दलमा कुनै एक नेता विशेषको स्पष्ट बहुमत छैन । सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसद रहेका छन् । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बढी संख्या छ । सांसद र स्थायी कमिटि सदस्य संख्याका हिसाबले माधवकुमार नेपाल तेस्रो नम्बरमा छन् । बामदेव गौतम चौंथो नम्बरमा छन् । त्यसपछि मात्र झलनाथ खनाल पक्षधर छन् ।..
आफु निकट सांसदहरुलाई ओलीको निर्देशनः जस्तोसुकै परिस्थिति सामनाका लागि तयार रहनू
१६ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामना लागि तयार रहन आफूनिकट सांसदहरूलाई निर्देशन दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका आफूनिकटका दुई दर्जन बढी सांसदसँग प्रधानमन्त्री ओलीले आफूलाई सरकार र पार्टीबाट हटाउने षड्यन्त्रसमेत भइरहेको बताएका थिए । ‘साथीहरू वार कि पारको अवस्थामा लाग्नुभएको छ । मलाई बर्खास्त गर्ने तयारीमा हुनुहुन्छ’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद विजय सुब्बाले भने, ‘साथीहरू तोडफोड विध्वंस जे पनि गर्ने..
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको छलफल सम्पन्न, ठोस सहमति हुन सकेन
१६ वैशाख, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद हल गर्ने उद्देश्यले भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सम्पन्न भएको छ । करिब दुई घण्टा लामो भेटवार्तामा ठोस सहमति केही पनि नभएको नेकपानिकट उच्च स्रोतले जनाएको छ । पछिल्लो विवाद समाधानको लागि अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताले..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७