राजनीति
लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्नेबारे भोलि मात्र निर्णय हुने
१३ वैशाख, काठमाण्डौँ । कोरोनाभाइरस संक्रमणको संम्भावित जोखिम न्यूनिकरणका लागि जारी गरिएको लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्नेबारे भोलिको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वालुवाटारमा उपप्रधान तथा रक्षा मन्त्रि ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक जारी छ । बैठकमा समितिको सुझाव अनुसार निर्णय लिन भोलिका लागि मन्त्रिपरिषदको बैठक बोलाईएको स्रोतले जनाएको छ । सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन..
सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपतिबाट खारेज
१२ वैशाख, काठमाण्डौँ । केही दिन अघिमात्र सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश खारेज गर्नुभएको हो । सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्काे प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने अध्यादेश ल्याइएको थियो । राष्ट्रपतिले..
सरकारको विरोधमा नेवि संघको विरोध प्रर्दशन
१२ वैशाख, झापा । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै आज देशभर विरोध प्रदर्शन गरेको छ । नेविसंघले ७७ जिल्लाकै प्रमुख स्थानमा प्रदर्शन गरेको जनाएको छ । संघका अध्यक्ष राजीव ढुंगानाका अनुसार अध्यादेशका बिरुद्ध दवाव सिर्जना गर्न सामाजिक दुरी कायम राख्दै स्वास्थ्य सावधानी तथा सचेतना अपनाउदै, भिडभाड नगरी बिहान ९ बजे सांङकेतिक प्रदर्शन गरिएको हो । यो संगै अध्यादेशको विरोधमा..
इस्तियाक र डा. सुरेन्द्रबीच मन्त्री पदको बिवाद नमिल्दा तुहियो समाजवादी फोर्ने योजना
१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको सम्भावित जोखिम न्यूनिकरणका लागि जारी गरिएको बन्दाबन्दीका बीच दुई अध्यादेश ल्याउनुभएको थियो । दुई मध्ये एक पार्टी विभाजन सम्वन्धी खुकुलो अध्यादेश जारी भए संगै नेपाली राजनितीमा नयाँ तरङ्ग उत्पन्न भयो । अध्यादेश जारी भएपछि मधेश केन्द्रित दलका केही अशन्तुष्ट पक्षहरुले पार्टी फुटाउन प्रयत्न गरे । मुख्य त समाजवादी पार्टीका केही अशन्तुष्ट पक्षलाई यो अध्यादेशले निकै सजिलो बनाईएको दिएको थियो ।..
आधारहिन कुरोले चरित्रमाथि प्रहार गरियोः सांसद महेश बस्नेत
११ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्ने आरोपको खण्डन गर्नुभएको छ । संञ्चारमाध्यम संग कुरा गर्दे उहाँले यादवसँग महोत्तरीमा भेट भएको र सँगै काठमाडौं आएको बताउनुभएको छ । उहाँले भन्नुभएको छः “हामी उहाँको घरमा गएर खाना खाएर सँगै आएका हौं । उहाँको श्रीमतीले अपहरण भन्नु भएको छैन ।” उहाँ अझै थप्नुहुन्छः “भिनाजु र पिएसओसँगै आएका छन् ।..
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सकारात्मक
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडीमात्र सरकारले जारी गरेको अध्यादेश फिर्ता लिने संकेत गर्नुभएको छ । आज बिहान नेताहरुसँग भेटवार्ता गर्नुहुदैँ उहाँले आफू अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बताउनुभएको हो । ‘अध्यादेशकै कारण समस्या हो भने फिर्ता लिन्छु । त्यसमा ढुक्क हुनुहोस्,’ ओलीले नेताहरुसँगको भेटमा भनेको उच्च स्रोतले जानकारी दिएको छ । आज बिहान अध्यक्ष ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता..
दल दर्ताका लागि जनता समाजवादी पार्टीको निवेदन, निर्वाचन कार्यलयमै ओलीको आलोचना
११ वैशाख, काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएर बनेको नयाँ पार्टी जनता समाजवादी पार्टी, नेपाल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिर्ता भएको छ । दुवै पार्टीका शीर्ष नेताहरु आयोगको कार्यालयमा पुगेर दल दर्ताको निवेदन दिएका हुन् । उनीहरुले दुई पार्टीबीचको एकता सहमतिपत्र समेत आयोगमा बुझाएको जनाईएको छ । दल दर्ताको निवेदन दिन शीर्ष नेताहरु शरदसिंह भण्डारी, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र नेताहरु डा...
समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएको भन्दै प्रधानमन्त्री माथि आरोप
११ वैशाख, काठमाण्डौँ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लागेको छ । सांसद यादवलाई अपहरण गरी मेरियट होटलमा राखिएको भन्दै डा. बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेले सामाजिक संञ्चालन ट्वीटर मार्फत जनाउनुभएको छ सहयोगी पाण्डेका अनुसार अपहरणपछि गएराति सांसद यादव मेरियट होटलबाट प्रधानमन्त्रीले बनाएको घेरा तोडेर निस्केन सफल भएका थिए । यादवलाई सुरक्षित स्थानमा राख्न आफू गएको भन्दै उहाँले समेत तस्बिर..
जनता समाजवादी पार्टी नेपाल दर्ताका लागि नेताहरु निर्वाचन आयोगमा
११ वैशाख, काठमाण्डौँ । मध्यराति एकता भएको जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ताका लागि नेताहरु पुगेका छन् । आज विहानै नेताहरु कार्यालयमा कार्यलय समय अगावै पुगेका हुन् । गएराति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच हतारमा एकताको निर्णय भएको थियो । एकतामा दुवै दलका नेताहरुले हस्ताक्षर गरेपनि केही असन्तुष्ट पक्षको भने हस्ताक्षर छैन । यसले अझै ती दलमा विवाद र फुटको आशंका कायमै छ । समाजवादी पार्टी फुटको अन्तिमचरणमा पुगेपछि..
समाजवादी पार्टी फुटको अन्तिम चरणमा, ८ सांसदको हस्ताक्षर तयार
१० वैशाख, काठमाण्डौँ । समाजवादी पार्टी विभाजनको अन्तिम चरणमा पुगेको छ । रेणु यादवको नेतत्वमा ८ सांसदले पार्टी फुटाउन लागेका हुन् । स्रोतका अनुसार पार्टी फुटाएर नयाँ दल दर्ता गर्न ८ सांसदको हस्ताक्षर तयार भइसकेको छ । हस्ताक्षर गर्ने सांसदहरुमा हाल पार्टीका उपाध्यक्ष समेत रहनुभएका रेणु यादवसहित विमलप्रसाद श्रीवास्तव, मोहम्मद इस्तियाक राइ, रुही नाज, कुलदेवी विश्वकर्मा लगायत रहेको स्रोतले जानकारी दिईएको छ । उनीहरु हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निर्वाचन..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७