राजनीति
कोरोना भाईरस संक्रमणबाट त्रसित नहुन मन्त्री खतिवडाको आग्रह
२३ फाल्गुन, काठमाण्डौँ । पछिल्लो समय सञ्चार तथा सुचना प्रविधिमन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएका अर्थ मन्त्रि डाक्टर युवराज खतिवडाले कोरोना भाईरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले त्रसित नहुन आग्रह गर्नुभएको छ । आज सिंहदरवारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयको निरिक्षण गर्दे उहाँले यस्तो बताउनुभएको हो । कोरोना संक्रमणको त्रासमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको तर सचेतना र सतर्कता अपनाउनु पर्ने भन्दै उहाँले प्रचार प्रसारमा लाग्न आग्रह पनि गर्नुभयो । साथै उहाँले रेडियो नेपालको..
सुखानी हत्याकाण्डको सम्झानामा झापामा स्मृती दिवस मनाईयो
२१ फाल्गुन । सत्तारूंढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले झापा र इलामको सिमास्थल सुखानी पुगेर सुखानी स्मृति दिवस मनाएको छ । वि.स. २०२९ साल फाल्गुन २१ गते झापाको चन्द्रगडीवाट इलाम जेल सार्ने नाममा सुखानीको जंगलमा लगेर तत्कालीन झापा विद्रोहका पाँचजना योद्धाहरुलाई हत्या गरेको दिनलाई सुखानी स्मृति दिवसको रुपमा मनाएको हो । आज विहान पाँच सहिदहरुलाई हत्या गरिएको स्थलमा निर्मित सहिद स्तम्भमा पुगेर महान सहिदहरुलाई सम्मान तथा..
नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कोरोना भाइरस संक्रमण त्रासका कारण स्थगित
२० फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले झापाको बिर्तामोडमा आयोजना गर्ने भनेको प्रदेश नं. १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । चिनबाट फैलिएको कोरोना भाइरस संक्रमणको खतराका कारण पार्टीले कार्यक्रम स्थगित गरेको बताईएको छ । प्रदेश नं. १ का नेकपा अध्यक्ष देवराज घिमिरेले सरकारको निर्णयअनुसार भेला तथा प्रशिक्षण हाललाई स्थगित गरिएको जानकारी दिनुभयो । सरकारले सभा सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आह्वान गरेकाले प्रदेश..
भैगोलिक र सांस्कृतिक रुपमा नै प्रदेश न. १ उत्कृष्ठः मन्त्री कुशियत
१६ फाल्गुन, दमक । प्रदेश १ का वन, उद्योग पर्यटन तथा वाताबवण मन्त्री जगदिश कुसियतले १ नम्बर प्रदेश धार्मिक, संस्कृति र प्रकृतिक हिसाबले देशकै उत्कृष्ट प्रदेश भएको बताउनुभएको छ । झापाको कमल गाँँउपालिका वडा न. ५ स्थीत आदिबासी रंगशालामा शुक्रबार प्रदेशस्तरिय साँस्कृतिक महोत्सव २०७६ लाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १ नम्बर प्रदेशमा संसारकै अग्लो हिमाल सगरमाथा देखि संसारककौ होचो भुभाग केचनाकवल समेत रहेको र भौगोलिक संरचना..
स्ववियु निर्वाचन अनिश्चित, कमजोरी कस्को ?
७ फागुन । फागुन महिनाभित्र हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित कालका लागि सरेको छ । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा गर्ने सो निर्वाचन त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै अनिश्चित कालका लागि सारिएको हो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरका अनुसार नयाँ सूचना सार्वजनिक नहुँदासम्मका लागि अनिश्चित कालका लागि चुनाव स्थगित भएको हो । यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव..
अनेरास्ववियू र नेवि संघका कार्यकर्ता बीच झडप
फाईल तस्विर ५ फाल्गुन, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघका कार्यकर्ता बीच अपसमा झडप भएको छ । दुई संगठन विच एक–आपसमा विहान भएको झडपमा अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने र नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का लगायत घाइते भएको बताईएको छ ।
पूर्व सभामुख महराले पाए सफाई
५ फाल्गुन काठमाण्डौ । जवरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा परेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट आज भएको फैसलामा महराले सफाइ पाएका हुन् । महराको मुद्धामा हिजो नै फैसला हुने भनिएपनि समय अपुग भएको भन्दै हेर्दाहेर्दैको अवस्थामा राखिएको थियो । हेर्दाहेर्दैको अवस्थामा राखिएको मुद्दाको आज गरिएको फैसला महराको पक्षमा आएको हो । संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा..
विकाशको गति देखेर प्रतिपक्षी आत्तियोः प्रधानमन्त्री ओली
४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही व्यक्ति भोकै बस्नु नपर्ने बताउनुभएको छ । गृह जिल्ला झापाको दमकमा आयोजित दमक चिसापानी रवि सडक शिलन्यास समारोहमा बोल्दै उहाँले वर्तमान सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै बस्नु नपर्ने बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रि ओलीले गरिवी विवारणका लागि जनता आवास कार्यक्रम अन्तरर्गत देशभर ८ हजार घर बनाइएको, युवा विद्यार्थीहरुका लागि..
प्रधानमन्त्रि ओली भोली फागुन ४ गते गृह नगर दमक आउदै, केके छन् त कार्यक्रम ?
३ फाल्गुन, झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्रि केपि शर्मा ओली भोली फाल्गुन ४ गते आफ्नो गृह जिल्ला झापाको दमक आउनुहुने भएको छ । दमकमा निर्माण सम्पन्न भएका योजना तथा निर्माण हुन लागेका योजनाहरुको उद्घाटन तथा शिलान्यासका लागि प्रधानमन्त्रि ओली गृह नगर आउन लागेको उहाँको सचिवालय सदस्य होम थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रि ओली भद्रपुर हुँदै दमक आउने र एकै दिनमा दमकका विभिन्न चारवटा कार्यक्रममा..
इलाममा पनि मनाईयो २५ औं जनयुद्ध दिवस
१ माघ, इलाम । नेपालमा भकाएको १० बर्षे जनयुद्धको सम्झनामा आज २५ औं जनयुद्ध दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ का रुपमा मनाइदैँ आएको थियो । तर नेपालमा नेकपा एमाले र नेकपा माओवादीको एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टीले उक्त दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय गरेपछि आज देशभर विभिन्न कार्यक्रम गरि दिवश मनाईएको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७