प्रधानमन्त्रीमा ओलीको विकल्प छैनः हरिबोल गजुरेल

प्रधानमन्त्रीमा ओलीको विकल्प छैनः हरिबोल गजुरेल

१५ वैशाख, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले एकाएक आफ्नो भनाई परिवर्तन गर्नुभएको छ । केही दिन अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा दिनुपर्ने बतादैँ आउनु भएका नेता गजुरेलले एका एक आफ्नो बोलि फेर्नुभएको हो ।

हिजो बेलुका पत्रकार ऋषि धमलासँग कुरा गर्दे उहाँले केपी शर्मा ओलीको विकल्प नरहेको भन्दै पाँच वर्ष नै ओली प्रधानमन्त्री बन्ने बताउनुभएको हो ।

उहाँका भन्नुहुन्छः “सरकारले अध्यादेश ल्याउनेबित्तिकै मैले कडा रुपमा कुरा राखे । ती कुरा सार्वजनिक भैसकेका छन् । अब दोहोर्याउनु उचित होईन् । तर, हामीले स्थायी कमिटीको बैठक बोलायौं, त्यसपछि मैले त्यसरी कुरा राखेको छैन् । बैठकको माग गर्नुअघि मैले पार्टी फुट्छ भन्ने चिन्ताले कडा कुरा राखेको हो । तर, बैठकको माग भएपछि त्यस्तो कुरा मैले गरेको छैन ।”

उहाँका अनुसार आफूहरुले अध्यादेश फिर्ता लिनुपर्छ भनेर माग गरेपछि प्रधानमन्त्री ओलीले पनि सोही निर्णय गरेकोले पाँचै बर्ष उहाँ प्रधानमन्त्री बन्नु हुने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर