ओली र प्रचण्डबीच वालुवाटारमा छलफल सुरु

ओली र प्रचण्डबीच वालुवाटारमा छलफल सुरु

१६ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री एंवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ । पार्टीभित्र देखिएको गतिरोधबारे छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् ।

दुई अध्यक्षबीच सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल हुने स्रोतले बताएको छ ।

केही दिन अघिमात्र २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए ।

प्रचण्डसहित सचिवायलयका सदस्यहरूसँग छुट्टाछुट्टै भएको भेटमा प्रधानमन्त्री ओलीले तत्काल सचिवालय बैठक बोलाउन जरूरी नरहेको बताएका थिए ।

यसअघि ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए । नेकपाभित्र पछिल्लो समय शक्ति संघर्ष सुरु भएको छ ।

बालुवाटार छिर्नुअघि अध्यक्ष दाहालले पूर्व माओवादी केन्द्रका नेताहरुसँग छुट्टै छलफल गरेका थिए ।

पार्टीभित्र अध्यक्ष ओलीविरुद्ध जनमत बलियो बनेको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भनेर माधव नेपाल समूहले आवाज उठाईरहेको बेला दुई नेताबीच छलफल सुरु भएको छ । तर, दाहालले तत्काल सचिवालय बैठक बोलाउन, त्यसलगत्तै स्थायी कमिटी बोलाउन माग गर्ने पूर्ववत अडान भने कायम राख्ने स्रोतले बताएको छ ।

यसअघि आज सचिवालय बैठक बस्ने भनिए पनि बैठकको समय अझै टुंगो लागिसकेको छैन ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच गत शुक्रबार भेट भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर