नेकपाको राजनीतिमा नयाँ मोडः ओलीको पक्षमा पुर्वसभामुख महरा

नेकपाको राजनीतिमा नयाँ मोडः ओलीको पक्षमा पुर्वसभामुख महरा

१७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक शक्ति संघर्ष चरम अवस्थामा पुगेको वेला फेरी नयाँ मोड देखा परेका छ । पार्टी भित्रैबाट प्रधानमन्त्री केपि शर्मा ओलीलाई दुवै पदबाट विमुख गराउन मोर्चाबन्दी भईरहेको बेला प्रचण्डका विश्वास–पात्र मानिने पूर्वसभामुख कृष्णबहादुर महराले समेत ओलीलाई साथ दिने संकेत गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार महरा ओलीको पक्षमा उभिएका छन् । महराले त्यसको छनक सचिवालय बैठक बस्नुपुर्व नै एक विज्ञप्ती निकालेर पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताएका छन् । महराले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि असर गरिरहेकाले नेताहरु भाइरसविरुद्ध लड्न एकजुट हुनुपर्नेमा विभाजनमा जानु दुःखद् भएको बताएका छन् ।

यता नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समुहले ओलीलाई पदच्युत गर्न मोर्चावन्दी गर्दे गरेको छनक पाएका ओली पक्षका सांसदहरु संसदीय दलमा ओलीको पक्षमा बहुमत जुटाउनेगरि कस्सिएका छन् । सांसद महेश बस्नेतले प्रधानमन्त्री ओलीको पक्षमा आजै एक सय जना सांसद उभिने जानकारी दिए ।

‘अहिले नै मन्त्रीबाहेक ६२ जना सांसद भेला भैसकेका छौं । हामीले हस्ताक्षर चाहीँ गरेका छैनौं । तर, सचिवालय बैठकमा हस्ताक्षरसहित प्रस्तुत हुन आफूहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छौँ ।’ ओलीका विश्वास पात्र मानिने सांसद बस्नेतले गृह खबरलाई बताए ।

निकै रोचक रुपमा अहिले पूर्व माओवादी केन्द्रका सांसदहरुले समेत भटाभट ओलीलाई साथ दिने घोषणा गर्न सुरु गरेका छन् । यसअघि लेखराज भट्टले आफू ओलीको पक्षमा उभिएको भन्दै स्पष्ट सन्देश दिईसकेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर