राजनीति

दुई छिमेकी मुलुक संग नेपालको सम्वन्धः सिमा विवादबारे भारत संग वार्ता कहिले होला ?
८ जेष्ठ, काठमाण्डौँ । ‘सरकार जानै लागेको थियो फलानो देशको राजदुतले अड्याइदियो भन्ने सुनेको छु,’ प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा बोल्दा यसो भन्नुभयो । उहाँले यस्तो बचनहरुलाई निम्सराको संङ्घा दिनुभयो । उहाँले थप्नुभयो, ‘यो सरकार जनताले बनाएको हो ।’ नेपाल कम्युनिस्ट पार्टी भित्र सरकार ढाल्ने खेलहरु भइरहँदा १८ र १९ जेठमा चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक दौडले ओली सरकार जोगाउन सक्रियता देखाएको चर्चा चलेको थियो । पहिलोपटक चिनियाँ राजदुतको..

अखिल इलामको गतिविधी एकलौटी भएको भन्दै सह–संयोजक पोख्रेलको आपत्ती
७ जेष्ठ, इलाम । अनेरास्ववियू इलामका केही नेताहरु मिलेर एकलौटी ढंगले संगठनको गतिविधी संञ्चालन गरेको भन्दै अनेरास्ववियू इलामका सह–संयोजक विपिन पोख्रेलले आपत्ती जनाउनुभएको छ । जिल्ला संयोजक र केन्द्रिय सदस्य आपसमा मिलेर आफूलाई कुनै जानकारी नै नगरी संगठनको गतिविधी एकलौटी ढंगले गरेको भन्दै सह–संयोजक पोख्रेलले सामाजिक संञ्जाल मार्फल आपत्ती जनाउनुभएको हो । अनेरास्ववियू इलामका संयोजक प्रवेश पराजुली, अनेरास्ववियूका केन्द्रिय सदस्य रविन्द्र सुवेदी लगायत केही विद्यार्थी नेताहरुको उपस्थितीमा अनेरास्ववियू इलामको नाममा..

नरेन्द्र मोदीलाई अनेरास्ववियू इलामको रगतले लेखेको–पत्र
७ जेष्ठ, इलाम । अनेरास्ववियू इलामले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखेको ज्ञापन–पत्र इमेल मार्फत पठाएको छ । अनरोस्ववियू इलाममा आवद्ध विद्यार्थीको आफ्नै रगतले लेखिएको ज्ञापन–पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतिय राजदुतावास लगायत कुटनितीक नियगमा इमेल मार्फत पठाईएको हो । संगठनमा आवद्ध विद्यार्थीको रगतले लेखिएको पत्रमा लिपुलेक, लिम्पियाधुरा, सुस्ता, महेशपुर, सन्दकपुर, पशुपतिनगर लगायतका भूभागमा भारतले अतिक्रमण गरेकोमा आपत्ति जनाईएको छ । अतिक्रमित नेपालको भूभाग फिर्ता गर्न दवाव स्वरुप रगतले लेखिएको..

राष्ट्रियसभाबाट दुई विधेयक पारित
७ जेष्ठ, काठमाण्डौँ । राष्ट्रियसभाको आजको बैठकले दुईवटा विधेयक पारित गरेको छ । त्यस्तै एक प्रस्तावलाई स्विकृती प्रदान गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले प्रस्तुत गर्नुभएको “नेपाल बिशेष सेवा विधेयक, २०७६ ” लाई बहुमतले पारित गरेको छ । यस्तै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट..

बेपत्ता परिवारको अभिभावक बन्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण
७ जेष्ठ, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका क्रममाः बेपत्ता भएकाहरूको सन्ततिलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ । बेपत्ता योद्धाहरूको स्मृतिमा आज विज्ञप्ति निकालेका प्रचण्डले बेपत्ताका परिवारको अभिभावकत्व र तिनका सन्ततिको शिक्षादीक्षा र भविष्य निर्माणमा सरकारले सहयोग गर्ने नीति, योजना र कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभएको छ । ‘बेपत्ताका सन्ततिलाई सहयोग गर्न उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न हाम्रो पार्टी नेतृत्वको वर्तमान..

नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको हो, कसैको देवत्वकरण नगरौंः वामदेव गौतम
७ जेष्ठ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयाँ नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको टिप्पणी गर्नुभएको छ । आज बिहान विज्ञप्ति जारी गरी उनले नक्सा सार्वजनिक हुनु पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार भएको बताउनुभएको छ । ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन..

पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिकृया-“प्रधानमन्त्रीले देशलाई बर्बादीमा लैजाने बुझियो !”
६ जेष्ठ, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा अल्पज्ञान, अहंकार र भयंकरको ककटेल देखिएको बताउनुभएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको जवाफ सुनेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिनुभएको हो । प्रधानमन्त्रीमा कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको भट्टराईले बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले लेख्नुभएको छ, –“प्रम २पउकजबचmबयष् िको ३ घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन..

लिम्पियाधुरासहितको नयाँ नक्सा जारीसँगै संविधान संशोधन र कूटनीतिक पहल गर्छाैंः मन्त्री अर्याल
६ जेष्ठ, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले लिम्पियाधुरासम्म समेटिएको नेपालको नक्सा छिट्टै जारी हुने बताउनुभएको छ । आज संञचारकर्मी संग कुराकानी गर्दै मन्त्री अर्यालले मन्त्रालयले नक्सा तयार पारिसकेकाले उचित समय मिलाएर सार्वजनिक हुने बताउनुभयो । ‘लिम्पयाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अध्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नक्सा सार्वजनिक गर्ने तयारीमा छौ,’ मन्त्री अर्यालले भन्नुभयो, ‘नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रही सामाजिक सञ्जालमा त्रुटीपूर्ण नक्सा..

भारतलाई प्रम ओलीको प्रश्न– सिंहमेव जयते कि सत्यमेव जयते ?
६ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई ‘सिंहमेव जयते’ कि ‘सत्यमेव जयते’ भनेर प्रश्न गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको आज जवाफ दिदैँ प्रधानमन्त्री ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता लिइने दृढता प्रकट गर्नुका साथै आफूले भारतलाई उक्त प्रश्न गर्ने जानकारी गराउनुभयो । उहाँले भारतको प्रतीक चिह्न चारमुखे सिंहमा ‘सत्यमेव जयते’ लेखिएकाले भारतले ‘सिहंमेव जयते’ को व्यवहार नगर्ने विश्वास नेपाल र नेपालीको रहेको बताउनुभएको..

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
६ जेष्ठ, काठमाण्डौँ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । नीति तथा कार्यक्रममाथि कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल,..