२८ जेष्ठ, कठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल(जसपा)की सांसद सरिता गिरीले संविधान संसोधन विधेयक दर्ता खारेजीको माग गर्दे संसोधन दर्ता गराएपछि पार्टीले सो निर्णय फिर्ता लिन निर्देशन दिएको छ । लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै उनले आज संशोधन दर्ता गराए पछि जसपा नेपालले सो निर्देशन जारी गरेको हो ।
पार्टी एकीकरण प्रकृया सम्पन्न भईनसकेको हुनाले सांसद् गिरीलाई तत्कालिन समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको छ ।
सांसद गिरीले विधेयक दर्ता गराएसँगै चौतर्फी आलोचना भईरहेको छ ।
उनले नेपालको संविधानको दोस्रो संशोधनमा संसदीय दलका निर्देशन विना नै संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको बताईएको छ । संशोधन फिर्ता नलिए पार्टी कारवाही गर्न बाध्य हुने पत्रमा लेखिएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताउनुभयो ।