नेपालको संविधान (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

४ आश्विन, काठमाण्डौँ । राष्ट्रियसभाको आजको बैठकले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई सर्वसम्मतीले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा प्राप्त “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रियसभामा उपस्थित ५७ जना सांसदहरुले प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उपस्थित ५७ जना सांसदहरुले प्रस्तावको पक्षमा मतदान गर्नुभएको जानकारी गराउँदै संविधान संशोधन सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो..

प्रधानमन्त्रीलाई काँग्रेसको १३ बुँदे ज्ञापनपत्रः कोरोना रोकथाममा गम्भीर बन्न आग्रह

२ आश्विन, काठमाण्डौँ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीर भएर प्रभावकारी काम गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको संसदीय दलका प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । सरकारले पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि नगरेको कांग्रेसले बताउँदै आएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले प्रधानमन्त्रीलाई भेटेर..

ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति खारेज गर्ने सरकारको निर्णय

१ आश्विन, काठमाण्डौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति सरकारले खारेज गरिदिएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरिदिएको हो । स्रोतका अनुसार समितिले गर्दै आएका कामहरुको जिम्मेवारी अव कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई दिने निर्णय भएको छ । त्यसो त गत फाल्गुन तेस्रो साता उपप्रधामन्त्री पोखरेलको नेतृत्वमा बनेको समितिले गरेका निर्णयहरु..

जति लड्ने हो यो पुस्ता लड्छ मुलुक बन्छ– प्रधानमन्त्री ओली

१ आश्विन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताएका छन् । सुशासन र स्वच्छता कायम गर्ने भन्दै उहाँले ढुक्क रहन आग्रह समेत गर्नुभएको छ । आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ? आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो..

पार्टीको ह्वीप समेत नमान्ने सांसद गिरीलाई साधारण सदस्य समेत नरहनेगरी कावाही गरिने

१ आश्विन, काठमाण्डौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नेपालको नयाँ नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको उच्च स्रोतले बतायो । स्रोतका अनुसार सांसद गिरीले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेको र पार्टीले त्यो फिर्ता लिन ह्वीप जारी गर्दा पनि उनले नमाने पछि उनलाई स्वतः कारवाहीमा हुने छ । अहिले पार्टी अधयक्ष..

पर्वतको कुश्मामा पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

३१ जेष्ठ, काठमाण्डौँ । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा हिजो साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । हिजो साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि झरेको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । आज बिहान थप दुई जना दीपा थापा र..

एमसिसीबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै

३१ जेष्ठ, काठमाण्डौँ । आज एमसिसीबारे छलफल नेकपा सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज अपरान्ह ४ बजे बैठक बस्ने तय भएको नेकपाका एक नेताले बताए । आजको बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ । नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहनुभएको छ । कार्यदलले एमसिसी..

ऐतिहासिक निर्णयः संविधान (दोस्रो संशोधन) विधेयक संसदबाट सर्वसम्मतले पारित

३१ जेष्ठ, काठमाण्डौँ । मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतले पारित भएको हो । प्रतिनिधिसभा बैठकमा २५८ सांसद उपस्थित थिए । उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात हुन्छ..

जसपाको ह्वीप सरिता गिरीले मानिनन्, कारवाही होला त ?

३१ जेष्ठ, काठमाण्डौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसद सचिवालयमा पेश गरेको संशोधन फिर्ता नलिने अडान पार्टी संसदीय दलको बैठकमा लिएको पाइएको छ । आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले संशोधन फिर्ता लिन आग्रह गरेपछि उनले फिर्ता नलिने अडान दोहोर्याएको सांसद प्रदीप यादवले बताउनुभयो । स्रोतका अनुसार संविधानको अनुसूची ३ को बारेमा संसदमा छलफल भयो भने मात्र फिर्ता लिने नत्र नलिने उनले..

संविधान संसोधन विधेयकको पक्षमा मतदान गर्ने समाजवादी पार्टीको धारणा

३१ जेष्ठ, काठमाण्डौँ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताउनुभएको छ । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताउनुभयो । सुगौली सन्धीले महाकाली पश्चिमको भूमि भारतको भनेपनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धीमा उल्लेख भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाल इष्ट इण्डीया..