राजनीति

संविधान संशोधन विधेयक आज संसद्मा पेस हुने
१८ जेष्ठ, काठमाण्डौँ । संविधानमा नेपालको नयाँ नक्सासहितको निशान छाप समावेश गर्ने गरि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव आज संसद्मा पेस हुने भएको छ । संसद सचिवालयले आइतबारको सम्भावित कार्यसूचीमा संशोधन विधेयक पनि राखेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गर्ने कार्यसूची छ । यसअघि गत बुधबारको कार्यसूचीमा परे पनि सो प्रस्ताव हटेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिजो केन्द्रीय समिति बैठकबाट..

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न, संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने
१७ जेष्ठ, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँले उक्त निर्णय सामाजिक..

बजेटमा एमसीसी समावेश गरिएपछि नेकपामा विवाद सुरु
१७ जेष्ठ, काठमाण्डौँ । सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) घुसाइएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बढेको छ । ९ सदस्सीय नेकपाभित्र बहुमत सदस्य एमसीसीको विपक्षमा रहेका छन् । पार्टीभित्रै विवादित बनेको एमसीसीबारे कुनै छलफल नगरी बजेटमा समावेश गरेको भन्दै एमसीसीको विपक्षमा रहेका सचिवालय सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । एमसीसी मुलुकको हितमा नरहेको र कुनैपनि बाहनामा त्यसलाई..

संसद सचिवालयमा दर्ता भएन महन्थ ठाकुरको संविधान संशोधन विधेयक
१६ जेष्ठ, काठमाण्डौँ । संघीय संसद सचिवालयले जनता समाजवादी पार्टी, नेपालको संविधान संशोधनसम्बन्धी छुट्टै प्रस्ताव दर्ता गर्न अस्विकार गरेको छ । संसद महासचिव डा. भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेर मात्रै प्रस्ताव दर्ता गर्ने वा नगर्ने भन्नेबारे निश्कर्षमा पुग्ने भएकोले आज दर्ता गर्न असमर्र्थ रहको जनाएका थिए । महासचिव गौतमले आफूहरुलाई आउने आईतबार बोलाएका जसपाका नेता केशब झाले जानकारी दिनुभयो । संविधान संशोधनसम्बन्धी छुट्टै प्रस्ताव लिएर जसपाका नेताहरु आज..

अखिल इलामका संयोजक पराजुली र केन्द्रिय सदस्य सुवेदीलाई कारवाहीको माग, ५४ नेताले पठाए केन्द्रलाई चिठी
१६ जेष्ठ, इलाम । अनेरास्ववियू इलाम जिल्ला कमिटीका संयोजक प्रवेश पराजुली र केन्द्रिय सदस्य रविन्द्र सुवेदीलाई कारवाहीको माग सहित इतर समुहका अनेरास्ववियू इलामका नेताहरुले केन्द्रिय कमिटीलाई पत्र पठाएको छ । अनेरास्ववियूका केन्द्रिय सदस्य शन्धिभक्त शंकर, केन्द्रिय निर्वाचन आयोग सदस्य ईश्वरी तामाङ, जिल्ला सह–संयोजक विपिन पोख्रेल लगायत जिल्लाका ५४ जना अशन्तुष्ट विद्यार्थी नेताहरुले पत्र मार्फत कारवाहीको माग गरेका छन् । पत्रमा संयोजक पराजुली र केन्द्रिय सदस्य सुवेदीले संगठनको विधान विपरीत एकतामा..

बजेटले रोग र भोकको समस्यालाई सम्बोधन गरेको छः माधव नेपाल
१६ जेष्ठ, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधान्मन्त्री माधवकुमार नेपालले यस वर्षको बजेटले अहिलेको आवश्यकतालाई बोध गरेको बताउनुभएको छ । उहाँले कोरोना फैलिएको बेलामा यो बजेटले रोग र भोकसँग कसरी सामना गर्ने कुरालाई सम्बोधन गरेको प्रतिक्रिया दिनुभएको छ । ‘जनताको व्यवस्थापन गर्ने र रोजगारीको कुरा, कृषि क्षेत्रालाई प्रोत्साहन गर्ने कुरा, उद्योगधन्दा, सेवा क्षेत्रका व्यवसाय र ऋणमा परेकाहरूलाई के कति सहुलियत दिन सकिन्छ भन्ने..

संविधान संशोधन प्रस्तावमा कसरी लाग्यो अचानक ‘ब्रेक’ ? काँग्रेस संविधान संशोधनको पक्षमा छ ?
१५ जेष्ठ, काठमाण्डौँ । सरकारले बुधबार(हिजो) संसदमा संविधान संशोधन प्रस्ताव पेश नगरेका कारण विभिन्न आशंका उत्पन्न भएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितका भूभागलाई समेटेर सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा समेट्न संविधान संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको हो । यसका लागि सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराइसकेको छ । उक्त प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यसूची हिजो नराखिएका कारण सामाजिक सञ्जालदेखि मिडियामा समेत अनेक आशंकाका पाटो केलाउन थालियो..

अर्थमन्त्री खतिवडाद्धारा आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत हुदैँ (लाईभ हेर्नुहोस्)
१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा सदनमा आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत भईरहेको छ । लाईभ हेर्नुहोस्ः https://www.youtube.com/watch?v=2VOLcuBE34c

नक्शा पारित गर्न मधेश केन्द्रित नेताहरुको शर्तसहित अड्को, जसपा फुटको अन्तिम चरणमा
१५ जेष्ठ, काठमाण्डौँ । देशको नयाँ नक्शा संसदमा दर्ता भइसकेपनि छलफलका लागि पेश गर्नुपर्नेमा हिजो स्थगित भयो । स्थगित प्रति विभिन्न शंका आशंका भएका छन् । जसमध्ये देशको नक्शा जस्तो विषयमा सर्वसम्मत बनाउने पहल र नेपाली काँग्रेसले संस्थागत निर्णय लिन समय मागेको विषय बाहिर आएका छन् । सबैभन्दा गम्भीर विषय जनता समाजवादी पार्टीले उठाएको संविधान संशोधनका लागि शर्त रहेको छ । उसले देशको नक्शाका लागि मात्र नभई नागरिकका लागि पनि..

कांग्रेसले शनिबारका लागि बोलायो केन्द्रीय कार्यसमितिको बैठक
१५ जेष्ठ, काठमाण्डौँ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । ‘बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ’ उहाँले भन्नुभएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक संसद..