२८ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकारलाई शक्ति केन्द्रित गर्ने कुनै ख्वाब नभएको स्पष्ट पार्नुभएको छ । आज संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले भने,‘अहिलेको सरकारलाई शक्तिकेन्द्रित गर्ने कुनै ख्वाब छैन् । शक्ति कायम राख्ने यसको उद्देश्य होईन् । यसको उद्देश्य त बरु विभिन्न निकायको, अंगहरुको प्रभावकारिताको अभिवृद्धि हो । ती निकायहरुको प्रभावकारि परिचालनको विषय हो । त्यसबाट देशमा सुशासन र विकासलाई तिव्र गतिले अघि लान सकियोस् । नेपालका समस्या समाधान गर्न सकियोस । जनताका आकांक्षा पूरा गर्न सकियोस् । जुन निकायहरु प्रधानमन्त्री कार्यालय मातहत रहेका छन्, तीनका काम प्रभावकारी ढंगले अघि बढेका छन् । जुन पहिल्यै थिए । र, अहिले प्रधानमन्त्री कार्यालय मातहत ल्याईएकाको प्रभावकारिता बढेका छन् ।’
यस्तै प्रधानमन्त्री ओलीले नेपालमा कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन नभएको पनि बताउनुभएको छ ।
कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण पाइएको पनि उल्लेख गर्नुभयो ।
उहाँले ८५ प्रतिशत नेपाली भारतबाट आएकामा कोरोना संक्रमण देखिएको बताउनुभयो ।
नेपालमा ४ हजार ८५ जनामा कोरोना देखिएको बताउँदै उहाँले ५ सय जना निको भएर घर फर्किएको पनि बताउनुभयो । नेपालमा निको भएर घर फर्कनेको संख्या राम्रो रहेको उनले उल्लेख गर्नुभयो ।
यस्तै विदेशका विभिन्न मुलुकमा रहेका १४ हजार ४ सय जना नेपालमा कोरोना संक्रमण भएको र १३ मुलुकमा १ सय २७ नेपालीको मृत्यु भएको पनि प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।
अहिले दैनिक ५ हजार परीक्षण भइरहेको बताउँदै स्वाव निकालेर परीक्षण गर्नुपर्ने संख्या ठूलो रहेकाले पीसीआर मेसिन, किटहरु विभिन्न देशबाट ल्याउन सरकारले पहल गरिरहेको बताउनुभयो ।