असार १ देखि सिकाइमा निरन्तरता दिइन्छः शिक्षामन्त्री पोखरेल

असार १ देखि सिकाइमा निरन्तरता दिइन्छः शिक्षामन्त्री पोखरेल

२७ जेष्ठ, काठमाण्डौँ । कोरोनाभाइरसका कारण स्थगित परीक्षाहरुबारे अब धेरै दिन अन्यौलता नरहने भएको छ ।

शिक्षामन्त्री गिरीराजमणी पोखरेलले स्थगित परीक्षबारे अब धेरै दिन अन्यौलन नरहने जानकारी दिनुभएको हो । मन्त्री पोखरेलले आज संसदमा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिँदै कक्षा १० देखि विभिन्न तहका स्थगित परीक्षाबारे मन्त्रालयले चाँडै योजना सार्वजनिक गर्ने बताउनुभएको हो ।

‘महामारीका कारण अवरुद्ध भएको कक्षा १०,११ र १२ तथा विश्वविद्यालयका विभिन्न परीक्षा र सीटीईभिटीका परीक्षाका सम्बन्धमा भएको अन्योलतालाई सरकारले तत्काल स्पस्ट पार्नेछ’, मन्त्री पोखरेलको भनाइ छ ।
उहाँले विद्यालय, स्नातक र स्नाकोत्तर सवै तहका अन्तिम परीक्षहरु केही समय कुरेर भएपनि उपयुक्त समयमा सञ्चालन गरिने जनाउनुभयो ।

यस्तै मन्त्री पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताउनुभएको छ । उहाँले मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको सुझावका आधारमा कोरोनाको प्रभावपछि शिक्षामा चालिनुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका लागि सुझाव लिई कार्यान्वयन शुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले प्राप्त सुझावबमोजिम सिकाइ सहजीकरणसम्बन्धी निर्देशिका जारी गरी असारदेखि अनलाइन, दूरशिक्षा, रेडियो, टेलिभिजन वा अन्य विकल्पबाट पठनपाठन सञ्चालन गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय भएको स्पष्ट गर्नुभयो ।

उहाँले औपचारिक शिक्षाको विकास हुँदै आएकामा अहिलेको महामारीले स्वाध्ययन र प्रविधिमैत्रीतर्फ रुपान्तरण भएको उल्लेख गर्दै शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि परिवेशअनुसार हुने गरी सिकाइअनुकूल गराउन कम सुविधा र फरक क्षमता भएका वर्गलाई समेत सम्बोधन हुने गरी निर्देशिका ल्याइएको जनाउनुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “सुलभ हुने कुनै पनि विधिबाट विद्यार्थीलाई सिकाइमा जोड्न म सबै सांसद्हरुलाई आग्रह गर्दछु । स्थगित एसइई परीक्षालगायत परीक्षाबारे आएका विकल्पमाथि परिस्थितिअनुसार गृहकार्य गरी यसै महिनाभित्र निर्णय गरिनेछ ।”

प्रतिक्रिया:

सम्बन्धित खवर