राजनीति

नेपाली भूमि फिर्ता ल्याउन मन्त्रालयले काम गरिरहेको छः मन्त्री अर्याल
२६ जेष्ठ, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उहाँले अन्तराष्ट्रिय सिमा सम्बन्धी समस्या समाधान गर्न दुवै देशका प्राविधिक सम्मिलित संयुक्त सीमा कार्य समूहले काम गरिरहेको बताउनुभयो । द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासमार्फत मात्र सिमा सम्वन्धी समस्या समाधान गर्न सकिने उहाँले दोहोर्याउनुभयो..

मेलम्ची आयोजनाको बरेमा उठ्ने प्रश्नहरुको निराकरण अव चाडै हुन्छः खानेपानी मन्त्री मगर
२६ जेष्ठ, काठमाण्डौँ । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना अव चाडैँ सम्पन्न हुँने बताउनुभएको छ । आज प्रतिनिधिसभामा आफ्नो मन्त्रालयअन्तर्गत सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले अव चाडैँ नै मेलम्ची खानेपानी आयोजना कहिले सकिएला भन्दै उठ्ने प्रश्नको जवाफ आउने बताउनुभएको हो । उहाँले देरैभरी नै खानेपानी योजनाहरुको काम दु्रत गतिमा भईरहेको बताउनुभयो । विशेष गरी मधेशमा आर्षनिक युक्त खानेपानी व्यवस्थावनका लागि कामहरु सुरु भईसकेको बताउनुभयो ।

नेपालमा मृत्युदण्ड निषेध छ, कानून बनाउन मिल्दैन, संविधानलाई ख्याल गरौँः कानूनमन्त्री तुम्बाहाङ्फे
२६ जेष्ठ, काठमाण्डौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिने गरी कानून बनाउन नसकिने बताउनुभएको छ । यो संविधान विपरित हुने समेत उहाँले स्पष्ट पार्नुभएको छ । ऋाज प्रतिनिधिसभामा आफ्नो मन्त्रालयअन्तर्गत सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले नेपालको संविधानले नै मृत्युदण्ड माथि निषेध गरेको सांसहरुलाई सुझाउनुभएको छ । छलफलमा केही सांसदले बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्थासहितको कानून माग गरेपछि कानुनमन्त्री तुम्बाहाङ्फेले भन्नुभयो–‘यस्ता कुरा उठान गर्दा..

बाबुरामको राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन : कमल थापा
२६ जेष्ठ, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी, नेपालको वरियतामा डा. बाबुराम भट्टराईलाई चौथो नम्बरमा राखिएको विषयमा टिप्पणी गर्दै भट्टराईको वरियता राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले नगर्ने स्पष्ट पार्नुभएको छ । आज विहानै सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले पार्टी एकता गर्दा आफ्नो नाम तल राख्न मानेकोले बाबुरामको उचाई अझै बढेको देखिएको टिप्पणी गर्नुभएको हो । थापाले लेख्नुभएको छ, ‘वरियताको विषयमा २दचदज्ञढछद्ध लाई केहीले..

ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको कामप्रति प्रधानमन्त्री ओली नै असन्तुष्ट
२६ जेष्ठ, काठमाण्डौँ । मुलुक ७७ दिनयता लकडाउनमा छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण नै लकडाउनलाई मानेको सरकारले साढे २ महिनाको अविधिमा अवलम्बन गर्नुुपर्ने अन्य उपायको पर्याप्त खोजी नगर्दा सर्वसाधारण मानिसहरु रोगले भन्दा पनि भोक र अभावले छट्पटिन थालिसकेका छन् । सरकारले भनेको मानेर चैत ११ गतदेखि घरमा ढोका थुनेर बसेका कतिपय सर्वसाधारणको न घरमा खानेकुरा छ न हातमा पैसा ? कतिपयको रोजगारी समेत गुमेको छ आगामी दिनमा कसरी..

जसपाको अध्यक्ष बाबुराम नै हो, पार्टी दर्ता सजिलो बनाउनमात्रै चौथो नम्बरमा राखिएको होः महतो
२६ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराई नै हुने पार्टीका नेताहरुले स्पष्ट पारेका छन् । निर्वाचन आयोगमा पार्टी दर्ता गराउदाँ हिजो उहाँको नाम चौथो नम्मरमा रहेकाले उहाँको भूमिका माथी प्रश्न उठिरहेका बेला संघिय परिषद्को अध्यक्ष उहाँ नै हुने पार्टीका नेताहरुले स्पष्ट परेका हुन् । पार्टीका प्रभावशाली नेता राजेन्द्र महतोले डा. भट्टराईलाई संघिय परिषद्को अध्यक्ष बनाउने सहमती यसअघि नै भएको र त्यो कायमै रहेको जानकारी..

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)
२५ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आज साँझ उक्त पार्टीका शीर्ष नेताहरू नै दल दर्ताको लागि आयोगको कार्यालयमा पुगेका थिए । स्रोतका अनुसार जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ । उक्त पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहनेछन् । सरकारले दल फुटाउन सहज हुने गरी बैशाख ८ गते राजनीति दल सम्बन्धी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते पार्टी..

अर्थमन्त्रीको नीतिले पार्टीको विचारधारा संकटमा पर्योः नवीना लामा
२५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री युवराज खतिवडाले सरकार र पार्टीको विचारधारलाई संकटमा पार्दै लगेको सांसद नवीना लामाले बताउनुभएको छ । प्रतिनिधिसभाको आजरको बैठकमा उहाँले शिक्षाबारे अर्थमन्त्रीले लिएको नीतिको आलोचना गर्दै नेकपाको घोषणापत्र र संविधान हेर्न सुझाव दिनुभएको छ । मन्त्री खतिवडालाई लक्षित गर्दै लामाले भन्नुभयो, ‘अर्थमन्त्री चुनावमा लड्नु हुँदैन भनेर होला सरकार र पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गर्नु हुँदैनथ्यो । अर्थमन्त्रीज्यू, यस्तो काम कहिले पनि गर्नु हुँदैन ।’..

जसपाको पदाधिकारी विवाद टुँगो लाग्यो, दल दर्ताको लागि नेताहरु निर्वाचन आयोगमा
२५ जेष्ठ, काठमाण्डौँ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)मा तीन जना अध्यक्ष रहने भएका छन् । सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृच्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन । दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आज पार्टी पदाधिकारीबारे सहमति जुटेको छ..

सरकारको नीतिः लकडाउन कायम राख्दै आर्थिक क्रियाकलाप सञ्चालन गर्नेे
२५ जेष्ठ, काठमाण्डौँ । देशभर कोरोना भाईरस (कोभिड १९) का संक्रमितहरु बढिरहेको अवस्थामा सरकारले तत्काललाई लकडाउनलाई नै निरन्तरता दिँदै त्यसभित्र सहजता खोज्ने नीति अपनाउने भएको छ । त्यसका लागि कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले तयार पारेको ‘बन्दाबन्दी भित्रको सहजता’ मस्यौदामा समितिका सदस्य समेत रहेका मन्त्रीहरुले अध्ययन गरेर आइतबारसम्म परिमार्जन गर्नुपर्ने भएमा थप सुझावहरु पेश गर्नेछन् । समितिले तयार पारेको उक्त मस्यौदामाथि हिजो बसेको उच्चस्तरीय समितिमा छलफल भएपनि केही..