प्रधानमन्त्रीलाई काँग्रेसको १३ बुँदे ज्ञापनपत्रः कोरोना रोकथाममा गम्भीर बन्न आग्रह

प्रधानमन्त्रीलाई काँग्रेसको १३ बुँदे ज्ञापनपत्रः कोरोना रोकथाममा गम्भीर बन्न आग्रह


२ आश्विन, काठमाण्डौँ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीर भएर प्रभावकारी काम गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको संसदीय दलका प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सरकारले पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि नगरेको कांग्रेसले बताउँदै आएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले प्रधानमन्त्रीलाई भेटेर कोरोना नियन्त्रणमा गम्भीर बन्न र परीक्षणको दायरा वृद्धि गर्न ध्यानाकर्षण गराइएको बताउनुभयो ।

प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस सांसदहरू भीमसेनदास प्रधान, राजन केसी, गगन थापालगायत बालुवाटार पुग्नुभएको थियो ।

हालै बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको थियो। कोरोनाका असर तथा सरकारी कामकाजबारे अनुगमन गर्न सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा अनुगमन समिति बनाएको थियो भने स्वदेशदेखि विदेशबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउने निर्णय गरेको थियो ।

‘विज्ञहरू, संसद र राजनीतिक तथा नागरिकस्तरबाट प्राप्त सुझाव र सहयोगलाई ग्रहण गरेर त्यो अनुरुप काम गरेको भए अहिलेको यो अवस्था भन्दा धेरै सहज अवस्था रहन सक्दथ्यो । तर सरकारको अकर्मण्यता, अदुरदर्शिता र असक्षमताको कारणले यस्तो भयावह अवस्था बन्न पुगेको हो भन्ने नेपाली काँग्रेस संसदीय दलको ठहर छ’, प्रमुख सचेतक बालकृष्ण खाणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै काँग्रेसले जनस्वास्थ्य विज्ञहरूको हवला दिँदै आउने दिनहरुमा संक्रमणको दर अझै बढ्दै जाने देखिएको जनाएको छ । ‘सरकारको अकर्मण्यता, अदुरदर्शीता र अक्षमताका कारणले यस्तो भयावह अवस्था बन्न पुगेको हो भन्ने नेपाली कांग्रेस संसदीय दलको ठहर छ’, काँग्रेसले भनेको छ ।

७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको निःशुल्क विमा गर्न माग गरिएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर