१ आश्विन, काठमाण्डौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति सरकारले खारेज गरिदिएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरिदिएको हो ।
स्रोतका अनुसार समितिले गर्दै आएका कामहरुको जिम्मेवारी अव कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई दिने निर्णय भएको छ ।
त्यसो त गत फाल्गुन तेस्रो साता उपप्रधामन्त्री पोखरेलको नेतृत्वमा बनेको समितिले गरेका निर्णयहरु विवादित बनेपछि सरकारको समेत आलोचना भएको थियो ।