विदेशबाट नेपाली ल्याउने चिन्ता छैन, सरकारले कार्पेट किन्न थाल्योः मिनेन्द्र रिजाल

२४ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकमाथिको छलफल शुरु भएको छ । आजको बैठकमा अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्तावसहित छलफल भइरहेको छ । छलफलमा सांसद दुर्गा पौडेल, डा. मीनेन्द्र रिजाल, प्रेम सुवाल, प्रदीप यादव,..

‘भारतीय चेली’ शब्दलाई लिएर संसदमा विवाद

२३ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधि सभामा ‘भारतीय चेली’ शब्द प्रयोग गरिएको विषयमा विवाद भएको छ । नेकपाकी सांसद गंगा चौधरीले गत जेष्ठ १९ गते संसदमा समेत भारतीय चेलीको दादागिरी चल्न थालेको टिप्पणी गर्नुभएको थियो । बैठकका बोल्दै उहाँले नयाँ नक्सा जारी गर्ने विषयमा अरु कसैलाई सोध्नु नपर्ने तर्क गर्नुभएको थियो । मन र विचार अशुद्ध हुनेहरूलाई मन्तव्य, अन्तर्वार्ता लेखबाट पनि जनताले पहिचान गर्न थालेको बताउनुभएको थियो । यद्यपी उहाँले कुनै..

लकडाउनको स्वरुप परिवर्तन गर्दे सरकार, मन्त्रिपरिषद्को बैठक बोलाईयो

२२ जेष्ठ, काठमाण्डौँ । चौतर्फी दवाव आएपछि सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । आज दिउसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउन स्वरुप परिवर्तनबारे निणर्य गर्न सक्ने सरकारका एक मन्त्रीले बताएका छन् । ‘बुधबार विज्ञहरुसंग लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गरेको प्रघानमन्त्रीले आज निर्णय गर्न गरि बैठक बोलाइएको छ । सम्भवत आज केहि महत्वपूर्ण निणर्य हुन सक्छ ।’ स्रोतको भनाई छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसंगको..

संविधान संसोधनप्रति काँग्रेस र मधेसवादी दलको आ–आफ्नै स्वार्थः राष्ट्रिय सहमतिका लागि धोका !

२१ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेस र समाजवादी पार्टी–राष्ट्रिय जनता पार्टी नेपाल (जनता समाजवादी पार्टी नेपाल–जसपा) ले संविधान संशोधन सम्बन्धी छुट्टाछुट्टै दर्ता गराएको गैरसरकारी विधेयकप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असन्तुष्टि जनाएको छ । नेकपा नेतृत्वको सरकारले नयाँ नक्सा अनुसार निशान छाप सच्याउन संविधान संशोधन विधेयक संसदमा पेस गरिसकेको छ । यसअतिरिक्त नेपाली काँग्रेसले एउटा र जसपाले अर्काे गरी दुई वटा संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता भएका छन्..

छुवाछुतसम्बन्धी जघन्य घट्नाका अपराधीहरुलाई कडा सजाय दिने कुरामा सम्झौता हुँदैन्ः प्रधानमन्त्री

२१ जेष्ठ, झापा । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुभकामना सन्देश जारी गर्नुभएको छ । उहाँले सन्देशमार्फत छुवाछुतसम्बन्धी जघन्य घटनाका दोषीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले सम्झौता नगर्ने पनि विश्वास दिलाउनुभएको छ । छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने पनि उहाँको शुभकामनामा उल्लेख गरिएको छ । उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ–‘मानव सभ्यताको कलंक र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मावन अधिकारको पालनामा देखिएका बाधाहरुलाई..

नेपालमा संविधान संशोधन विधेयक पेस भएपछि भारतीय मिडियामा हल्लीखल्ली

१८ जेष्ठ, काठमाण्डौँ । सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरेलगत्तै भारतीय मिडियामा हल्लीखल्ली सुरु छ । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेर हालै जारी भएको नेपालको संशोधित नक्सालाई संविधानमा समेट्नका लागि सरकारले संविधान संशोधन विधेयक आज प्रतिनिधिसभामा पेस गरेको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) समावेश गर्न सो विधेयक पेश भएको हो । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन)..

बाबुरामको प्रस्ताव– विश्वकर्मा लेखौं, कामी लेखौं, हामी सबैले थर बदलौं

१८ जेष्ठ, काठमाण्डौँ । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गर्नुभएको छ । प्रतिनिधि सभामा आज भएको बजेटमाथिको छलफलका क्रममा उहाँले वर्णाश्रम व्यवस्था परिवर्तन गरेर श्रमको संस्कार निर्माण गर्नुपर्ने बताउनुभयो । ‘अनि जो श्रम गर्ने हो सीप भएको हो । त्यसलाई दलित भनेर हेपेपछि विकास हुन्छ ?’ भट्टराईले भन्नुभयो, ‘दलित शब्द प्रयोग नगरौं अरू शब्द प्रयोग गरौं भन्नुहुन्थ्यो साथीहरूले मेरो त एउटा प्रस्ताव छ – तपाईं..

राजेन्द्र महतोको आरोपः बजेट सत्तारुढ दलको स्वार्थसिद्ध गर्न केन्द्रित

१८ जेष्ठ, काठमाण्डौँ । राजपाका सांसद राजेन्द्र महतोले सरकारले आगामी आवका लागि ल्याएको बजेट आम जनताको पक्षमा नभएको र सत्तारुढ दलको स्वार्थसिद्ध गर्न मात्रै केन्द्रित भएको गम्भिर आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै महतोले यस्तो बताउनुभएको हो । उहाँले कोरोनाका कारण समस्यामा परेका नागरिकलाई राहत दिन बजेटले कुनै सम्बोधन नगरेको, गरिब तथा गरिखाने वर्गको पक्षमा कार्यक्रम..

प्रतिनिधिसभाको बैठक सुरु, संविधान संशोधन प्रस्ताव पेश (भिडिओ सहित)

१८ जेष्ठ, काठमाण्डौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधन प्रस्ताव बैठकमा पेस गर्नुभएको छ ।   https://www.youtube.com/watch?v=lFmNRTLwmAo

सिमा विवादबारे वार्ता गर्न भारत तयार, नेपालको विरोध नगर्न भारतीय मिडियालाई मोदीको आग्रह

१८ जेष्ठ, काठमाण्डौँ । भारत नेपालसँगको सिमा विवाद समाधान गर्नको लागि वार्ता गर्न तत्पर भएको छ । नेपालले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउनेगरि आजै संविधान संशोधन प्रस्ताव दर्ता गरिसकेको छ । आजको बैठकमा नै उक्त प्रस्ताव कार्यसुचिको रुपमा प्रस्तुत हुँदैछ । उता, भारतले भने नेपालसँगको सिमा विवाद आपसी छलफल, वार्ता र कुटनीतिक पहलमार्फत समाधान गर्ने तयारीलाई तिव्रता दिएको स्रोतले जनाएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र..