ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति खारेज गर्ने सरकारको निर्णय

१ आश्विन, काठमाण्डौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति सरकारले खारेज गरिदिएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरिदिएको हो । स्रोतका अनुसार समितिले गर्दै आएका कामहरुको जिम्मेवारी अव कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई दिने निर्णय भएको छ । त्यसो त गत फाल्गुन तेस्रो साता उपप्रधामन्त्री पोखरेलको नेतृत्वमा बनेको समितिले गरेका निर्णयहरु..

जति लड्ने हो यो पुस्ता लड्छ मुलुक बन्छ– प्रधानमन्त्री ओली

१ आश्विन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताएका छन् । सुशासन र स्वच्छता कायम गर्ने भन्दै उहाँले ढुक्क रहन आग्रह समेत गर्नुभएको छ । आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ? आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो..

पार्टीको ह्वीप समेत नमान्ने सांसद गिरीलाई साधारण सदस्य समेत नरहनेगरी कावाही गरिने

१ आश्विन, काठमाण्डौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नेपालको नयाँ नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको उच्च स्रोतले बतायो । स्रोतका अनुसार सांसद गिरीले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेको र पार्टीले त्यो फिर्ता लिन ह्वीप जारी गर्दा पनि उनले नमाने पछि उनलाई स्वतः कारवाहीमा हुने छ । अहिले पार्टी अधयक्ष..

पर्वतको कुश्मामा पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

३१ जेष्ठ, काठमाण्डौँ । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा हिजो साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । हिजो साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि झरेको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । आज बिहान थप दुई जना दीपा थापा र..

एमसिसीबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै

३१ जेष्ठ, काठमाण्डौँ । आज एमसिसीबारे छलफल नेकपा सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज अपरान्ह ४ बजे बैठक बस्ने तय भएको नेकपाका एक नेताले बताए । आजको बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ । नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहनुभएको छ । कार्यदलले एमसिसी..

ऐतिहासिक निर्णयः संविधान (दोस्रो संशोधन) विधेयक संसदबाट सर्वसम्मतले पारित

३१ जेष्ठ, काठमाण्डौँ । मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतले पारित भएको हो । प्रतिनिधिसभा बैठकमा २५८ सांसद उपस्थित थिए । उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात हुन्छ..

जसपाको ह्वीप सरिता गिरीले मानिनन्, कारवाही होला त ?

३१ जेष्ठ, काठमाण्डौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसद सचिवालयमा पेश गरेको संशोधन फिर्ता नलिने अडान पार्टी संसदीय दलको बैठकमा लिएको पाइएको छ । आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले संशोधन फिर्ता लिन आग्रह गरेपछि उनले फिर्ता नलिने अडान दोहोर्याएको सांसद प्रदीप यादवले बताउनुभयो । स्रोतका अनुसार संविधानको अनुसूची ३ को बारेमा संसदमा छलफल भयो भने मात्र फिर्ता लिने नत्र नलिने उनले..

संविधान संसोधन विधेयकको पक्षमा मतदान गर्ने समाजवादी पार्टीको धारणा

३१ जेष्ठ, काठमाण्डौँ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताउनुभएको छ । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताउनुभयो । सुगौली सन्धीले महाकाली पश्चिमको भूमि भारतको भनेपनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धीमा उल्लेख भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाल इष्ट इण्डीया..

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आईपुगेका छौंः प्रचण्ड

३१ जेष्ठ, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आईपुगेको भन्दै गर्व महशुस गर्नुभएको छ । प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई धन्यवादसमेत दिनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं,..

कूटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन समर्थन र साथ रहन्छ: देउवा

३१ जेष्ठ, काठमाण्डौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताउनुभएको छ । सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पार्नुभयो । लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम..